चैत्र ६, २०८२ शुक्रबार | ०८:००:५१
४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित

बर्खास्तगीको प्रस्ताव अनुशासन कमिटीमाः एन्फा नेतृत्वले आलटाल गर्न खोजेको आरोप

काठमाडौं । बहुमत सदस्यले आफूविरुद्ध बर्खास्तगीको प्रस्ताव दर्ता गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले उक्त प्रस्तावलाई अनुशासन कमिटीतिर पठाएको छ ।

सहिद स्मारक डिभिजन लिगका २९ क्लबसहित एन्फा साधारणसभाका ४९ सदस्यले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध बर्खास्तगीको प्रस्ताव दर्ता गराएका थिए । पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा र पूर्व महासचिव इन्द्रमान तुलाधरको नेतृत्वमा गएको सदस्यहरुको समूहले बर्खास्तगीको पत्र एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई बुझाएका थिए ।

गएको सोमबार बर्खास्तगीको पत्र बुझाउने क्रममा उनीहरुले ‘पत्र दर्ता भएसँगै एन्फा अध्यक्ष र महासचिव स्वत निलम्बनमा पर्ने भन्दै पदीय हैसियतमा कुनै कामकाज नगर्न’ अनुरोध गरेका थिए ।

तर एन्फा महासचिव राईंले उक्त पत्रको वैधानिकता परिक्षण गर्नका लागि अनुशासन समितिमा पठाएको बताए । ‘उहाँहरुले पठाउनुभएको पत्र विधानअनुसार छ की छैन भन्ने विषय अनुशासन समितिले हेरेपछि त्यसमाथि थप कार्वाही सुरु हुन्छ,’ राईले भने ।

बर्खास्तगी पत्र बुझाउने पक्षले भने एन्फाले बहुमत सदस्यको प्रस्ताबमाथि खेलवाड गरेर नेतृत्व मुठभेडतिर जान खोजेको आरोप लगाएको छ । ‘पत्रको वैधानिकता निर्वाचन समितिले हेर्ने हो । यो अनुशासनको विषय नै होइन । उहाँहरुले जानाजान ढिलो गर्न खोजिरहनुभएको छ । यो भनेको उहाँहरुको मुठभेडमा जाने योजना हो,’ एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले भने ।

एन्फाले अडिटर नियुक्तिको एजेन्डामा निर्णय गर्नका लागि गएको आइतबार अनलाइन माध्यमबाट भर्चुअल विशेष साधारणसभा आह्वान गरेको थियो । बहुमत क्लबहरुले साधारणसभामा भौतिक उपस्थितीको माग राख्दै त्यसो नभए बहिस्कार गर्ने चेतावनी दिएका थिए ।

तर एन्फाले क्लबहरुको चेतावनी बेवास्था गर्दै पूर्वनिर्धारित कार्यक्रमअनुसार साधारणसभा सुरु गर्यो । साधारणसभामा गणपुरक उपस्थिती नभएपछि पहिलो पटक आइतबार साधारणसभा स्थगित भयो । सोमबार पुनः क्लबहरुको विरोधका बावजुद एन्फाको साधारणसभा आयोजना गर्ने प्रयास कमजोर उपस्थितीका कारण असफल भयो ।

त्यसपछि क्लबहरुले अध्यक्ष र महासचिवविरुद्ध बर्खास्गतीको प्रस्ताव दर्ता गराएका थिए भने एन्फाले भने थप छलफलबाट नयाँ मिति तोक्ने भन्दै बाध्य भएर साधारणसभा स्थगित गरेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो