चैत्र १६, २०८२ सोमबार | १८:११:२२
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु

कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४स्थित के गाउँमा सोमबारबाट २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।

न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा भएको प्रतियोगिताको उद्घाटन कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती चौधरीले गरिन् ।

वरपिपल युवा क्लबले चर्च युवा क्लबलाई ३-२ ले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।प्रतियोगितामा पुरुषतर्फ २५ महिलातर्फ ६ टीमको सहभागिता छ । 

पुरुषतर्फको विजेताले १ लाख रुपैयाँसहित ट्रफी र उपविजेताले न ५० रुपैयाँ सहित ट्रफी पाउने क्लबका अध्यक्ष बृक्षलाल चौधरीले जानकारी दिए ।

यस्तै महिलातर्फको विजेताले २५ हजार रुपैयाँसहित ट्रफी र उपविजेताले  १५ हजार रुपौयाँ सहित ट्रफी पाउनेछन् ।

प्रतियोगिता असोज ३ गतेसम्म हुनेछ । प्रतियोगिताको मुख्य प्रवद्र्धकमा कैलारी गाउँपालिका र सहप्रबद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ ।

न्यु युवा सुन्दर शक्ती युवा क्लबले विस. २०५७ सालदेखि अटवारी र तिजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो