फाल्गुन २०, २०८२ बुधबार | ००:३०:४६
काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार

संकटग्रस्त एन्फा नेतृत्वका तीन विकल्प

काठमाडौं । विवादै विवादको रोलोकोस्टर यात्रामा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्रशासनमा असफलताको अर्को एउटा विषय थपिएको छ ।

एन्फाले अडिटर नियुक्तिका लागि आयोजना गरेको विशेष साधारणसभा आइतबार बहुमत सदस्यले बहिस्कार गर्दा सम्पन्न हुन सकेन । संस्थाको सर्वोच्च निकाय मानिने साधारणसभा आयोजनाको प्रयास सफल भएन ।

एन्फाले अनलाइन माध्यमबाट भर्चुअल साधारणसभाका लागि सबै सदस्यहरुलाई पत्राचार गरेको थियो । तर सहिद स्मारक लिगका ४२ मध्ये ३२ क्लबले भर्चुअल साधारणसभा अवैधानिक हुने भन्दै भौतिक उपस्थितीको माग राखेका थिए । क्लबहरुले पटकपटक साधारणसभामा भौतिक उपस्थितीको व्यवस्था नगरे बहिस्कार गर्ने चेतावनी पनि दिएका थिए ।

तर एन्फा नेतृत्वले त्यसलाई सम्बोधन गरेन । सबै तयारी पूरा भइसकेको भन्दै विशेष साधारणसभा भर्चुअल माध्यमबाटै गर्ने अडानबाट एन्फा टसकोमस भएन । ठूलो संख्याका सदस्यहरुको चासोलाई बेवास्था गर्दै अगाडि बढ्नाका बावजुद गणपुरक सदस्यको उपस्थिती गराउन नसकेपछि एन्फा नेतृत्व नैतिक रुपमा निक्कै अप्ठेरो अवस्थामा पुगेको छ ।

एन्फाले विधानअनुसार भन्दै सोमबारका लागि पुनः विशेष साधारणसभा बोलाएको छ । पहिलो पटक गणपुरक संख्या उपस्थित नभए दोस्रो पटक बोलाउन सकिने र कुनै पनि निर्णय गर्न दोस्रो पटक गणपुरक संख्याको उपस्थिती आवश्यक नहुने एन्फा नेतृत्वको तर्क छ ।

विधानको व्यवस्थाले के भन्ला भन्ने विषय फरक हुन सक्छ । विधानका छिद्रहरु बनाउनेलाई थाहा हुने नै भयो । त्यस्ता छिद्रहरुबाट छिरेर आफूअनुकुल निर्णय गर्न पनि सकिएला । तर, बहुमत सदस्यले अवैधानिक भन्दै बहिस्कार गरिसकेपछि नैतिक रुपमा सोमबार हुने भनिएको साधारणसभाको वैधानिकतामाथि सधै प्रश्न उठिरहनेछ ।

यस्तो विषम परिस्थितीमा पनि आफ्ना एजेन्डा र कार्यसैलीमाथि बहुमत सदस्यले असहमति जनाएपछि हठ गरिरहन नेतृत्वलाई सुहाउँदैन । साधारणसभामा आवश्यक संख्या उपस्थिती समेत गराउन नसक्ने असफल नेतृत्वसामू विकल्प पनि साँघुरिँदै जान्छन । आइतबारको साधारणसभा स्थगित भएपछि अब नेतृत्वसँग तीनवटा विकल्प बाँकी छन् ।

प्रजातन्त्रमा बहुमतले अस्वीकार गरिसकेपछि प्राविधिक रुपमा गरिने कुनै पनि गतिविधि वा निर्णयको वैधानिकता प्रश्नको घेराभन्दा बाहिर हुन्न । प्रजातन्त्रमा बहुमत भनेको मुलधार हो । मुलधारलाई बेवास्था गरेर नेतृत्वले लिने कुनै पनि निर्णयले नेपाली फुटबललाई अगाडि बढाउन सक्दैन ।

नेपाली फुटबल अहिले प्रशासनमा मात्र होइन मैदान भित्र पनि निक्कै जर्जर अवस्थामा छ । पछिल्लो एक वर्षमा मात्र राष्ट्रिय स्तरका सयभन्दा बढि खेलाडी नेपाली फुटबलबाट विरक्तिएर विदेसिइसकेका छन् । सबै डिभिजनका लिगहरु हुन सकेका छैनन् । महिला खेलाडीहरुले घरेलु प्रतिस्पर्धामा खुट्टा नचलाएको १६ महिना भइसक्यो । उमेर समूहका प्रतियोगिता र ग्रासरुट कार्यक्रमहरु भइरहेका छैनन् । वर्षौदेखि चल्दै आएका एकेडेमीहरु बन्द भएका छन् । समग्रमा नेपाली फुटबलको ‘ब्राण्ड’ निक्कै तल झरेको छ ।

यस्तो विषम परिस्थितीमा पनि आफ्ना एजेन्डा र कार्यसैलीमाथि बहुमत सदस्यले असहमति जनाएपछि हठ गरिरहन नेतृत्वलाई सुहाउँदैन । साधारणसभामा आवश्यक संख्या उपस्थिती समेत गराउन नसक्ने असफल नेतृत्वसामू विकल्प पनि साँघुरिँदै जान्छन । आइतबारको साधारणसभा स्थगित भएपछि अब नेतृत्वसँग तीनवटा विकल्प बाँकी छन् ।

पहिलो, डिभिजन क्लबहरुको मागअनुसार विशेष साधारणसभाको प्रक्रियालाई जहाँको त्यहीँ रोकेर पुनः अडिटर नियुक्तिको विज्ञापन गरेर नयाँ प्रक्रिया सुरु गर्ने । यसो गर्दा केही दिन वा साता ढिलो हुन सक्छ, तर विरोधीको मुखमा बुझो लगाउन पनि यो कदम सहयोगी बन्नेछ । सहमति जुट्नेछ ।

दोस्रो, सोमबारका लागि फेरि साधारणसभा बोलाएर आफूअनुकुल निर्णय गरेर अघि बढ्ने । यसो गर्दा फुटबलभित्रको द्धन्द्ध थप चुलिनेछ । बहुमत सदस्यहरु विपक्षमा रहेको विषयमा यसरी जबरजस्ती अगाडि बढ्न खोज्दा अपमानजनक बर्हिगमनको ढोकामा पुग्नु पर्न सक्छ ।

तेस्रो, असफल भइसकेको अवस्थामा राजीनामा दिएर मार्ग प्रसस्त गर्नु । यसो गर्दा अहिलेसम्म आलोचनामा उठेका धारेहातहरु सहानुभूतिमा परिवर्तन हुने छन् ।

फुटबल आफैमा टिम खेल हो । बहुमत र अल्पमतको खेलले सधै फुटबल चल्दैन । चुनावका बेला बहुमत र अल्पमतले निर्णय गरे पनि बाँकी चार वर्ष सबै मिलेर अगाडि बढ्दा मात्र नेपाली फुटबलले सही बाटो समाउन सक्छ । त्यसैले तीनमध्ये नेपाली फुटबल, एन्फा नेतृत्व र विपक्षीहरु समेत सबैको हितका लागि पहिलो विकल्प उपयुक्त हुनेछ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||