सिन्धुपाल्चोक । गाती युवा क्लबको आयोजनामा श्री कालीदेवी माध्यमिक विद्यालयको मैदानमा सम्पन्न चौथो गाती सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि सुनखानी युवा क्लबले जितेको छ।
शनिबार भएको फाइनल खेलमा सुनखानीले अरनिको युवा क्लबलाई २-१ स्तब्ध बनायो ।
सुनखानीलाई जित दिलाउन कुन्साङ श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठले गोल गरे। अरनिकोका लागि मदन पौडेलले गरेको गोल सान्त्वना बन्यो ।
च्याम्पियन बनेसँगै सुनखानीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता अरनिकोले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्यो ।
कात्तिक २१ गतेबाट सुरु भएको प्रतियोगितामा १५ टोली सहभागी थिए।
त्यसअघि शनिबार नै सम्पन्न सेमिफाइनलमा सुनखानीले बछ्लदेवी एफसी ‘बी’ लाई तथा अरनिकोले आयोजक गाती युवा क्लब ‘बी’ लाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
