माघ १५, २०८२ बिहीबार | १२:०६:०६
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसविरुद्ध हुने फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोटको प्रारम्भिक चरणका लागि तयारी सुरु गरेको छ ।  

२१ खेलाडीलाई समेटेर नेपालले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको नेपाली टोलीका व्यवस्थापक उत्तम भण्डारीले जानकारी गराए । म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीमा रहेका रोहित चन्द, मनिष डाँगी र कप्तान किरणकुमार लिम्बु विदेशी लिग खेल्न गएका छन् । रोहित इन्डोनेसिया, मनिष थाइल्यान्ड र किरण भारतीय क्लबमा आबद्ध छन् । 

‘हामीले आजबाट प्रशिक्षण सुरु गरेका छौं । पहिलो दिन म्यानमारसँग खेलेको टोलीका तीन खेलाडी विदेश रहेकाले २१ खेलाडी प्रशिक्षणमा सहभागी भएका थिए,’ भण्डारीले भने ।

नेपालले लाओसविरुद्धको खेलको तयारी स्वरुप भदौ २२ र २५ गते घरेलु टोली म्यानमारसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलको थियो ।

पहिलो खेल गोलरहित बराबरीमा सकिँदा दोस्रो खेलमा नेपाल १-० ले पराजित भएको थियो । 

भण्डारीले म्यानमारसँगको खेलका लागि अन्तिम छनोटमा नपरेका केही खेलाडीलाई पनि प्रशिक्षणमा बोलाउने तयारी भइरहेको बताएका छन् । 

‘हामीले म्यामारविरुद्धको खेलका लागि बन्द प्रशिक्षणमा रहेर पनि अन्तिम छनोटमा नपरेका केही खेलाडीलाई पनि बन्द प्रशिक्षणमा बोलाउन तयारी गरिरहेका छौं,’भण्डारीले भने,‘ एक दुई दिनमा यसको टुङ्गो लाग्नेछ ।’

नेपालले विश्वकप तथा एसिया कप छनोटको प्रारम्भिक चरणमा अक्टोबर १२ र १७ मा लाओसको सामना गर्दैछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।