चैत्र ८, २०८२ आइतबार | ००:१६:२५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

सिटीलाई मुद्धा हाल्दै मेन्डी

काठमाडौं । फ्रेन्च फुटबलर बेन्जामिन मेन्डीले आफ्ना पूर्व क्लब म्यानचेस्टर सिटीलाई मुद्धा हाल्ने तयारी गरेका छन् ।

आफूले पाउनु पर्ने रकम कटौती गरेपछि मेन्डीले सिटीविरुद्ध मुद्धा हाल्न लागेका हुन् ।

जुनमा सम्झौता सकिएपछि २९ वर्षिय रक्षक मेन्डीले यसै सिजन सिटी छाडेका थिए । सिटीमा छँदा मेन्डीलाई कयौंपटक एक महिलामाथि बलात्कार गरेको भन्ने आरोप लागेको थियो ।

सेप्टेम्बर २०२१ मा दोषि ठहरिएर कारागार पुगेपछि मेन्डीलाई सिटीले सम्भौता अनुसारको रकम दिन बन्द गरेको थियो ।

बेलायत खेलकुद वकिल निक दी मार्कोले मेन्डीको यो मामला हेरिरहेका छन् । मेन्डीले हाल्ने मुद्धाको सुनुवाई २०२४ मा हुनेछ ।

मेन्डी हाल घरेलु क्बल लोरियन्टबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । तर, उनले पर्याप्त खेल समय भने पाएका छैनन् । लोरेन्टबाट उनले मात्र तीन खेल खेल्न पाएका छन्, त्यो पनि सबै वैकल्पिक खेलाडी भएर ।

घरेलु क्लब मोनाकोले २०१६–१७ सिजनमा लिग वानको उपाधि जित्दा मेन्डीले आफ्नो प्रदर्शनबाट सबैको मन लोभ्याएका थिए । त्यसैले सिटीले ५२ मिलियन पाउन्ड तिरेर उनलाई क्लबमा भित्र्याएको थियो । सिटीमा मेन्डीले २०१८, २०१९ र २०२१ मा लिग उपाधि जिते । १५ अगस्ट २०२१ मा उनी अन्तिम पटक सिटीको जर्सीमा देखिएका थिए ।

कारागारमा पाँच महिना बिताएपछि मेन्डी जनवरी २०२२ मा जमानतमा रिहा भए । अगस्ट २०२२ मा मेन्डी पहिलो पटक परीक्षणमा गएका थिए । जनवरी २०२३ मा उनले ६ वटा बलात्कार र यौन दुव्र्यवहारको मुद्धाबाट सफाइ पाए ।

एक महिलालाई बलात्कार र अर्कोलाई बलात्कारको प्रयास गरेको थप आरोप लागेका मेन्डीले जुलाई २०२३ मा पुनरावेदनमा सफाइ पाए ।

मेन्डीको मुद्धा हाल्ने निर्णयको सिटीले कुनै पनि प्रतिक्रिया दिएको छैन ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो