चैत्र १७, २०८२ मंगलबार | १३:२१:१०
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

साफ- १९ च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुने दक्षिण एसियाली फसटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो ।

एन्फा प्रवक्ता सुरेश शाहले च्याम्पियनसिपको तयारी पूरा भएको र सहभागी टोलीहरु आउन क्रममा रहेको बताए । भुटान र बंगलादेश आइसकेको छ भने भारत र माल्दिभ्स मंगलबार आउनेछन् । पाकिस्तान बुधबार आइपुग्ने एन्फाले जनाएको छ।

सहभागी टोलीको लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित च्यासल खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा दक्षिण एसियाको श्रीलंकाबाहेक ६ राष्ट्रको सहभागिता रहनेछ । आयोजक नेपाल, पाकिस्तान र माल्दिभ्स समूह ‘ए’ तथा साबिक विजेता भारत, साबिक उपविजेता बंगलादेश र भुटान समूह ‘बी’ मा छन् । दुवै समूहबाट शीर्ष दुई टाेली सेमिफाइनल प्रवेश गर्नेछन् ।

यु-१९ च्याम्पियनसिपको यो पाँचौ संस्करण हो । सन् २०१५ मा नेपालबाटै सुरु भएको यस च्याम्पियनसिपमा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन् ।

नेपालले तेस्रो पटक साफ यु-१९ च्याम्पियनसिप आयोजना गर्न लागेको हो । २०१९ मा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

 नेपाली टोलीले यस पटक घरेलु मैदानकाे फाइदा उठाउँदै उपाधि जित्ने लक्ष्य राखेको छ । प्रतियोगिता निर्देशक सञ्जिव मिश्रले प्रतियोगिताको सफल आयोजना गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताए ।

प्रतियोगिताका लागि टिकट दर भिआइपीतर्फ ३ सय र साधारण प्यारापिटतर्फ १ सय तोकिएको छ । प्रतियोगिताको मार्केटिङ अधिकार नेपाल स्पोर्टस सेन्टरले प्राप्त गरेको छ ।

एउटा मात्र कम्पनीले टेन्डर भरेकाले १५ लाख रुपैयाँमा मार्कोटिङ अधिकार प्रदान गरिएको एन्फाले बताएको छ । प्रतियोगिताका खेलहरु स्पोर्टजवर्कजको युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण हुने छ ।

च्याम्पियनसिपको बजेट २ करोड ७७ लाख ३२ हजार ८ सय रहेको एन्फाले जनाएको छ । सम्पूर्ण बजेट साफले प्रदान गर्ने एन्फा प्रवक्ता शाहले जानकारी दिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो