चैत्र १३, २०८२ शुक्रबार | १७:५६:४९
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

राष्ट्रिय फुटबल टिमलाई तरुण विभागले सम्मान गर्ने

काठमाडौं । माल्दिभ्सको राजधानी मालेमा गत महिना सम्पन्न १३औं दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा उपविजेता भएको नेपाली राष्ट्रिय फुटबल टिमलाई नेपाली काग्रेस तरुण विभागले नगदसहित सम्मान गर्ने भएको छ ।

विभागका तर्फबाट गृह मन्त्री बालकृष्ण खाँड, विभागका प्रमुख शंकर भण्डारी र अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले बुधबार एक कार्यक्रमका बीच राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षक तथा अफिसियललाई नगदसहित सम्मान गर्नेछन् ।

मालेको राष्ट्रिय रंगशालामा असोज ३० गते भएको फाइनलमा भारतसँग ३–० को पराजय भोगेपछि नेपाल साफ च्याम्पियनसिपमा पहिलो पटक उपाधि जित्ने सम्भावनाबाट बञ्चित भएको थियो । तथापि क्षेत्रीय फुटबलको सबभन्दा ठूलो मेलाको २८ वर्षे इतिहासमा नेपाल फाइनल पुगेको यो पहिलो अवसर हो ।

‘झण्डै तीन दशकको इतिहास रहेको क्षेत्रीय फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीले सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै गरेको गौरवमय प्रदर्शनका लागि टिमका सबै खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुमा तरुण विभाग धन्यवाद ज्ञापन गर्न चाहन्छ,’ तरुण विभागका प्रमूख एवं नेपाली काग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

अन्तर्राष्ट्रिय मञ्चमा देशको शीर उचो पार्ने खेलाडी सम्पूर्ण नेपालीका गौरवका पात्र रहेको उल्लेख गर्दै भण्डारीले खेलाडीको त्यहीअनुसार सम्मान हुनुपर्ने बताएका छन् । नेता भण्डारीले खेलाडीका लागि खेलेरै बाच्ने वातावरण बनाउन राज्यका साथै सम्बन्धित खेल संस्था र निकायहरु लाग्नुपर्नेमा जोड दिए ।

साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई तरुण विभागले नगदसहित सम्मान गर्ने भनिए पनि सम्मान रकम भने विज्ञप्तिमा खुलाइएको छैन । नेपालले फाइनलमा स्थान पक्का गर्ने वित्तिकै टिमलाई सम्मान गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै भण्डारीले विज्ञप्तिमा लेखेका छन््, ‘उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि उपाधि यसपाली हाम्रो हुन सकेन । तर पहिलो पटक फाइनल पुुग्ने खुट्किलो चढेका छौं । अर्को पटक पक्कै हामी दक्षिण एसियाको च्याम्पियन बन्ने विश्वास लिएका छौं ।’ 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो