फाल्गुन ७, २०८२ बिहीबार | ०६:३७:५२
आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट

एनएसएल अक्सनमा ललितपुर सर्वाधिक खर्च गर्ने टोली

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) दोस्रो संस्करणको अक्सन दोस्रो पटक सम्पन्न भएको छ । शनिबार आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लीले अक्सनमा ९ टोलीले खेलाडीहरु छनोट गरेको हो ।

मंसिर ८ बाट आयोजना हुने दोस्रो संस्करणका लागि सहभागि टोलीले खेलाडीहरुलाई लिलामी लगाएका हुन् । अक्सनमा ‘ए’, ‘बी’ र ‘सी’ श्रेणी गरी एक सय ७९ खेलाडीको नाम थियो । जसमा १२६ खेलाडी सहभागी टोलीहरुमा बाडिए । बाकी ५३ खेलाडी अनसोल्ड रहे ।

अक्सनमा एक टोलीले ‘ए’ श्रेणीबाट तीन खेलाडी ‘बी’ श्रेणीबाट सात खेलाडी र ‘सी’ श्रेणीबाट चार खेलाडी छनोट गर्नुपर्ने नियम राखिएको थियो । जसमा न्युनतम खर्च गर्न पाउने १८ लाख र अधिकतम २५ लाख राखिएको थियो ।

९ टोलीमध्ये अनन्त तामाङ मार्की रहेको ललितपुर सिटी एफसीले सर्वाधिक २४ लाख २० हजार खर्च गर्यो । ललितपुरपछि स्पोर्टिङ इलाम डी मेचीले सर्वाधिक २० लाख ७० हजार खर्च गरेको हो ।

९ टोलीका खेलाडी र खर्च विवरण
१. ललितपुर सिटी एफसी, कुल खर्च २४,२०,०००
ललितपुरले ए श्रेणीका तीन खेलाडीलाई मात्र कुल १० लाख ५० हजार खर्च गर्यो । उसले सनिस श्रेष्ठ, दिनेश हेन्जन र सेसेहाङ आङदाङबेलाई समान ३ लाख ५० हजारमा भित्रायो । बी श्रेणीका खेलाडीका लागि १० लाख खर्च गरेको उसले सी श्रेणीका लागि ३ लाख ७० हजार खर्च गर्यो । ललितपुरका बी र सी श्रेणीका खेलाडी यस प्रकारका छन्ः
बी–विवेक पौड्यल, आदित्य शाक्य, अनिल महर्जन, नीरज चौधरी, रोशन पाहारी, विशाल सुनार र प्रवेश कुवंर
सी– अनिल राई, करण रावत, सञ्जीत राई र विजय श्रेष्ठ

२. स्पोर्टिङ इलाम डि मेची, कुल खर्च २०,७०,०००
विकेश कुथु मार्की खेलाडी रहेको इलाम डि मेचीले ए श्रेणीमा विराज महर्जन, आशिष गुरुङ र नविन लामालाई क्रमशः १ लाख ५०हजार ३ लाख ५० हजार र १ एक ५० हजारमा अनुबन्ध गर्यो । यी मध्ये नविन दोस्रो चरणमा छानिएका हुन् । बी श्रेणीका खेलाडीका लागि १० लाख खर्च गरेको उसले सी श्रेणीका लागि ४ लाख २० हजार खर्च गर्यो । इलामका बी र सी श्रेणीका खेलाडी यस प्रकारका छन्ः
बी–सन्तोष खत्री, आशिष चापागाईँ, विमल पान्डे, सौरभ लिम्बु, भरत खवास र जितेन्द्र कार्की
सी– समीर श्रेष्ठ, आशिष राई, सुरोज बस्नेत र दीपेश घले

३. झापा फुटबल क्लब, कुल खर्च २०,५०,०००
अन्जन विष्ट मार्की खेलाडी रहेको झापा फुटबल क्लबले ए श्रेणीमा अनिष देउला, लाकेन लिम्बु र छिरिङ  लामालाई क्रमशः १ लाख ५० हजार, ३ लाख ५० हजार र २ लाख १० हजारमा अनुबन्ध गर्यो । बी श्रेणीका खेलाडीका लागि ८ लाख ५० हजार खर्च गरेको उसले सी श्रेणीका लागि ४ लाख ९० हजार खर्च गरेको हो । झापाका बी र सी श्रेणीका खेलाडी यस प्रकारका छन्ः
बी–प्रदीप लामा, योगेश गुरुङ, अशोक खवास, सुदीप श्रेष्ठ, लक्ष्मण रुचाल र सुमित श्रेष्ठ
सी– भरत चौधरी, प्रशान्त लक्सम, समीराज थोकर र सुरज विष्ट

४. धनगढी फुटबल क्लब, कुल खर्च १९,१०,०००
आशिष चौधरी मार्की खेलाडी रहेको धनगढी फुटबल क्लबले ए श्रेणीमा कमल श्रेष्ठ र देवेन्द्र तामाङलाई समान १ लाख ५० हजार र कृतिश रत्न छुन्छुलाई ३ लाख ५० हजारमा अनुबन्ध गर्यो । बी श्रेणीका खेलाडीका लागि ८ लाख ४० हजार खर्च गरेको उसले सी श्रेणीका लागि ४ लाख २० हजार खर्च गर्यो । धनगढीका बी र सी श्रेणीका खेलाडी यस प्रकारका छन्ः
बी–साइमोन लिम्बु, निशान लिम्बु, रन्डीप पौड्यल, मनोज राई, टेकेन्द्र सिंह थापा, रामचन्द्र वाजी
सी– मिलन राई, सुरेश कुमाल, हेमन्त श्रेष्ठ र अभिषेक गुरुङ

५. काठमाडौं रेजर्स फुटबल क्लब, कुल खर्च १७,१०,०००
हिसुब थपलीया मार्की खेलाडी रहेको काठमाडौं रेजर्स फुटबल क्लबले ए श्रेणीमा दीपेश गुरुङलाई ३ लाख ५० हजार र अन्जन राई र अभिषेक बराललाई समान १ लाख ५० हजारमा अनुबन्ध गरहेको हो । बी श्रेणीका खेलाडीका लागि ८ लाख ९० हजार खर्च गरेको उसले सी श्रेणीका लागि ४ लाख ७० हजार खर्च गर्यो । काठमाडौंका बी र सी श्रेणीका खेलाडी यस प्रकारका छन्ः
बी– कुलदीप कार्की, राजिभ लोप्चन, अमित तामाङ, खमिर गिल्सन कान्दङ्वा, प्रशान्त अवस्थी, राजाबाबु थापा र मौसम सुब्बा
सी– जियारथ सेख, महेन्द्र कार्की, सुशील कुमार यादव र रोहन खड्गी

६. विरगंज युनाइटेड फुटबल क्लब, कुल खर्च १८,७०,०००
दीप कार्की मार्की खेलाडी रहेको विरगंज युनाइटेड फुटबल क्लबले ए श्रेणीमा सुभाष गुरुङलाई १ लाख ५० हजारमा किन्दा सिमान्त थापा र सुदीप गुरुङलाई समान ३ लाख ५० हजारमा अनुबन्ध गर्यो । बी श्रेणीका खेलाडीका लागि ७ लाख ५० हजार खर्च गरेको उसले सी श्रेणीका लागि ३ लाख ९० हजार खर्च गर्यो । विरगंजका बी र सी श्रेणीका खेलाडी यस प्रकारका छन्ः
बी– विशोन गुरुङ, शत्रुघन कुमार चौधरी, सुनिल खड्का, सुशील लामा, जय गुरुङ र दीपेन्क राज सिंह ठकुरी
सी– सुरज गुरुङ, हरीष राज भट्ट, दीवाकर चौधरी र युवराज खड्का

७. फुटबल क्लब चितवन, कुल खर्च १५,९०,०००
विशाल श्रेष्ठ मार्की खेलाडी रहेको फुटबल क्लब चितवनले ए श्रेणीमा छिरिङ गुरुङलाई ३ लाख ५० हजारमा किन्दा उत्सव राई र नवयुग श्रेष्ठलाई समान १ लाख ५० हजारमा अनुबन्ध गर्यो । यी मध्ये नवयुग दोस्रो चरणमा छानिएका थिए । बी श्रेणीका खेलाडीका लागि ७ लाख ५० हजार खर्च गरेको उसले सी श्रेणीका लागि ४ लाख २० हजार खर्च गर्यो । चितवनका बी र सी श्रेणीका खेलाडी यस प्रकारका छन्ः
बी– अमित श्रेष्ठ, एकराज बुढाथोकी, रोशन राना मगर, बुद्ध तामाङ, हेम तामाङ र विक्रम धिमाल
सी– प्रदीप भन्डारी, राजेश परियार, शरन विक्रम सिंह बस्नेत र पुस्कर खड्का

८. बुटबल लुम्बिनी फुटबल क्लब, कुल खर्च १६,७०,०००
एरिक विष्ट मार्की खेलाडी रहेको बुटबल लुम्बिनी फुटबल क्लबले तोकिएको न्युनतम रकर्म खर्च गर्न सकेन । उसले ए श्रेणीमा मणि कुमार लामा, जिलेस्पी जंग कार्की र प्रकाश बुढाथोकीलाई समान रकम १ लाख ५० हजारमा अनुबन्ध गर्यो । यी मध्ये जिलेस्पी र प्रकाश पहिलो चरणमा बिक्न असफल भएका थिए । बी श्रेणीका खेलाडीका लागि ८ लाख खर्च गरेको बुटवलले सी श्रेणीका लागि ४ लाख २० हजार खर्च गर्यो । बुटवलका बी र सी श्रेणीका खेलाडी यस प्रकारका छन्ः
बी– अशिम भुषाल, सरोज तामाङ, अशोक थापा, निराजन धामी, पासाङ लामा, गौरव श्रेष्ठ
सी– जन्मजे धामी, मनग्य नकर्मी, निशान राणा, चन्दन कुमार दास

९. पोखरा थन्र्डस फुटबल क्लब, कुल खर्च १५,६०,०००
यसपालीको अक्सनमा सबैभन्दा कम रकम खर्चेको टोली हो पोखरा थन्डर्स फुटबल क्लब आयुष घलान मार्की खेलाडी रहेको पोखरा थन्डर्स फुटबल क्लबले तोकिएको न्युनतम रकर्म खर्च गर्न सकेन । उसले ए श्रेणीमा अन्जल महर्जन, सुरज जिउ ठकुरी र सञ्जिव विष्टलाई समान रकम १ लाख ५० हजारमा अनुबन्ध गर्यो । बी श्रेणीका खेलाडीका लागि ६ लाख ९० हजार खर्च गरेको उसले सी श्रेणीका लागि ४ लाख २० हजार खर्च गर्यो । पोखराका बी र सी श्रेणीका खेलाडी यस प्रकारका छन्ः
बी– पुजन होना, दीपेश आले मगर, पदम भट्टराई, पदम कुमार तामाङ, जीवन गुरुङ र बिपिन कंडेल
सी– अनिष पोम्बु लिम्बु, नरेन्द्र चौधरी, कमल बहादुर थापा र सुनिल घलान

 

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||