चैत्र १८, २०८२ बुधबार | १२:१८:५०
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

रामोसको पुनरागमनमा सेभियाको पहिलो जित

काठमाडौं । १८ वर्षपछि सेभिया फर्किएका सर्जियो रामोसको पुनरागमन डेब्युसँगै क्लबले लगातार हारको शृंखला रोकेको छ । आइतबार राति भएको खेलमा सेभियाले लास पाल्मासलाई १–० ले हराएको हो ।

सिजनमा सेभियाको पहिलो जित हो । यसअघि चार खेलमा सेभिया लगातार पराजित भएको थियो । पहिलो जित निकालेको सेभिया तीन अंकसहित १७औं स्थानमा छ ।

सेभिया पहिलो खेलमा भ्यालेन्सियासँग २–१, दोस्रो खेलमा डिपोर्टिभो अलाभेससँग ४–३ र  तेस्रो खेलमा जिरोनासँग २–१ ले पराजित भएको थियो ।

यस खेलसँगै स्पेनिस पूर्व अन्तर्राष्ट्रिय खेलाडी रामोसले १८ वर्षपछि पुनः डेब्यु गरेका छन् । सन् २००५ पछि रामोस पुरानो क्लब फर्किएका हुन् । यसपछि रामोस रियाल मड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी)मा रहे । पहिलो खेलमा उनले ९० मिनेट नै बिताएका छन् ।

३७ वर्षीय रक्षकको आगमनसँगै सेभियाले ‘क्लिन सिट’ राखेको छ । सेभियाको जितमा बेल्जियम विंगर डोडी लुकवाकियोले गोल गरेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो