माघ १८, २०८२ आइतबार | १७:१३:३०
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

बर्खास्तगीको प्रस्ताव अनुशासन कमिटीमाः एन्फा नेतृत्वले आलटाल गर्न खोजेको आरोप

काठमाडौं । बहुमत सदस्यले आफूविरुद्ध बर्खास्तगीको प्रस्ताव दर्ता गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले उक्त प्रस्तावलाई अनुशासन कमिटीतिर पठाएको छ ।

सहिद स्मारक डिभिजन लिगका २९ क्लबसहित एन्फा साधारणसभाका ४९ सदस्यले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध बर्खास्तगीको प्रस्ताव दर्ता गराएका थिए । पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा र पूर्व महासचिव इन्द्रमान तुलाधरको नेतृत्वमा गएको सदस्यहरुको समूहले बर्खास्तगीको पत्र एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई बुझाएका थिए ।

गएको सोमबार बर्खास्तगीको पत्र बुझाउने क्रममा उनीहरुले ‘पत्र दर्ता भएसँगै एन्फा अध्यक्ष र महासचिव स्वत निलम्बनमा पर्ने भन्दै पदीय हैसियतमा कुनै कामकाज नगर्न’ अनुरोध गरेका थिए ।

तर एन्फा महासचिव राईंले उक्त पत्रको वैधानिकता परिक्षण गर्नका लागि अनुशासन समितिमा पठाएको बताए । ‘उहाँहरुले पठाउनुभएको पत्र विधानअनुसार छ की छैन भन्ने विषय अनुशासन समितिले हेरेपछि त्यसमाथि थप कार्वाही सुरु हुन्छ,’ राईले भने ।

बर्खास्तगी पत्र बुझाउने पक्षले भने एन्फाले बहुमत सदस्यको प्रस्ताबमाथि खेलवाड गरेर नेतृत्व मुठभेडतिर जान खोजेको आरोप लगाएको छ । ‘पत्रको वैधानिकता निर्वाचन समितिले हेर्ने हो । यो अनुशासनको विषय नै होइन । उहाँहरुले जानाजान ढिलो गर्न खोजिरहनुभएको छ । यो भनेको उहाँहरुको मुठभेडमा जाने योजना हो,’ एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले भने ।

एन्फाले अडिटर नियुक्तिको एजेन्डामा निर्णय गर्नका लागि गएको आइतबार अनलाइन माध्यमबाट भर्चुअल विशेष साधारणसभा आह्वान गरेको थियो । बहुमत क्लबहरुले साधारणसभामा भौतिक उपस्थितीको माग राख्दै त्यसो नभए बहिस्कार गर्ने चेतावनी दिएका थिए ।

तर एन्फाले क्लबहरुको चेतावनी बेवास्था गर्दै पूर्वनिर्धारित कार्यक्रमअनुसार साधारणसभा सुरु गर्यो । साधारणसभामा गणपुरक उपस्थिती नभएपछि पहिलो पटक आइतबार साधारणसभा स्थगित भयो । सोमबार पुनः क्लबहरुको विरोधका बावजुद एन्फाको साधारणसभा आयोजना गर्ने प्रयास कमजोर उपस्थितीका कारण असफल भयो ।

त्यसपछि क्लबहरुले अध्यक्ष र महासचिवविरुद्ध बर्खास्गतीको प्रस्ताव दर्ता गराएका थिए भने एन्फाले भने थप छलफलबाट नयाँ मिति तोक्ने भन्दै बाध्य भएर साधारणसभा स्थगित गरेको थियो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।