माघ १२, २०८२ सोमबार | २३:४६:३४
गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित

साफ यु-१९ च्याम्पियनसिपः भारतकाे विजयी सुरुआत

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न प्रतियोगिताको उद्धघाटन खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएको हो ।

जितसँगै भारतले समूह ‘बी’ मा स्पष्ट तीन अंक जोडेको छ । सेमिफाइनलमा स्थान बनाउन भारतलाई अब भुटानविरुद्ध बराबरीको नतिजा पर्याप्त हुनेछ । बंगलादेश भने आफ्नो दोस्रो खेलमा दबाबमा हुनेछ । शनिबार भुटानविरुद्ध हार ब्यहोरे बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ ।

बिहीबार पहिलो हाफमा दुई गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा एक गोल थपेको हो ।

फरवार्ड ग्वामसर गोयरेले खेल सुरु भएको ३३ सेकेन्डमै गोल गरेका थिए । कप्तान इसान सिसोडियाको क्रसलाई बंगलादेशका रक्षकहरुले क्लियर गर्न नसक्दा त्यसको फाइदा उठाउँदै गुमसरले सहज गोल गरका थिए ।

भारतले पहिलो हाफको इन्जुरी समयमा अग्रतालाई दोब्बर बनायो । विपक्षी रक्षकको गल्तीको फाइदा उठाउँदै नोबा मेटेइले दोस्रो बारमा गरेको प्रहार गोलमा परिणत भएको थियो ।

निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा भारतले थप एक गोल गर्यो । कप्तान इसानको क्रसमा पेनाल्टी बक्स भित्र निगरानीमा नरहेका अर्जुन सिंह ओनामले सहज गोल गरे ।

दुवै टोलीले केही अवसर बनाए पनि गोलमा भने परिणत गर्न सकेनन् । खेलको ३४ औं मिनेटमा राजा हर्जनको प्रहार बाहिरिँदा भारतले अग्रता दोब्बर बनाउन सकेन । त्यसको केहि सेकेन्ड्समै गुमसरले सुनौलो मौकामा फितलो प्रहार गरे ।

४० औं मिनेटमा बंगलादेशका कप्तान एमडी मोइनुल इस्लामको प्रहार भारतीय गोलकिपर लियोनेल दरिल रिमेले बचाए ।

दिनको दोस्रो खेलमा आयोजक नेपालले साढे पाँच बजे पाकिस्तानको सामना गर्दैछ । समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । त्यस्तै समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate