चैत्र ९, २०८२ सोमबार | ०४:४५:१७
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

साफ च्याम्पियनसिप स्मरण : डेब्युमै विमलको त्यो गोल

२०७० साल भदौ १८ गते । सायद विमल घर्तीमगरका लागि जीवनकै महत्वपूर्ण दिन थियो यो । पिता होमबहादुरको सपना पूरा गरेको दिन थियो । उनले राष्ट्रिय फुटबल टोलीका लागि आधिकारिक प्रतियोगिता खेलेर आफ्नो पिताको सपनालाई साकार पारेका थिए ।

होमबहादुर नवलपरासी भुताहाका बासिन्दा थिए, जसले परिवारको अवरोधका बाबजुद सानो छोरालाई बुट लगाइदिएर बल बोकाउँथे । कुनै आफ्नो छोरा पनि नेपालको राष्ट्रिय खेलाडी भएको हेर्ने उनको सपना थियो । जुन दिन विमलले बुबाको सपना पूरा गरे तर त्यसलाई होमबहादुरले प्रत्यक्ष हेर्न पाएनन् । त्यतिबेला होमबहादुर दिवंगत भइसकेका थिए । 
...

त्यसो त विमलले १५ वर्ष २ दिनको उमेरमै बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीको जर्सी एक वर्षअघि नै लगाइसकेका थिए । जुन नेपाली फुटबल इतिहासमा राष्ट्रिय टोलीबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमान बनेको थियो । तर, भदौ १८ को दिन भने उनले आधिकारिक प्रतियोगितामा २० हजारभन्दा बढी घरेलु दर्शकमाझ रवाफिलो पारामा नेपालको जर्सी लगाएका थिए । 

विमलले जर्सी लगाउनुको मूल्य पनि महत्वपूर्ण गोलका साथ पूरा गरेका थिए । सम्पूर्ण नेपालीलाई नै खुसी दिने खालको त्यो गोल विमलको करियरमा मात्र नभई नेपाली फुटबल नजिकबाट पछ्याउने समर्थकका लागि पनि अविस्मरणीय छ । 

पाकिस्तानविरुद्ध घरेलु मैदानमा जारी आठौं साफ च्याम्पियनसिप फुटबलको समूह चरणको खेलमा नेपाल एक गोलले पछि परिसकेको थियो । सेमिफाइनल पुग्नका लागि नेपाललाई कम्तीमा बराबरी नतिजा आवश्यक थियो । 

१५ वर्षे किशोर विमल बेन्चमै हुँदा १३औं मिनेटमा पाकिस्तानले गोल गरिसकेको थियो । जति गर्दा पनि नेपालले गोल फर्काउन सकिरहेको थिएन । नेपालका प्रशिक्षक ज्याक स्टेफानोस्कीले ६७औं मिनेटमा टंक बस्नेतको ठाउँमा विमललाई मैदान छिराएर राष्ट्रिय टोलीबाट दोस्रो खेल खेल्ने मौका दिए ।

निर्धारित समय एक गोलले पछि परेरै सकियो । २० हजारभन्दा बढी घरेलु दर्शक उपस्थित दशरथ रंगशाला स्तब्ध थियो । चार मिनेट इन्ज्युरी समय थप भयो । अन्तिम समयसम्म नभएको गोल हुने आस झनै पातलिँदो थियो । जति समय घर्किंदै जान्थ्यो, रंगशालामा आवाज त्यति नै कम हुँदै थियो । तर, इन्ज्युरी समयको दोस्रो मिनेटमा अचानक पूरा रंगशाला एकसाथ चिच्यायो, गोल... !!

कप्तान सागर थापाको लामो प्रहार विपक्षी गोलकिपरबाट फर्किंदा रिबाउन्डमा प्राप्त बललाई उनै १५ वर्षे किशोर विमलले गोलमा परिणत गरिदिए । नेपालले पाकिस्तानसँग १-१ को बराबरी नतिजा निकाल्दै अंक बाँड्न सफल भयो । त्यही गोलको सहारामा टोली प्रतियोगिताको सेमिफाइनल पुग्यो ।

नेपालका लागि सञ्जीवनी बनेको त्यो गोल पाकिस्तानका लागि भने घातक साबित भयो । त्यसैले त पाकिस्तानका प्रशिक्षक साजाद अनवरले खेललगत्तै भनेका थिए, ‘एकदमै राम्रो खेल भयो । नेपाललाई घरेलु मैदान र समर्थकको साथ थियो । हामीले पनि राम्रो खेल्यौं । एउटा युवा खेलाडीको जादुमय गोलले नतिजामा फरक पार्‍यो ।’ 
...

यो समयले आठ वर्ष पार गरिसकेको छ । प्रतियोगिताको १३औं संस्करण (१९९३ मा पाकिस्तान तथा १९९५ मा श्रीलंकामा सम्पन्न सार्क गोल्डकप समेत गाभ्दा) माल्दिभ्सको मालेमा शुक्रबार सुरु भएको छ । नेपालले साबिक विजेता माल्दिभ्सलाई उसकै मैदानमा हराउँदै प्रतियोगिता सुरुआत गरिसकेको छ । 

१५ वर्ष ११ महिना १६ दिनको उमेरमा गोल गरेर साफ च्याम्पियनसिप इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीका रूपमा विमलले बनाएको कीर्तिमान पनि कायम छ । तर, मालेमा नेपाली टोलीसँग विमल भने छैनन् । 

