चैत्र १६, २०८२ सोमबार | २२:००:४०
राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट

भरत खवास इलाम पुगे

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास स्पोटिङ इलाम एफसीमा अनुबन्ध भएका छन् ।

बी श्रेणीका भरतलाई स्पोटिङ इलाम एफसी र पोखरा थन्डर्सले लिलामी गरेका थिए । गोलाप्रथामा एक लाख ५० हजारमा बिक्री हुँदै भरत इलाम पुगेका हुन् ।

गतसिजन भरत एफसी चितवन एफसीमा मार्की र कप्तान थिए । बीचमा घाइते हुँदा खेल्न पाएनन् ।

इलामको मार्कीमा गोलकिपर विकेश कुथु छन् ।

आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लीले अक्सनमा एक सय ७९ खेलाडीलाई राखेको छ । ‘ए’ श्रेणीको न्युनतम मुल्य एक लाख ५० हजार देखि उच्च तीन लाख ५० हजार छ । ‘बी’ श्रेणीको न्युनतम मुल्य एक लाख देखि एक लाख सम्म छ । श्रेणी ‘सी’ मा न्युनतम ८० हजार देखि एक लाख ३० हजारसम्ममा खरिद गर्न सक्छन् ।

कुनै खेलाडीलाई एक भन्दा बढि खेलाडीले लिलामी लगाएमा गोलप्रथाद्वारा छनोट गरिनेछ । यसअघि श्रेणी ‘ए‘ बाट ठूलो नाम स्ट्राइकर नवयुग श्रेष्ठ र रक्षक अञ्जन राई अनसोल्ड भएका छन् ।

यसैगरी सर्वाधिक मुल्य (तीन लाख ५० हजार) मा लाकेन लिम्बू र सनिस श्रेष्ठ बिक्री भएका छन् । लाकेनलाई ९ क्लब र सनिसलाई धनगढी बाहेक आठ क्लबले लिन प्रतिस्पर्धा गरेका थिए । गोलप्रथाबाट लाकेन झापा र सनिस ललितपुर सिटी पुगेका हुन् ।  

प्रतियोगिता मंसिर आठबाट आयोजना हुँदैछ । उद्घाटन खेलमा काठमाडौं र स्पोर्टिङ इलाम एफसीबीचप्रतिस्पर्धा हुनेछ । दोस्रो संस्करणमा ९ टोली सहभागी छन् । गतसिजन खेलेको विराटनगर सिटी एफसीले आयोजकसँगको असन्तुष्टिका कारण नाम फिर्ता लिएका थियो ।

साविक विजेता काठमाडौं रेजर्स, धनगढी एफसी, स्पोर्टिङ इलाम एफसी, झापा एफसी, विरगंज युनाइटेड, एफसी चितवन, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता जनाउनेछन् । इलाम, विरगंज र झापा यसपटक नयाँ टोली हुन् । गतसिजन सात टोली प्रतिस्पर्धा गरेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो