माघ ११, २०८२ आइतबार | १४:०६:०२
बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ?

साफ- १९ च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुने दक्षिण एसियाली फसटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो ।

एन्फा प्रवक्ता सुरेश शाहले च्याम्पियनसिपको तयारी पूरा भएको र सहभागी टोलीहरु आउन क्रममा रहेको बताए । भुटान र बंगलादेश आइसकेको छ भने भारत र माल्दिभ्स मंगलबार आउनेछन् । पाकिस्तान बुधबार आइपुग्ने एन्फाले जनाएको छ।

सहभागी टोलीको लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित च्यासल खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा दक्षिण एसियाको श्रीलंकाबाहेक ६ राष्ट्रको सहभागिता रहनेछ । आयोजक नेपाल, पाकिस्तान र माल्दिभ्स समूह ‘ए’ तथा साबिक विजेता भारत, साबिक उपविजेता बंगलादेश र भुटान समूह ‘बी’ मा छन् । दुवै समूहबाट शीर्ष दुई टाेली सेमिफाइनल प्रवेश गर्नेछन् ।

यु-१९ च्याम्पियनसिपको यो पाँचौ संस्करण हो । सन् २०१५ मा नेपालबाटै सुरु भएको यस च्याम्पियनसिपमा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन् ।

नेपालले तेस्रो पटक साफ यु-१९ च्याम्पियनसिप आयोजना गर्न लागेको हो । २०१९ मा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

 नेपाली टोलीले यस पटक घरेलु मैदानकाे फाइदा उठाउँदै उपाधि जित्ने लक्ष्य राखेको छ । प्रतियोगिता निर्देशक सञ्जिव मिश्रले प्रतियोगिताको सफल आयोजना गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताए ।

प्रतियोगिताका लागि टिकट दर भिआइपीतर्फ ३ सय र साधारण प्यारापिटतर्फ १ सय तोकिएको छ । प्रतियोगिताको मार्केटिङ अधिकार नेपाल स्पोर्टस सेन्टरले प्राप्त गरेको छ ।

एउटा मात्र कम्पनीले टेन्डर भरेकाले १५ लाख रुपैयाँमा मार्कोटिङ अधिकार प्रदान गरिएको एन्फाले बताएको छ । प्रतियोगिताका खेलहरु स्पोर्टजवर्कजको युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण हुने छ ।

च्याम्पियनसिपको बजेट २ करोड ७७ लाख ३२ हजार ८ सय रहेको एन्फाले जनाएको छ । सम्पूर्ण बजेट साफले प्रदान गर्ने एन्फा प्रवक्ता शाहले जानकारी दिए ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate