माघ १६, २०८२ शुक्रबार | ००:४०:४५
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

थ्री स्टार हाक्ने जिम्मेवारी शाक्यलाई

काठमाडौं । ज्ञान बहादुर शाक्य नेपाली फुटबलको प्रतिष्ठित क्लब थ्री स्टार क्लबको अध्यक्षमा निर्वाचित भएका छन् ।

क्लबको आइतबार सम्पन्न अधिवेशनबाट शाक्य अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

क्लबको नयाँ कार्यसमितिमा निर्मल रत्न शाक्य, विरेन्द्र लाल श्रेष्ठ, कृष्ण अवाले, जय कृष्ण श्रेष्ठ, रमेश अवाले र राम कृष्ण श्रेष्ठ उपाध्यक्षमा निर्वाचित हुँदा महासचिवमा धर्मेन्द्र राज शाक्य र कोषाध्यक्षमा राम कृष्ण चित्रकार नियुक्त भएका छन् ।

त्यस्तै सचिवमा कुल बहादुर महर्जन र निवास गोपाल बैद्य, सहकोषाध्यक्षमा देवेन्द्र लाल श्रेष्ठ र सदस्यहरुमा प्रेमबहादुर चित्रकार, रामेश्वर अवाले, हरि महर्जन र मुकेश नकर्मी निर्वाचित भए ।

ललितपुरको पाटनढोकास्थित अशोक पार्टी प्यालेसमा आइतबारनै क्लबले वार्षिक साधारण सभा गरेको थियो । उद्घाटन सत्र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आतिथ्यतामा सम्पन्न भएको थियो ।

उद्घाटन शत्रमा अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष पंकज बिक्रम नेम्वाङ , नेपाल ओलम्पिक कमिटी(एनओसी)का कार्यकारी निर्देशक तथा उपाध्यक्ष चतुरानन्द राजबैद्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन लगायतको उपस्थिति थियो ।

त्यस्तै कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ(एनएनआइपी)का अध्यक्ष दिपक श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दिपक बिष्ट, नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)का अध्यक्ष देवेन्द्र सुवेदी र ललितपुर उद्योग वाणीज्य संघका अध्यक्ष बिश्वराज बज्राचार्यको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष एंव एन्फाका कार्यबाहक अध्यक्ष समेत रहेका स्व. ललित कृष्ण श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महानगरका मेयर महर्जनले ललितपुरका क्लबहरुलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै क्लबका निवर्तमान अध्यक्ष अरुणमान जोशीले आफ्नो कार्यकालमा सहयोग पुर्याउने क्लबका कार्यसमिती, खेलाडी, पदाधिकारी, प्रायोजक, सहप्रायोजक, समर्थक लगायतलाई धन्यवाद दिए ।

यसैगरी, एन्फा अध्यक्ष नेम्वाङले समृद्ध इतिहास बोकेको र फुटबल विकासमा अतुलनीय योगदान पुर्याउदै आएको क्लबको नयाँ आउने कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै सधैं हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दा एनएसजेएफ अध्यक्ष सुवेदीले नेपाली फुटबलमा पुर्याएको टेवाको प्रशंसा गर्दै नेपाली फुटबलमा क्लबले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए ।

यसै कार्यसमितिको प्रथम बैठकबाट बिधान अनुसार अतिश कृष्ण श्रेष्ठ र सञ्जीव शिल्पकारलाई सल्लाहकार समितिको सदस्य नियुक्त गर्ने निर्णय भएको छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।