चैत्र ७, २०८२ शनिबार | २१:२६:३२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

नेपालमा खेल्ने सपना पूरा भयोःविकास

काठमाडौं, (खेलाडी)-  च्यासल युथ क्लबले आसन्न शहिद स्मारक ए डिभिजनका लागि नेपाली मूलका इटालीयन फुटबल खेलाडी विकास मेरोग्लियालाई अनुबन्धन गरेको छ । 

शुक्रबार आयोजित एक कार्यक्रमका बीच च्यासलका अध्यक्ष रमेश बेञ्जनकार र विकासले एक वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर गरे ।

विकासले इटालीयन क्लब एटलान्टाको युथ टोलीबाट खेलिसकेका विकास केही दिन अघि मात्र नेपाल आएका थिए ।

'नेपालमा खेल्ने मेरो १३ वर्ष देखीको सपना पूरा भएको छ,'विकासले भने ‘१३ वर्षअघि नेपालबाट गएको थिएँ र मुटुमा नेपाललाई  लिएर गएको थिएँ । इटालीमा सधै फेरि नेपाल कसरी जान सक्छु भन्ने सोचिरहन्थेँ ।’

सन् २००८ मा ६ वर्षको छदाँ इटाली गएका विकासले नेपाल आउनुको मुख्य कारण फुटबल खेल्नु नै रहे पनि आफुसँग व्यत्तिगत कारण समेत रहेको र उचित समय आएपछि त्यसबारे खुलासा गर्ने बताए।

इटालीमा रहेर व्यवसायिक फुटबल खेलिरहेका विकासले इटालीको यु-१६ टोलीबाट खेलिसकेका छन् । साथै उनले युरोपको प्रतिष्ठित क्लब एट्लान्टाको जुनियर टोलीबाट खेलिसकेका छन् ।

उनले इटालीमा रहँदा एट्लान्टा र भेनेजियाको युवा टोलीका साथै काटोलिका र माररिल्लयासेको सिनियर टोलीबाट समेत खेलिसकेका छन् ।

विकासले नेपाली राष्ट्रिय टोलीबाट खेल्ने नखेल्नेबारे अहिले केही निर्णय गरिनसकेको बताए । 

‘राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाए भने खुशी हुनेछु । यहीँ बसेर यो गर्छु त्यो गर्छु भन्ने सोचेको छैन । अहिलेसम्म केहि निर्णय गरेको छैन’, विकासले भने, ‘ नेपालको खेल मलाई राम्रो लागेको छ । यहाँको फुटबल स्तर राम्रो छ ।'

अध्यक्ष रमेशले विकासलाई दुई सिजन अघि नै क्लबमा भित्राउने प्रयास गरेपनि प्राविधिक कारणले त्यो सम्भव नभएपनि यस सिजनका लागि विकासलाई अनुबन्धन गर्ने योजना सफल भएको बताए ।

यस सिजनको शहिद स्मारक ए डिभिजन लिग कार्तिक २९ गतेबाट सुरु हुदैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो