चैत्र १६, २०८२ सोमबार | १८:३५:५४
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

बायर्नका प्रशिक्षक नागेल्सम्यानलाई कोभिड संक्रमण


म्युनिख, (खेलाडी)- बायर्न म्युनिखका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानलाई कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

च्याम्पियन्स लिगको खेलमा बायर्नले बुधबार पोर्चुगलमा बेन्फिकामाथि ४–० को जित हासिल गर्दै च्याम्पियन्स लिगको जारी सिजनमा सतप्रतिसत नतिजा यात्रालाई कायम राख्दा ज्वरो आएका कारण नागेल्सम्यान अनुपस्थित थिए ।

जर्मन महारथी बायर्नले जारी सिजनको च्याम्पियन्स लिगअन्तर्गत भएका तीन खेलमा सबै जित हासिल गर्ने क्रममा १२ गोल गरिसकेको छ । यसक्रममा टोलीले एउटै गोल खाएको छैन । बायर्न समूह ‘इ’को शीर्ष स्थानमा छ ।

क्लबले बिहीबार साँझ ३४ वर्षे प्रशिक्षक खोप लगाइसक्नाका बावजुद संक्रमित भएको पुष्टि गर्दै उनी आफ्नै घरमा आइसोलेसनमा बसेको जनाएको छ । कोभिड १९ संक्रमणका कारण नागेल्सम्यानले घरेलु लिगअन्तर्गत शनिबार होफेनहेइमविरुद्ध हुने घरेलु खेल गुमाउने भएका छन् । 

जर्मन बुन्डेसलिगाको नयाँ सिजनका आठ खेलमा ६ जित हासिल गरेको टोलीले एकमा बराबरी तथा एकमा पराजित भएको छ । लगातार १०औं पटक घरेलु लिगको उपाधि जित्ने अभियानमा रहेको टोली बोरुसिया डर्टमन्डलाई एक अंकले पछि पार्दै बुन्डेसलिगा अंकतालिकाको शीर्ष स्थानमा छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो