माघ ४, २०८२ आइतबार | ०३:४३:१२
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

एन्फा अध्यक्ष नेम्वाङ साउदी प्रस्थान

फाइल फोटो

काठमाडौं । अखिल नेपाल फुटबल संघ ( एन्फा)  अध्यक्ष पंकजविक्रम नेम्वाङ मंगलबार साउदी अरेबिया प्रस्थान गरेका छन् ।

एएफसी डेभलप्मेन्ट कमिटिको बैठकका लागि साउदी प्रस्थान गरेका हुन् । नेम्वाङ डेभलप्मेन्ट कमिटिका उपाध्यक्ष हुन् । नेम्वाङ यही वर्ष एएफसीको सदस्यमा चुनिएका थिए ।

एन्फा महासचिव किरण राईले  एएफसी एभलप्मेन्ट कमिटिकाे बैठकका लागि साउदी गएकाे पुष्टि गरे ।  ‘उहाँ एएफसी एभलप्मेन्ट कमिटिकाे उपाध्यक्ष पनि हुनुहुन्छ । त्यसैले बैठकमा सहभागी हुन जानु भएको हो,’ महासचिव राईले  भने ।

आफू साउदी प्रस्थान गरे पनि नेम्वाङले कसैलाई पनि आफ्नो कार्य भार सुम्पिएका छैनन् । यसअघि फिफा महिला विश्वकपका लागि अस्ट्रेलिया जाँदा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए ।

 अध्यक्ष नेम्वाङले आफूलाई जिम्मेवारी सुम्पिएको कुनै पत्र नदिएको वीरबाहादुरले पुष्टि गरे । अघिल्लो पटक एन्फाले सामाजिक सञ्जामार्फत नै खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएको जनाकारी गराएको थियो ।

अहिले भने अध्यक्ष गुपचुप रूपमा साउदी पुगेका छन् ।  पछिल्लो पटक एन्फामा घटिरहेको राजिनितिक खिचातानीका कारण यस्तो अवस्था आएको अनुमान गरिएको छ ।

 

यसअघि भदौ २५ मा एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४९ सदस्यको हस्ताक्षरसहित अध्यक्ष नेम्वाङ र महासचि राईविरुद्ध बार्खास्तीको मागसहितको पत्र दर्ता भएको थियो ।

उनीहले  एन्फा वरिष्ट उपाध्यक्ष खड्कासमक्ष बर्खास्तीको प्रस्ताव दार्ता गराएका थिए । त्यसैले पनि अध्यक्ष नेम्वाङ खड्काप्रती रुष्ट भएको हुनसक्ने अनुमान छ ।

डिभिजन लिगका क्लबहरुले सामान्य अवस्थामा भर्चुअल साधारणसभा गर्नु विधानविपरित हुने भन्दै भौतिक उपस्थितीको माग गरेका थिए । उनीहरुले भौतिक उपस्थिती नभए बहिस्कार बहिस्कार गर्ने र अध्यक्षविरुद्ध बर्खास्तीको प्रस्ताव ल्याउने चेतावनी दिएका थिए ।

एन्फा इतिहासमा अध्यक्षविरुद्ध बर्खास्तीको मागसहित पत्र दर्ता भएको यो पहिलो पटक हो । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate