चैत्र १६, २०८२ सोमबार | ०७:३५:४९
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

पोर्चुगलको ९ गोल

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना नै पोर्चुगलले एकै खेलमा ९ गोल गरेको छ । युरोपियन च्याम्पियनसिप छनोट खेलमा पोर्चुगलले लक्जमबर्गलाई ९–० ले हराएको हो ।

समूह ‘जे’ मा लगातार जितपछि ६ खेलबाट पोर्चुगलले १८ अंक जोडेको छ । स्लोभाकियाको समान खेलबाट १३ अंक छ र दोस्रो स्थानमा छ । पराजित लक्जमबर्ग १० अंकसहित तेस्रो स्थानमा छ । सन् २०१६ को युरो विजेता पोर्चुगललाई सन् २०२४ को युरोमा स्थान बनाउन अब एक खेल जित आवश्यकता छ ।

घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन गोन्कालो इनासिओ, गोन्कालो रामोस, डिओगा जोटाले समान दुई गोल गरेका थिए । रिकार्डाे होर्ता, कप्तान ब्रुनो फर्नान्डेज र जोआओ फिलिक्सले समान एक गोल गरे ।

पहिलो हाफमा पाँच गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप चार गोल गरेको हो ।

रोबार्टाे मार्टिनेजको प्रशिक्षणमा पोर्चुगल अपराजित छ । गत जनवरीमा मार्टिनेजले प्रशिक्षण जिम्मेवारी पाएका थिए । कतार विश्वकपमा मोरक्कोसँग क्वार्टरफाइनलमा पराजित भएपछि फर्र्नान्डो सान्तोषले राजिनामा दिएका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो