चैत्र १०, २०८२ मंगलबार | १३:१६:२१
एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी

साफ यु-१९ च्याम्पियनसिपः भारतकाे विजयी सुरुआत

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न प्रतियोगिताको उद्धघाटन खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएको हो ।

जितसँगै भारतले समूह ‘बी’ मा स्पष्ट तीन अंक जोडेको छ । सेमिफाइनलमा स्थान बनाउन भारतलाई अब भुटानविरुद्ध बराबरीको नतिजा पर्याप्त हुनेछ । बंगलादेश भने आफ्नो दोस्रो खेलमा दबाबमा हुनेछ । शनिबार भुटानविरुद्ध हार ब्यहोरे बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ ।

बिहीबार पहिलो हाफमा दुई गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा एक गोल थपेको हो ।

फरवार्ड ग्वामसर गोयरेले खेल सुरु भएको ३३ सेकेन्डमै गोल गरेका थिए । कप्तान इसान सिसोडियाको क्रसलाई बंगलादेशका रक्षकहरुले क्लियर गर्न नसक्दा त्यसको फाइदा उठाउँदै गुमसरले सहज गोल गरका थिए ।

भारतले पहिलो हाफको इन्जुरी समयमा अग्रतालाई दोब्बर बनायो । विपक्षी रक्षकको गल्तीको फाइदा उठाउँदै नोबा मेटेइले दोस्रो बारमा गरेको प्रहार गोलमा परिणत भएको थियो ।

निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा भारतले थप एक गोल गर्यो । कप्तान इसानको क्रसमा पेनाल्टी बक्स भित्र निगरानीमा नरहेका अर्जुन सिंह ओनामले सहज गोल गरे ।

दुवै टोलीले केही अवसर बनाए पनि गोलमा भने परिणत गर्न सकेनन् । खेलको ३४ औं मिनेटमा राजा हर्जनको प्रहार बाहिरिँदा भारतले अग्रता दोब्बर बनाउन सकेन । त्यसको केहि सेकेन्ड्समै गुमसरले सुनौलो मौकामा फितलो प्रहार गरे ।

४० औं मिनेटमा बंगलादेशका कप्तान एमडी मोइनुल इस्लामको प्रहार भारतीय गोलकिपर लियोनेल दरिल रिमेले बचाए ।

दिनको दोस्रो खेलमा आयोजक नेपालले साढे पाँच बजे पाकिस्तानको सामना गर्दैछ । समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । त्यस्तै समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो