माघ १५, २०८२ बिहीबार | ११:२०:३३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

राष्ट्रिय फुटबल टिमलाई तरुण विभागले सम्मान गर्ने

काठमाडौं । माल्दिभ्सको राजधानी मालेमा गत महिना सम्पन्न १३औं दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा उपविजेता भएको नेपाली राष्ट्रिय फुटबल टिमलाई नेपाली काग्रेस तरुण विभागले नगदसहित सम्मान गर्ने भएको छ ।

विभागका तर्फबाट गृह मन्त्री बालकृष्ण खाँड, विभागका प्रमुख शंकर भण्डारी र अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले बुधबार एक कार्यक्रमका बीच राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षक तथा अफिसियललाई नगदसहित सम्मान गर्नेछन् ।

मालेको राष्ट्रिय रंगशालामा असोज ३० गते भएको फाइनलमा भारतसँग ३–० को पराजय भोगेपछि नेपाल साफ च्याम्पियनसिपमा पहिलो पटक उपाधि जित्ने सम्भावनाबाट बञ्चित भएको थियो । तथापि क्षेत्रीय फुटबलको सबभन्दा ठूलो मेलाको २८ वर्षे इतिहासमा नेपाल फाइनल पुगेको यो पहिलो अवसर हो ।

‘झण्डै तीन दशकको इतिहास रहेको क्षेत्रीय फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीले सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै गरेको गौरवमय प्रदर्शनका लागि टिमका सबै खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुमा तरुण विभाग धन्यवाद ज्ञापन गर्न चाहन्छ,’ तरुण विभागका प्रमूख एवं नेपाली काग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

अन्तर्राष्ट्रिय मञ्चमा देशको शीर उचो पार्ने खेलाडी सम्पूर्ण नेपालीका गौरवका पात्र रहेको उल्लेख गर्दै भण्डारीले खेलाडीको त्यहीअनुसार सम्मान हुनुपर्ने बताएका छन् । नेता भण्डारीले खेलाडीका लागि खेलेरै बाच्ने वातावरण बनाउन राज्यका साथै सम्बन्धित खेल संस्था र निकायहरु लाग्नुपर्नेमा जोड दिए ।

साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई तरुण विभागले नगदसहित सम्मान गर्ने भनिए पनि सम्मान रकम भने विज्ञप्तिमा खुलाइएको छैन । नेपालले फाइनलमा स्थान पक्का गर्ने वित्तिकै टिमलाई सम्मान गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै भण्डारीले विज्ञप्तिमा लेखेका छन््, ‘उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि उपाधि यसपाली हाम्रो हुन सकेन । तर पहिलो पटक फाइनल पुुग्ने खुट्किलो चढेका छौं । अर्को पटक पक्कै हामी दक्षिण एसियाको च्याम्पियन बन्ने विश्वास लिएका छौं ।’ 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।