चैत्र १३, २०८२ शुक्रबार | ११:४३:२८
बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा

फाइल फोटो

काठमाडौं । म्यानमारसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपालले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारी स्वरुप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

 मैत्रीपूर्ण खेल म्यानमारको याङ्गुनमा सेप्टेम्बर ८ र ११ मा हुनेछ । यो मैत्रीपूर्ण खेल फिफा विन्डो अन्तर्गत खेल्न लागिएको हो।

नेपालले विश्वकप तथा एसिया कप छनोटको प्रारम्भिक चरणमा अक्टोबर १२ र १७ मा लाओसको सामना गदैछ ।

प्रारम्भिक टोलीबाट अनिष देउला, विमल पाण्डे, देवेन्द्र तामाङ, सिमान्त थापा, अन्जल महर्जन, विवेक पौडेल,सन्तोष खत्री, कुशल फुयाल, विशाल तामाङ र विमल घर्ती मगर बाहिरिएका छन् ।

छिरिङ लामा, आशिष गुरुङ,अन्जन राई, उत्सव राई, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की र हिसुब थपलियाले पहिलो पटक टोलीमा स्थान बनाएका छन् । यसअघि टोलीमा परेको भए पनि अभिषेक बराल र कृतिशरत्न छुन्जुले डेब्यु गर्न भने बाँकी छ ।

नेपालको टोली

गोलरकिपरः किरणकुमार लिम्बु, अभिषेक बराल, दिप कार्की

रक्षकः सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा, अन्जन राई,

मिडफिल्डरः एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, कृतिशरत्न छुन्जु, उत्सव राई,

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो