माघ १५, २०८२ बिहीबार | ०८:०६:५३
सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित

सिटीलाई मुद्धा हाल्दै मेन्डी

काठमाडौं । फ्रेन्च फुटबलर बेन्जामिन मेन्डीले आफ्ना पूर्व क्लब म्यानचेस्टर सिटीलाई मुद्धा हाल्ने तयारी गरेका छन् ।

आफूले पाउनु पर्ने रकम कटौती गरेपछि मेन्डीले सिटीविरुद्ध मुद्धा हाल्न लागेका हुन् ।

जुनमा सम्झौता सकिएपछि २९ वर्षिय रक्षक मेन्डीले यसै सिजन सिटी छाडेका थिए । सिटीमा छँदा मेन्डीलाई कयौंपटक एक महिलामाथि बलात्कार गरेको भन्ने आरोप लागेको थियो ।

सेप्टेम्बर २०२१ मा दोषि ठहरिएर कारागार पुगेपछि मेन्डीलाई सिटीले सम्भौता अनुसारको रकम दिन बन्द गरेको थियो ।

बेलायत खेलकुद वकिल निक दी मार्कोले मेन्डीको यो मामला हेरिरहेका छन् । मेन्डीले हाल्ने मुद्धाको सुनुवाई २०२४ मा हुनेछ ।

मेन्डी हाल घरेलु क्बल लोरियन्टबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । तर, उनले पर्याप्त खेल समय भने पाएका छैनन् । लोरेन्टबाट उनले मात्र तीन खेल खेल्न पाएका छन्, त्यो पनि सबै वैकल्पिक खेलाडी भएर ।

घरेलु क्लब मोनाकोले २०१६–१७ सिजनमा लिग वानको उपाधि जित्दा मेन्डीले आफ्नो प्रदर्शनबाट सबैको मन लोभ्याएका थिए । त्यसैले सिटीले ५२ मिलियन पाउन्ड तिरेर उनलाई क्लबमा भित्र्याएको थियो । सिटीमा मेन्डीले २०१८, २०१९ र २०२१ मा लिग उपाधि जिते । १५ अगस्ट २०२१ मा उनी अन्तिम पटक सिटीको जर्सीमा देखिएका थिए ।

कारागारमा पाँच महिना बिताएपछि मेन्डी जनवरी २०२२ मा जमानतमा रिहा भए । अगस्ट २०२२ मा मेन्डी पहिलो पटक परीक्षणमा गएका थिए । जनवरी २०२३ मा उनले ६ वटा बलात्कार र यौन दुव्र्यवहारको मुद्धाबाट सफाइ पाए ।

एक महिलालाई बलात्कार र अर्कोलाई बलात्कारको प्रयास गरेको थप आरोप लागेका मेन्डीले जुलाई २०२३ मा पुनरावेदनमा सफाइ पाए ।

मेन्डीको मुद्धा हाल्ने निर्णयको सिटीले कुनै पनि प्रतिक्रिया दिएको छैन ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।