चैत्र ६, २०८२ शुक्रबार | ०१:१८:३१
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

थ्री स्टार हाक्ने जिम्मेवारी शाक्यलाई

काठमाडौं । ज्ञान बहादुर शाक्य नेपाली फुटबलको प्रतिष्ठित क्लब थ्री स्टार क्लबको अध्यक्षमा निर्वाचित भएका छन् ।

क्लबको आइतबार सम्पन्न अधिवेशनबाट शाक्य अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

क्लबको नयाँ कार्यसमितिमा निर्मल रत्न शाक्य, विरेन्द्र लाल श्रेष्ठ, कृष्ण अवाले, जय कृष्ण श्रेष्ठ, रमेश अवाले र राम कृष्ण श्रेष्ठ उपाध्यक्षमा निर्वाचित हुँदा महासचिवमा धर्मेन्द्र राज शाक्य र कोषाध्यक्षमा राम कृष्ण चित्रकार नियुक्त भएका छन् ।

त्यस्तै सचिवमा कुल बहादुर महर्जन र निवास गोपाल बैद्य, सहकोषाध्यक्षमा देवेन्द्र लाल श्रेष्ठ र सदस्यहरुमा प्रेमबहादुर चित्रकार, रामेश्वर अवाले, हरि महर्जन र मुकेश नकर्मी निर्वाचित भए ।

ललितपुरको पाटनढोकास्थित अशोक पार्टी प्यालेसमा आइतबारनै क्लबले वार्षिक साधारण सभा गरेको थियो । उद्घाटन सत्र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आतिथ्यतामा सम्पन्न भएको थियो ।

उद्घाटन शत्रमा अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष पंकज बिक्रम नेम्वाङ , नेपाल ओलम्पिक कमिटी(एनओसी)का कार्यकारी निर्देशक तथा उपाध्यक्ष चतुरानन्द राजबैद्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन लगायतको उपस्थिति थियो ।

त्यस्तै कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ(एनएनआइपी)का अध्यक्ष दिपक श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दिपक बिष्ट, नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)का अध्यक्ष देवेन्द्र सुवेदी र ललितपुर उद्योग वाणीज्य संघका अध्यक्ष बिश्वराज बज्राचार्यको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष एंव एन्फाका कार्यबाहक अध्यक्ष समेत रहेका स्व. ललित कृष्ण श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महानगरका मेयर महर्जनले ललितपुरका क्लबहरुलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै क्लबका निवर्तमान अध्यक्ष अरुणमान जोशीले आफ्नो कार्यकालमा सहयोग पुर्याउने क्लबका कार्यसमिती, खेलाडी, पदाधिकारी, प्रायोजक, सहप्रायोजक, समर्थक लगायतलाई धन्यवाद दिए ।

यसैगरी, एन्फा अध्यक्ष नेम्वाङले समृद्ध इतिहास बोकेको र फुटबल विकासमा अतुलनीय योगदान पुर्याउदै आएको क्लबको नयाँ आउने कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै सधैं हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दा एनएसजेएफ अध्यक्ष सुवेदीले नेपाली फुटबलमा पुर्याएको टेवाको प्रशंसा गर्दै नेपाली फुटबलमा क्लबले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए ।

यसै कार्यसमितिको प्रथम बैठकबाट बिधान अनुसार अतिश कृष्ण श्रेष्ठ र सञ्जीव शिल्पकारलाई सल्लाहकार समितिको सदस्य नियुक्त गर्ने निर्णय भएको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो