चैत्र ८, २०८२ आइतबार | ०२:१९:३६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एन्फा अध्यक्ष नेम्वाङ साउदी प्रस्थान

फाइल फोटो

काठमाडौं । अखिल नेपाल फुटबल संघ ( एन्फा)  अध्यक्ष पंकजविक्रम नेम्वाङ मंगलबार साउदी अरेबिया प्रस्थान गरेका छन् ।

एएफसी डेभलप्मेन्ट कमिटिको बैठकका लागि साउदी प्रस्थान गरेका हुन् । नेम्वाङ डेभलप्मेन्ट कमिटिका उपाध्यक्ष हुन् । नेम्वाङ यही वर्ष एएफसीको सदस्यमा चुनिएका थिए ।

एन्फा महासचिव किरण राईले  एएफसी एभलप्मेन्ट कमिटिकाे बैठकका लागि साउदी गएकाे पुष्टि गरे ।  ‘उहाँ एएफसी एभलप्मेन्ट कमिटिकाे उपाध्यक्ष पनि हुनुहुन्छ । त्यसैले बैठकमा सहभागी हुन जानु भएको हो,’ महासचिव राईले  भने ।

आफू साउदी प्रस्थान गरे पनि नेम्वाङले कसैलाई पनि आफ्नो कार्य भार सुम्पिएका छैनन् । यसअघि फिफा महिला विश्वकपका लागि अस्ट्रेलिया जाँदा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए ।

 अध्यक्ष नेम्वाङले आफूलाई जिम्मेवारी सुम्पिएको कुनै पत्र नदिएको वीरबाहादुरले पुष्टि गरे । अघिल्लो पटक एन्फाले सामाजिक सञ्जामार्फत नै खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएको जनाकारी गराएको थियो ।

अहिले भने अध्यक्ष गुपचुप रूपमा साउदी पुगेका छन् ।  पछिल्लो पटक एन्फामा घटिरहेको राजिनितिक खिचातानीका कारण यस्तो अवस्था आएको अनुमान गरिएको छ ।

 

यसअघि भदौ २५ मा एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४९ सदस्यको हस्ताक्षरसहित अध्यक्ष नेम्वाङ र महासचि राईविरुद्ध बार्खास्तीको मागसहितको पत्र दर्ता भएको थियो ।

उनीहले  एन्फा वरिष्ट उपाध्यक्ष खड्कासमक्ष बर्खास्तीको प्रस्ताव दार्ता गराएका थिए । त्यसैले पनि अध्यक्ष नेम्वाङ खड्काप्रती रुष्ट भएको हुनसक्ने अनुमान छ ।

डिभिजन लिगका क्लबहरुले सामान्य अवस्थामा भर्चुअल साधारणसभा गर्नु विधानविपरित हुने भन्दै भौतिक उपस्थितीको माग गरेका थिए । उनीहरुले भौतिक उपस्थिती नभए बहिस्कार बहिस्कार गर्ने र अध्यक्षविरुद्ध बर्खास्तीको प्रस्ताव ल्याउने चेतावनी दिएका थिए ।

एन्फा इतिहासमा अध्यक्षविरुद्ध बर्खास्तीको मागसहित पत्र दर्ता भएको यो पहिलो पटक हो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो