चैत्र ६, २०८२ शुक्रबार | १८:१७:०२
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

फिफा विश्वकप छनोटः नेपालको लगातार दोस्रो हार

काठमाडौं । फिफा विश्वकप र एएफसी एसिया कपको प्रारम्भिक संयुक्त छनोट अन्तर्गत नेपालले दोस्रो चरणमा लगातार दोस्रो हार ब्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई वैकल्पिक खलाडीले स्तरीय गोल गर्दा मंगलबार यमनले नेपालविरुद्ध २–० को सहज जित हासिल गर्यो ।

जितसँगै समूह ‘एच’ अन्तर्गत यमनले तीन अंक जोडेको छ । पहिलो खेलमा यमन बहराइनसँग २–० ले पराजित भएको थियो । ६ दिनभित्र दोस्रो हार ब्यहोरेको नेपाल अंकविहीन छ । गत बिहीबार युएईले नेपालमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो । आजै बहराइनलाई १–० ले हराएसँगै युएईले स्पष्ट ६ अंक बनाएको छ ।

दशरथ रंगशालामा मंगलबार यमनले दुबै गोल दोस्रो हाफमा गरेको हो । पहिलो हाफमा दुई पटक नेपाली गोलकिपर किरण चेम्जोङ बाधक बन्दा यमन अग्रता लिन बन्चित भएको थियो । दोस्रो हाफमा पनि एकपछि अर्को बचाउ गरेका किरणले ओमार अब्दुल्ला अल दाही र मोहम्मद अब्दुल्ला अल दाहीको स्तरीय गोल भने रोक्न सकेनन् ।

खेलको चौथो मिनेटमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । मिडफिल्डर दीनेश हेन्जनको क्रसमा पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका रक्षक आशिष चौधरीले गरेको हेडर यमनका गोलकिपर अब्दुल्ला अल सादीले नियन्त्रण गर्न खोज्दा उनी स्ट्राइकर जिलेस्पीजंग कार्कीबाट फउल हुन पुगेका थिए । त्यही दौरान बलले जाली चुमेको थियो ।

११ औं मिनेटमा यमनी कप्तान अब्दुलवाशे अल मतारीले प्रहार गरेको बल किरणले नियन्त्रण गर्न नपाउँदै आशिषले क्लियर गरिदिए ।

त्यसको पाँच मिनेटपछि यमनी स्ट्राइकर अहमद माहेर वान भर्सेस वानमा चुके । बललाई दायाँ दिसातर्फ टर्न गर्न खोज्दा किरणले त्यसलाई क्लियर गरिदिए । २७ औं मिनेटमा विंगर हम्जाह हनासको फितलो प्रहार किरणले सहजै बचाए ।

दोस्रो हाफको सुरुआती केही मिनेटमै किरण पुनः बाधक बन्दा यमनले अग्रता लिने अर्को अवसर गुमायो । मैदान छिरेको पाँच मिनेट बित्न नपाउँदै फरवार्ड ओमार अल दाहीकरले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार किरणले बचाएका थिए  ।

५६ औं मिनेटमा नेपाली प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले दीनेशको ठाउँमा अर्का फरवार्ड हिसुब थपलियालाई मैदान प्रवेश गराए । मैदान प्रवेश गरेको पाँच मिनेटमै हिसुबले गोलको सुनौलो अवसर गुमाए । वान भर्सेस वानको स्थितिमा हिसुबले गरेको प्रहार यमनी गोलकिपर अब्दुल्ला अल सादीले बचाए । जुन खेलको टर्निङ पोइन्ट बन्न पुग्यो ।

अवसर गुमाएको एक मिनेट बित्न नपाउँदै हिसुबले पेनाल्टी बक्सको केही पर फौल जिते । प्राप्त फ्रिकिक मिडफिल्डर एरिकले लिए । एरिकको लोअर फ्रिकिक यमनका रक्षक हाम्जा साबाको खुट्टामा लाग्यो र बल डिफ्लेक्ट भयो । फर्किएको बललाई अञ्जनले प्रहार त गरे तर, गोल पोस्टको दिशा दिन सकेनन् ।

७३ औं मिनेटमा ओमारले उत्कृष्ट गोल गर्दै रंगशालमा उपस्थित १३ हजार ७ सय ३५ दर्शकलाई स्तब्ध बनाए । पेनाल्टी बक्स बाहिरबाट नेपालका तीन रक्षकलाई बिट गर्दै ओमारले टप कर्नर उत्कृष्ट गोल गरेका थिए । २३ वर्षिय ओमारको यो चौंथो अन्तर्राष्ट्रिय गोल हो ।

पहिलो गोल खाएको नेपालले त्यसपछि खेलमा फर्किने प्रयास गर्यो तर, सफल हुन सकेन । उल्टै निर्धारित समयको अन्तिम मिनेटमा अर्को गोल खान पुग्यो । लेफ्ट विंग्सबाट करिब ३५ यार्ड माथिबाट एकल रन बनाएका मोहम्मद अल दाहीले किरणलाई बक्सभित्र फ्लिक गरे । जुन फ्लिकले दोस्रो बारको जाली चुमेको थियो । मोहम्मदले मैदान प्रवेश गरेको पाँच मिनेटपछि गोल गरेका थिए । अन्तर्राष्ट्रिय फुटबलमा २७ वर्षिय मोहम्मदको यो दोस्रो गोल हो ।

यसै खेलमार्फत फरवार्ड राजेश परियारले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे । राजेशले खेलको ७९ औं मिनेटमा अञ्जन विष्टलाई प्रतिस्थापन गरेका थिए । विश्वकप छनोटको दोस्रो चरणमा अन्तर्राष्ट्रिय डेब्युको अवसर पाउने राजेश चौंथो खेलाडी हुन् । यसअघि पहिलो खेलमा युएईविरुद्ध तीन खेलाडीले यो अवसर प्राप्त गरेका थिए । युएईविरुद्ध रक्षकहरु छिरिङ लामा, योगेश गुरुङ र अन्जन राईले पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका थिए ।

नेपालले अब दोस्रो चरणको तेस्रो खेलमा घरेलु भूमिमै मार्च २१ मा बहराइनसँग प्रतिस्पर्धा गर्नेछ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो