माघ १४, २०८२ बुधबार | १२:१६:२६
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

डर्टमन्डको सहज जित

काठमाडौं । बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा शनिबार घरेलु टोली फ्रेइबर्गविरुद्ध ४-२ को सहज जित निकालेको छ ।

जितसँगै चार खेलमा आठ अंक जोडेको डर्टमन्ड सातौं स्थानमा रहँदा पराजय ब्यहोरेको फ्रेइबर्ग समान खेलबाट ६ अंकका साथ १० औं स्थानमा छ ।

युरोपा पार्क रंगशालामा डर्टमन्डलाई जित दिलाउन म्याट ह्युमल्सले दुई तथा डोनियल मालेन र मार्को रिउसले समान एक गोल गरे । फ्रेइबर्गका लागि लुकास होलर र निकोलस होफ्लरले गोल गरे ।

खेलको ११ औं मिनेटमा ह्युमल्सको गोलमार्फत डर्टमन्डले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा होलरले फ्रेइबर्गका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमै होफ्लरले गोल गरेपछि घरेलु टोली २-१ ले अगाडि बढ्यो । ६० औं मिनेटमा मालेनले डर्टमन्डलाई २-२ को बराबरीमा ल्याए ।

८२औं मिनेटमा होफ्लरले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि फ्रेइबर्ग १० खेलाडीमा सिमित बनेको थियो ।

८८ औं मिनेटमा ह्युमल्सले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमन्डलाई ३-२ ले अगाडि बढाए । खेलको थप गरिएको समयमा रिउसले गोल गर्दै टोलीलाई ४-२ को जित दिलाए ।

लिग अन्तर्गतकै अन्य खेलमा आरबी लाइपजिगले औसबर्गलाई ३-०, उल्फ्सबर्गले युनियन बर्लिनलाई २-१ तथा मेइन्जले भिएफबी स्टुटगार्ट र हेफेनहेइमले एफसी कोलोग्नलाई समान ३-१ ले पराजित गर्दा इन्ट्रयाक्ट फ्रयांकफर्ट बाचेुमसँग १-१ को बराबरीमा रोकियो । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate