फाल्गुन १९, २०८२ मंगलबार | १५:१५:३४
खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का

हतासमा छैन चेल्सी

काठमाडौँ । धेरैलाई लाग्नसक्छ, यतिबेला चेल्सीमा वातावरण ठिक छैन । त्यस क्लबभित्रका हरेक तनावमा छन् । गएको खेलाडी सुरुवा बजारमा मनग्गे खर्च गरे पनि सोचे जस्तो नतिजा नआएपछि यस्ता अनुमान हुनु स्वाभाविक हो ।

तर स्थिति शान्तिपूर्ण छ । इंग्लिस प्रिमियर लिगका ६ खेलमध्ये एकमा मात्र जित हात पारे पनि चेल्सी आत्तिएको छैन । चेल्सी व्यवस्थापनको निचोड छ, आउँदा सातामा स्थिति सम्हालिनेछ, बस् अहिले अत्तालिनु हुँदैन । चेल्सीले मौरिसियो पोचेटिनोमाथि अहिले पनि उत्तिकै भरोसा गरेको छ । महँगा युवा खेलाडीको समूह भएको चेल्सीलाई उनले सही दिशामा लगिरहेकोमा शंका गरेको छैन । जबकी क्लब हाल १५ औँ स्थानमा छ ।

चेल्सीले बटुलेको अंक भनेको पाँच मात्र हो । तर पनि संकलित तथ्यांकलाई आधार मानेर निकालिएको निस्कर्ष हो, चेल्सी अहिलेकोभन्दा माथिको स्थानमा हुनुपर्ने हो।

स्टाम्फोर्ड ब्रिजमा के भनिँदैछ भने, पोचेटिनोको प्रशिक्षणमा चेल्सी रणनीतिक रुपमा बलियो छ, विपक्षीमाथि हाबी भएको छ, भलै अपेक्षाकृत नतिजा आएको छैन । यस्तोमा चेल्सी व्यवस्थापनले ठानेको विकल्प यही हो, पोचेटिनोले जे गर्दैछन्, उनलाई त्यसो गर्न दिउँ । 

टोड बोहली र उनको समूहले स्वामित्व लिएपछि चेल्सी स्थिर हुन सकेको छैन । बोहली र उनका साझेदारले छोटो समयमा ठूला ठूला निर्णय लिने गरेका छन् । प्रशिक्षक नै पाँच पटक हेरफेर गरेका छन् । तर अब यो सिलसिला अहिलेका लागि रोकिएको छ । उनीहरु हालका लागि पोचेटिनोमाथि विश्वास गरिरहनु पर्नेमा एकमत छन् ।

बोहली र उनको समूहले २०२२ मेमा चेल्सी खदिर गरेको हो। एक वर्षको अवधिमा उनीहरुले नयाँ खेलाडी अनुबन्धनमा मात्र एक अर्ब खर्च गरिसकेका छन्।

यसरी खर्च गर्दा चेल्सीमाथि विभिन्न प्रश्न उठेको छन् । त्यसमध्येको मुख्य प्रश्न हो, वित्तीय अनुशासनको । युरोपेली फुटबल महासंघ (यूइएफए) ले कुनै पनि क्लबलाई कमाइभन्दा बढी खर्च गर्न दिँदैन । तर के चेल्सीले आफ्नो कमाइ अनुसारको मात्र खर्च गरेको छ त ? हालको एउटा प्रश्न हो यो ।

चेल्सीले गरेको खर्चका कारण बोहली र उनको अमेरिकी समूहको फुटबल क्लब सञ्चालन गर्ने क्षमतामाथि पनि प्रश्न उठेको छ । अनि पोचेटिनोको चेल्सी प्रशिक्षक बन्ने निर्णयमाथि पनि प्रश्न उठाइएको छ । के पोचेटिनोलाई थाहा थियो, उनी कस्तो क्लबको प्रशिक्षक बन्दैछन् भनेर ? कतिपयले यसो पनि भने ।

यो सिजनअघिको खेलाडी बजारमा चेल्सी निकै व्यस्त भयो । १४ सिनियर खेलाडीलाई बिक्री गरियो । उनीहरुको स्थानमा १४ युवा खेलाडी भित्रिए । यस्तोमा पोचेटिनसामु युवा टोलीको व्यवस्थापन सम्हाल्ने चुनौती आइपर्यो ।

अनुभवी खेलाडीलाई क्लब छाड्न दिइरहँदा चेल्सीले सोचेन, उनीहरुको स्थानमा अनुभवी खेलाडी नै ल्याउनु पर्छ भनेर । २५ वर्षमुनिका खेलाडीमात्र अनुबन्ध गर्ने नीति अवलम्बन गरियो । खासमा यो नीति आधिकारीक वा लिखित होइन । तर ती भविष्यका लागि भन्दै खरिद गरिएको यी अधिकांश खेलाडी २५ वर्षमुनिका छन्।

चेल्सीमा जे होला भन्ने डर थियो, आखिरमा त्यही भएको छ । चेल्सीका कम अनुभवी खेलाडीहरुले निरन्तर गल्ती गरिरहेका छन् । गत साता एस्टन भिल्लाविरुद्ध युवा रक्षक मालो गुस्तोले रातो कार्ड पाए । स्ट्राइकर निकोलस ज्याक्सनले ६ खेलमा पाँच पहेलो कार्ड पाएका छन्, जसकारण उनले यो साता फुलहमसँग हुने खेल खेल्न पाउने छैनन् । ज्याक्सन चेल्सीको भुत्ते अग्रपंक्तिको केन्द्र हुन् । चेल्सीले सेप्टेम्बर महिनाभरमा गरेको एक गोल उनै ज्याक्सनको नाममा छ ।

चेल्सीमा व्यवस्थापन समूह शान्त रहे पनि समर्थक भने आक्रोशित छन् । गएका तीन खेलमा चेल्सी समर्थकले खेलाडी तथा प्रशिक्षकविरुद्ध नारा लगाएका थिए । यी समर्थक के ठान्छन् भने, चेल्सीको आफ्नो खेल शैली छैन । लेभी कोलविललाई नयाँ सम्झौताका लागि राजी गराए पनि एकेडेमीबाट आएका थुप्रै खेलाडीलाई क्लब छाड्न दिइएकोमा उनीहरु असन्तुष्ट छन् ।

मासन माउन्ट, लेविस हल र क्यालुम हड्सनले नयाँ सिजनको सुरुआतमा क्लब छाडेका थिए । इयान माट्सेन, ट्रेभोह चालोबाह र कोनर गालागर जस्ता युवा खेलाडी पहिलेबाटै क्लबमा रहे पनि उनीहरुको स्थानमा खेल्ने नयाँ खेलाडी खरिद गरिएकोप्रति पनि असन्तुष्टि छ । खेलाडी खरिद बिक्रीमा संलग्न रहेका पउल विन्स्टान्ली र लउरेन्स स्टेवार्टसँग समर्थक अत्यधिक रुष्ट छन् ।

उसो त चेल्सी व्यवस्थापन आशावादी छ, खरिद गरिएका खेलाडीले टोलीलाई बलियो बनाउनेछन् । कीर्तिमानी मूल्यमा खरिद गरिएका मिडफिल्डरद्धय इन्जो फर्नान्डेज र मोइसेस काइसेडोले बलियो साझेदारी स्थापना गर्नेमा चेल्सी ढुक्क छ । तर हाल यी दुवै खेलाडीको प्रदर्शन औसत छ ।

चेल्सीले अत्यधिक खर्च गरेर टोली निर्माण गरे पनि यो पूर्ण भने छैन । तीन नयाँ लेफ्टब्याक खरिद गरेको चेल्सीसँग अझ पनि भरपर्दो स्ट्राइकर छैन । यस्तोमा हरेक साता २२ वर्षीय ज्याक्सनबाट गोलको आशा गरिन्छ । जुन स्वाभाविक होइन ।

विंगमा खेल्ने रहिम स्टर्लिङ, कोल पाल्मर, नोनी माडुएके र मिखाइलो मुड्रिकबाट चेल्सीले निरन्तर गोलको आशा राखेको थियो । तर चेल्सी यस्तो स्थितिमा पुगेको छ कि, अब उसलाई नयाँ फरवार्ड नभइ हुँदैन । ब्रेन्टफोर्डका इभान टोनी र नापोलीका भिक्टर ओसिमेन चेल्सीको नजरमा रहेका दुई स्ट्राइकर हुन् ।

त्यत्तिको धेरै खर्च गरेपछि पनि टोली पूर्ण बन्न नसक्नु, नयाँ स्ट्राइकरको खोजी हुनुको सन्देश यही हो, चेल्सी उपाधिका लागि भिड्न तयार भइसकेको छैन । तर उपाधि दाबेदार बन्नका लागि पर्खने कहिलेसम्म ? चेल्सीले सामना गरिरहेको अर्को प्रश्न हो यो ।

यसबीचमा चेल्सीमा आर्थिक रुपमा असन्तुलनको डर पनि उत्पन्न भइरहेको छ । यसको कारण हो, च्याम्पियन्स लिगमा अनुपस्थिति । च्याम्पियन्स लिग खेल्न नपाउँदा चेल्सी जत्तिको ठूलो क्लबलाई घाटा नहुने कुरै छैन । यस्तोमा चेल्सीले एरिस म्यानेजमेन्ट नाम गरेको समूहबाट ५० करोड अमेरिकी डलर बराबरको लगानी भित्र्याउँदैछ ।

चेल्सीले यो पैसा नयाँ रंगशाला निर्माणमा प्रयोग गर्ने योजना बनाएको छ । चेल्सी क्लबको १० प्रतिशतसम्म शेयर बेच्न पनि तयार छ । बोहलीको लगानी समूह क्लियरलेकलाई नजिकबाट नियालेकाहरु भन्छन्, अब यो समूह थप घाटाका लागि तयार छैन ।

पछिल्लो समय के भनिँदैछ भने, चेल्सीमा बेहदाद इग्बाली शक्तिशाली बन्दै गएका छन् । उनी बोहलीको साझेदार हुन् । इग्बाली सक्रिय बन्दै जाँदा बोहली भने पछि हटिरहेका छन् । दाबी त के पनि गरिँदैछ भने प्रत्येक खेलपछि इग्बाली चेल्सीको ड्रेसिङ रुमभित्र छिर्ने गरेका छन्। तर प्रशिक्षक पोचेटिनो भने व्यवस्थापन समूहका कोही पनि ड्रेसिङ रुममा नआएको बताउँछन् ।

तर जे जे भए पनि चेल्सी अहिले एकबद्ध छ । पउल विन्स्टान्ली र लउरेन्स स्टेवार्ट भावी कार्यदिशाबारे पोचेटिनोसँग दिनहुँ छलफल गर्छन् । पोचेटिनोलाई आवश्यक अधिकार दिइएको छ । जो हरेक खेलाडीबाट आदर खोज्छन् । फेरि खेलाडी पनि पोचेटिनोसँग बेखुस छैनन् ।

पोचेटिनो टिमका महँगा तर अपेक्षकृत प्रदर्शन गर्न नसकिरहेका खेलाडीलाई थप मेहनत भनिरहेका छन् । केही दिनअघि अर्जेन्टाइन प्रशिक्षकले मुड्रिकलाई फरक तरिकाले अभ्यास गराइरहेको खबर बाहिर आएको थियो ।

चेल्सीले अब के गर्नुपर्छ ? जवाफ सरल छ, गोल गर्नुपर्छ, खेल जित्नुपर्छ । घाइते खेलाडीको सूचि लामो भए पनि यसलाई हार वा बराबरीको कारण बनाइनु हुँदैन । उसो त पहिलो रोजाइका खेलाडी घाइते भएपछि चेल्सी असन्तुलित बनेको हो ।

राइटब्याक रिस जेम्स मैदानबाहिर रहेको निकै भयो भने लेफ्टब्याक बेन चिलवेल पनि घाइते छन् । यस्तोमा सेन्टरब्याक कोलविल लेफ्टब्याक बनेर खेलिरहेका छन् । उता फर्नान्डेज आफ्नो स्वाभाविक पोजिसनमा खेल्न पाइरहेका छन् ।

पाल्मर भिल्लासँगको खेलमा थिएनन् । कार्ने चुक्वेमेका वेस्ट हमविरुद्ध गोल गरेको केही मिनेटपछि नै मैदान छाड्न बाध्य भएका थिए । उता क्रिस्टोफर एन्कुन्कु घुँडाको शल्यक्रियाका कारण खेल्न पाएका छैनन् । गएका दुई सिजन बुन्डेसलिगामा आरबी लाइपजिगका लागि क्रमशः २० र १६ गोल गरेका एन्कुन्कुको चोटले चेल्सीलाई बढी पिरोलेको छ । किनभने उनले क्लबको अग्रपंक्ति सम्हाल्ने विश्वास गरिएको थियो ।

हुन त फुटबलमा भाग्यको साथ पनि चाहिन्छ । खेलाडी घाइते भइरहेको देख्दा लाग्छ भाग्य चेल्सीको पक्षमा छै्रन । खेलाडीको चोटबाट दिक्क बनेको चेल्सीले आफ्नो मेडिकल विभागमा पूरै हेरफेर गरेको छ । क्लब के ठान्छ भने, चोटले युवा खेलाडीलाई थप बलियो बनाउनेछ ।

अक्टोबर महिनामा दुई साता फिफा विश्राम छ । त्यसपछि फर्किने प्रिमियर लिगमा चेल्सीले आर्सनल, टोटनहम, म्यानचेस्टर सिटी, न्युकासल युनाइटेड जस्ता टोलीको सामना गर्ने तालिका छ । यी सबै चेल्सीभन्दा राम्रो लयमा छन् । तर पनि चेल्सी सकारात्मक छ, पोचेटिनोले यी चुनौती पार लगाउनेछन्  ।

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||