चैत्र १६, २०८२ सोमबार | १७:२४:५७
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसविरुद्ध हुने फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोटको प्रारम्भिक चरणका लागि तयारी सुरु गरेको छ ।  

२१ खेलाडीलाई समेटेर नेपालले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको नेपाली टोलीका व्यवस्थापक उत्तम भण्डारीले जानकारी गराए । म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीमा रहेका रोहित चन्द, मनिष डाँगी र कप्तान किरणकुमार लिम्बु विदेशी लिग खेल्न गएका छन् । रोहित इन्डोनेसिया, मनिष थाइल्यान्ड र किरण भारतीय क्लबमा आबद्ध छन् । 

‘हामीले आजबाट प्रशिक्षण सुरु गरेका छौं । पहिलो दिन म्यानमारसँग खेलेको टोलीका तीन खेलाडी विदेश रहेकाले २१ खेलाडी प्रशिक्षणमा सहभागी भएका थिए,’ भण्डारीले भने ।

नेपालले लाओसविरुद्धको खेलको तयारी स्वरुप भदौ २२ र २५ गते घरेलु टोली म्यानमारसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलको थियो ।

पहिलो खेल गोलरहित बराबरीमा सकिँदा दोस्रो खेलमा नेपाल १-० ले पराजित भएको थियो । 

भण्डारीले म्यानमारसँगको खेलका लागि अन्तिम छनोटमा नपरेका केही खेलाडीलाई पनि प्रशिक्षणमा बोलाउने तयारी भइरहेको बताएका छन् । 

‘हामीले म्यामारविरुद्धको खेलका लागि बन्द प्रशिक्षणमा रहेर पनि अन्तिम छनोटमा नपरेका केही खेलाडीलाई पनि बन्द प्रशिक्षणमा बोलाउन तयारी गरिरहेका छौं,’भण्डारीले भने,‘ एक दुई दिनमा यसको टुङ्गो लाग्नेछ ।’

नेपालले विश्वकप तथा एसिया कप छनोटको प्रारम्भिक चरणमा अक्टोबर १२ र १७ मा लाओसको सामना गर्दैछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो