माघ १८, २०८२ आइतबार | १४:२५:००
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

आर्सनलका पूर्व प्रशिक्षक वेंगर भारतमा

काठमाडौं । इङ्लिस क्लब आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेंगर भारत आइपुगेका छन् ।

अखिल भारतीय फुटबल महासंघ(एआइएफएफ)ले ओडिशाको भुवनेश्वरमा मंगलबार फिफा प्रतिभा विकास योजनाअन्तर्गत फिफा एकेडेमी सुरु गर्दैछ । सोही कार्यक्रमका लागि वेंगर भारत आइपुगेका हुन् ।

फिफाको ग्लोबल फुटबल विकास प्रमुख रहेका वेंगरले मंगलबार कार्यक्रमको उद्धघाटन गर्नेछन् । वेंगरलाई सोमबार एआइएफएफका अध्यक्ष कल्याण चौबे र कार्यवाहक महासचिव एम सत्यनारायणले स्वागत गरेका थिए । 

फिफा प्रतिभा विकास कार्यक्रमको मुख्य लक्ष्य राष्ट्रिय टोली बलियो बनाउन विभिन्न सदस्य राष्ट्रसँग संगै काम गर्ने रहेको छ । फिफाले आफ्नो प्रतिभा प्रशिक्षण कार्यक्रम पनि ल्याएको छ । जसमा उसले सदस्य संघहरुलाई सक्रिय समर्थन गर्ने योजना बनाएको छ ।

वेंगर नोभेम्बर २३ सम्म भारतमा हुनेछन् । यो समयमा वेंगर र उनको टिमले आइएसएल, आई लिगका क्लबहरु र ग्रासरुटसँग सम्बन्धित सबैसँग भेट्नेछन् ।

फिफाले भारतको यो कार्यक्रमका लागि फिफा प्रशिक्षित प्रशिक्षक सर्जी अमेजक्वा फोनट्रोडोनालाई नियुक्त गरेको छ । फोनट्रोडोना, एकेडेमीको मुख्य प्रशिक्षक रहनेछन् र उनले कार्यक्रम सफल पार्न प्रमुख भुमिका खेल्नेछन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।