चोटका कारण लामो समयदेखि मैदानबाहिर रहँदै आएका उनी शल्यक्रियापछि तंग्रिँदै छन् । सातदोबाटोस्थित एन्फा मैदानमा २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग दौडिएर विमल फिटनेस पुनः हासिल गर्ने अभियानमा रहँदा पनि उनको ध्यान भने माल्दिभ्सको मालेमा छ । टिमलाई एकदमै मिस गरिरहेका छन् । सायद टिमले पनि बायाँखुट्टाको अद्भुत कला र ‘अवसरवादी सुटिङ’ क्षमताले सबलाई कायल पार्ने विमललाई उत्तिकै मिस गरिरहेको होला ।

भर्खरै शल्यक्रिया गरेको उनको खुट्टा चिलाइरहन्छ । टिममा एकसेएक राम्रा खेलाडी छन्, तर मनले भए पनि आफैं माले पुगेर गोल गरौं जस्तो लाग्छ उनलाई । अहिलेसम्म जित्न नसकेको साफ च्याम्पियनसिपको उपाधि भित्र्याउने अभियानको हिस्सा हुन नपाएकोमा चोट र नियतिलाई धिक्कार्छन् उनी । 

‘म नहुँदा पनि टिम राम्रो छ । प्रशिक्षणदेखि सबै खेलाडीको मनोबल बढेको मलाई लाग्छ । तर अहिले मैले राष्ट्रिय टोली र साफ च्याम्पियनसिपलाई एकदमै मिस गरिरहेको छु । टोलीमा आफूलाई मिसिङ पाइरहेको छु,’ खेलाडीसँगको कुराकानीमा विमलले भने, ‘साफ च्याम्पियनसिपमा हामी जहिले पनि दाबेदार हौं । तर राम्रो प्रदर्शन भए पनि नतिजा अहिलेसम्म नेपालको पक्षमा आउन सकेको छैन । अहिले पनि नेपालको प्रदर्शन राम्रो छ । हामी उपाधि दाबेदार हौं ।’

आठ वर्षअघि काठमाडौंमा पहिलो पटक साफ च्याम्पियनसिप खेल्दा पाकिस्तानविरुद्ध गरेको गोल सम्झेर अहिले पनि रोमाञ्चित हुने गरेका विमल नेपालको जर्सी लगाएर मैदान छिरेको प्रत्येक पल उत्तिकै महत्वपूर्ण मान्छन् । 

भन्छन्, ‘पाकिस्तानविरुद्ध त्यो अन्तिम क्षणमा आएर गोल गर्दै टोलीलाई हारबाट जोगाउनु मेरा लागि अविस्मरणीय क्षण हो । त्यो मेरो ‘डेब्यु’ गोल भएकाले पनि मलाई यादगार लाग्छ । यसबाहेक साफ च्याम्पियनसिपका प्रत्येक खेल मेरा लागि उत्कृष्ट क्षणमध्ये हो । त्यस्तै बंगबन्धु गोल्डकपको उपाधि जित्नु पनि यसैमध्येमा पर्दछ । राष्ट्रिय टोलीको जर्सी लगाएर मैदान उत्रँदाको प्रत्येक समय मेरा लागि अविस्मरणीय छन् ।’

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहँदा गत पुस ३ गते घाइते भएका विमलको फागुन २५ मा कतारमा शल्यक्रिया गरिएको थियो । फुटबलरको करियरमा सबैभन्दा अप्रियमध्येको चोट हो, घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिनु । विमललाई त्यही भयो । 

यो यस्तो समस्या हो, जसले धेरै राम्रा खेलाडीको करियरमा पूर्णविराम लगाइदिएको छ । कतिपयले फेरि पुरानै फर्ममा पुनरागमन गरेका छन् । विमल दोस्रो वर्गका खेलाडीबाट प्रभावित छन् । आफू पनि दोस्रो वर्गको हुन चाहन्छन् । 

त्यसैले नेपाली राष्ट्रिय टोलीका लागि ३५ खेलबाट ८ गोल गरिसकेका २४ वर्षे स्ट्राइकर चाँडै मैदान फर्किने विश्वाससहित फिजियोथेरापिस्टको सल्लाहअनुसार अभ्यासमा जुटिसकेका छन् । 

‘चोटबाट पूर्ण रूपमा फर्किइसकेको छैन । त्यसैले फिजियोको सल्लाहअनुसार हल्का खालको अभ्यास गरिरहेको छु । २३ वर्षमुनिको टिमसँग अभ्यास गरिरहेको छु, तर खेल चाहिँ खेल्दिनँ । विस्तारै मनोबल बढाउँदै छु । चाँडै मैदान फर्किन्छु,’ ५ फिट ११ इन्च उचाइका विमलले विश्वास पोखे । 

च्यासल युथ क्लबबाट शीर्ष डिभिजनको फुटबलमा ‘डेब्यु’ गरेका विमलले कात्तिकबाट हुने भनिएको सहिद स्मारक लिगका लागि ठोस योजना बनाउन भ्याइसकेका छैनन् । उनले चोटलाई पूर्ण रूपमा नजितेसम्म मैदान फर्किन हतार नगर्ने योजना बनाएका छन् । त्यसैले थुप्रै क्लबसँग कुरा भए पनि उनले कसैलाई वचन भने दिइसकेका छैनन् । 

राष्ट्रिय टोलीमा फेरि विमललाई कहिले देख्न पाइन्छ त भन्ने प्रश्नमा उनको उत्तर थियो, ‘यो त मेरो प्रदर्शनमा भरपर्छ । सकेसम्म चाँडै । ठ्याक्कै तोक्न नसके पनि राम्रो रिकभरी भएपछि म आफ्नो उत्कृष्ट खेलका लागि लाग्नेछु । राष्ट्रिय टोलीमा फर्किने प्रमुख इन्डिकेटर भनेको मेरो प्रदर्शन नै हो ।’ 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो