चैत्र १४, २०८२ शनिबार | ०५:३८:४१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

जापानविरुद्ध रेखा र अनितालाई मौका

फाइल फोटो

काठमाडौं । जापानविरुद्ध ऐतिहासिक खेल खेल्दा नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा दुई खेलाडी परिवर्तन भएको छ ।

सोमबार नेपालले १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को आफ्नो दोस्रो खेलमा सन् २०११ को विश्वकप विजेता जापानसँग खेल्ने लागेको हो । नेपालले पहिलो पटक जापानसँग खेल्दैछ । खेल अहिले सवाँ पाँच बजे सुरु हुँदैछ । 

प्रशिक्षक बालगोपाल महर्जनले स्ट्राइकर रेखा पौडेल र मिडफिल्डर अनिता केसीलाई मौका दिएका छन् । यसअघि भियतनामविरुद्ध खेलेकी सरु लिम्बु घाइते छिन् । उनी तीन महिनाबढि मैदान बाहिर हुने भएकी छन् । अमिषा कार्कीको स्थान रेखाले लिएकी हुन् ।

महर्जनले कप्तानी जिम्मा मिडफिल्डर रेनुका नगरकोटेलाई दिएका छन् ।  गोलकिपरमा अनुभवी एन्जिला तुम्बाप्पो सुब्बा छिन् । रक्षकमा पुजा राना, समिक्षा घिमिरे, अमृता जैशी र हिराकुमारी भुजेल छन् ।

मिडफिल्डमा गीता राना, रेनुका, अनिता र दीपा शाही छन् । नेपालको अग्रपंक्ती सावित्रा भण्डारी र रेखाले सम्हाल्नेछन् ।

अघिल्लो  खेलमा भियतनामसँग २–०ले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्ने तालिका छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो