सिन्धुपाल्चोक । गाती युवा क्लबको आयोजनामा श्री कालीदेवी माध्यमिक विद्यालयको मैदानमा सम्पन्न चौथो गाती सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि सुनखानी युवा क्लबले जितेको छ।
शनिबार भएको फाइनल खेलमा सुनखानीले अरनिको युवा क्लबलाई २-१ स्तब्ध बनायो ।
सुनखानीलाई जित दिलाउन कुन्साङ श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठले गोल गरे। अरनिकोका लागि मदन पौडेलले गरेको गोल सान्त्वना बन्यो ।
च्याम्पियन बनेसँगै सुनखानीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता अरनिकोले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्यो ।
कात्तिक २१ गतेबाट सुरु भएको प्रतियोगितामा १५ टोली सहभागी थिए।
त्यसअघि शनिबार नै सम्पन्न सेमिफाइनलमा सुनखानीले बछ्लदेवी एफसी ‘बी’ लाई तथा अरनिकोले आयोजक गाती युवा क्लब ‘बी’ लाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
