चैत्र ७, २०८२ शनिबार | ०४:५६:०३
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

अस्ट्रेलियाली फुटबल संरचनाभित्र नेपाली खेलाडी कहाँ ?


मेलबर्नबाट खेलपत्रकार प्रविणविक्रम कटवाल लेख्छन्–

पछिल्लो समय नेपाली फुटबलवृत्तमा भइरहेको सबैभन्दा ठूलो चिन्ता नै खेलाडी पलायन हो । नहोस् पनि किन ? राष्ट्रिय स्तरमै खेलिसकेका ५०-६० खेलाडी त अस्ट्रेलियामात्र आइपुगिसकेका पुगेका छन् । खाडी र अन्य मुलुक जाने खेलाडीको त हिसाबकिताब नै छैन ।

सञ्चारमाध्यममा खबर आइरहन्छन्, फलाना खेलाडी विदेश लागे । त्यसपछि सामाजिक सञ्जालमा अपडेट भइहाल्छ उनले त अस्ट्रेलियाको फलानो क्लबबाट खेल्ने । झट्ट सुन्दा लाग्छ, ती खेलाडी फुटबल खेल्नै अस्ट्रेलिया गएका हुन् ।

एसियाली च्याम्पियन्स लिगको समूह चरणमा जम्मा एक अस्ट्रेलियाली क्लबको प्रवेश । जबकि कतारका चार क्लबले समूह चरणमा ठाउँ पाउँछन् । स्तर जे जस्तो भए पनि नेपालका खेलाडीले तत्काल ‘ए लिग’ खेल्न पाउने अवस्था छैन । अरू त अरू भारतीय खेलाडीसमेत ‘ए लिग’का क्लबहरूको रोजाइमा परेका छैनन् ।

यस्तोमा केही प्रश्न जरुर उठ्छन् ? के नेपाली खेलाडी साँच्चै फुटबल खेल्न अस्टे«लिया आइरहेका हुन् ? हो भने कुन स्तरको ? तिनलाई अनुबन्ध गर्ने नेपाली क्लबहरूको स्तर के ? कुन लिग खेल्छन् ? आदि, इत्यादि ।

यहाँ तिनै प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरिनेछ । सुरुमा त चर्चा अस्ट्रेलियाली फुटबलकै । खासमा अस्ट्रेलियाली फुटबल कति बलियो छ ? यो प्रश्नको जवाफ मूलतः दुई तथ्यांकले दिन्छ । फिफा विश्व वरीयतामा अस्ट्रेलियाको स्थान हो ३८ औं । एसियाभरको वरीयताको मात्र कुरा गरे, शीर्ष पाँचभित्र अस्ट्रेलिया पर्छ ।

अर्को तथ्यांक, अस्ट्रेलियाली लिगबारे । यहाँको शीर्ष लिग हो ‘ए लिग’ । जसको च्याम्पियनले एसियाली च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश पाउँछ । लिग वरीयताको कुरा गर्ने हो भने अस्ट्रेलियाली लिग मुस्किलले एसियाको शीर्ष १० भित्र अट्छ । यसो भनिनुको मुख्य कारण हो, एसियाली च्याम्पियन्स लिगको समूह चरणमा जम्मा एक अस्ट्रेलियाली क्लबको प्रवेश । जबकि कतारका चार क्लबले समूह चरणमा ठाउँ पाउँछन् ।

सन् २००५ बाट भने ‘ए लिग’ सुरु भयो । त्यसको आठ वर्षपछि सुरु भएको नेसनल प्रिमियर लिग (एनपिएल) दोस्रो श्रेणीको लिग हो । एनपीएल अस्ट्रेलियाका प्रत्येक राज्यमा खेलाइन्छ । भलै, यसका विजेता ‘ए लिग’मा बढुवा हुँदैनन् । किनभने ‘ए लिग’मा रेलिगेसन व्यवस्था छैन ।

स्तर जे जस्तो भए पनि नेपालका खेलाडीले तत्काल ‘ए लिग’ खेल्न पाउने अवस्था छैन । अरू त अरू भारतीय खेलाडीसमेत ‘ए लिग’का क्लबहरूको रोजाइमा परेका छैनन् ।

अब कुरा अस्ट्रेलियाको घरेलु फुटबल लिग संरचनाको । सन् १९७७ देखि २००४ सम्म नेसनल सकर लिग (एनएसएल) अस्ट्रेलियाको शीर्ष लिगको हैसियतमा थियो । त्यसबाहेक प्रत्येक राज्यमा राज्यस्तरका लिग छँदै थिए । ती अहिले पनि अस्तित्वमा छन् ।

सन् २००५ बाट भने ‘ए लिग’ सुरु भयो । त्यसको आठ वर्षपछि सुरु भएको नेसनल प्रिमियर लिग (एनपिएल) दोस्रो श्रेणीको लिग हो । एनपीएल अस्ट्रेलियाका प्रत्येक राज्यमा खेलाइन्छ । भलै, यसका विजेता ‘ए लिग’मा बढुवा हुँदैनन् । किनभने ‘ए लिग’मा रेलिगेसन व्यवस्था छैन ।

‘ए लिग’मा कुल १२ क्लबले प्रतिस्पर्धा गर्छन् । १२ मध्ये एक क्लब न्युजिल्यान्डको हो । प्रत्येक वर्षको अक्टोबरमा सुरु भई मे महिनामा सकिने ‘ए लिग’को संरचना अन्य लिगभन्दा फरक छ । सुरुमा लिग चरण अनि प्लेअफ । २६ चरणमा सर्वाधिक अंक बटुल्ने क्लबलाई प्रिमियर मानिन्छ । शीर्ष ६ मा रहेका क्लबहरूबीच फेरि प्लेअफ खेलाइन्छ र विजेतालाई च्याम्पियन घोषित गरिन्छ ।

शीर्ष श्रेणीको ‘ए लिग’भन्दा तलका लिग राज्यस्तरका हुन् । र, ती सबै अर्धव्यावसायिक मात्र हुन् । जबकि युरोपका धेरै देशमा तेस्रो वा चौथो श्रेणीसम्मकै लिगहरू व्यावसायिक हुन्छन् । उदाहरणका लागि बेलायती फुटबल । जहाँ चौथो श्रेणीको ‘लिग टु’ पनि विश्वका धेरै लिगभन्दा व्यावसायिक र प्रतिस्पर्धात्मक छ ।

अस्ट्रेलियाली फुटबलको बिर्सनै नहुने अर्को पक्ष पनि छ । त्यो हो, शीर्ष श्रेणीको ‘ए लिग’भन्दा तलका लिग राज्यस्तरका हुन् । र, ती सबै अर्धव्यावसायिक मात्र हुन् । जबकि युरोपका धेरै देशमा तेस्रो वा चौथो श्रेणीसम्मकै लिगहरू व्यावसायिक हुन्छन् । उदाहरणका लागि बेलायती फुटबल । जहाँ चौथो श्रेणीको ‘लिग टु’ पनि विश्वका धेरै लिगभन्दा व्यावसायिक र प्रतिस्पर्धात्मक छ ।

अस्ट्रेलियाली घरेलु फुटबल संरचनामा नेसनल प्रिमियर लिग (एनपिएल)लाई राज्यस्तरको शीर्ष लिग मानिन्छ । अस्टे«लियाका ६ राज्य र तीन स्वायत्त क्षेत्र सबैमा एनपीएल सञ्चालन हुन्छन् । यी नौ राज्य र क्षेत्रमा एनपिएलको श्रेणी संख्या भने समान छैन । भिक्टोरिया राज्यमा एनपिएलको तीन श्रेणी छ भने पश्चिम अस्ट्रेलिया राज्यमा एनपिएलको श्रेणी जम्मा एउटा मात्र छ ।

त्यसैगरी हरेक राज्यमा एनपिएलभन्दा तल रहेको लिग भनेको स्टेट लिग हो । क्विन्सल्यान्ड राज्य र उत्तरी अस्टे«लिया क्षेत्रमा भने स्टेट लिगलाई प्रिमियर लिगको नाम दिइएको छ । जेहोस्, तेस्रो श्रेणीको यो लिग हरेक राज्यमा छ । र, यसका पनि फरक फरक श्रेणी छन् । भिक्टोरियामा स्टेट लिगकै पाँच श्रेणी छन् भने दक्षिण अस्ट्रेलियामा स्टेट लिगको दुई श्रेणी छन् ।

नेपालबाट अस्ट्रेलिया गएका नेपाली खेलाडीमध्ये हालसम्म एनपिएल खेल्ने जगजित श्रेष्ठमात्र हुन् । उनले सन् २०१७ मा भिक्टोरिया राज्यको नुनवाडिङ सिटी फुटबल क्लबबाट एनपिएल वान खेलेका थिए । हाल उनी दक्षिण अस्ट्रेलिया राज्यको स्टेट लिग वान खेल्छन् । दक्षिण अस्ट्रेलियामा एनपिएलको जम्मा एउटामात्र श्रेणी छ भने त्यसभन्दा तल स्टेट लिगका दुई श्रेणी छन् ।

यहाँ बिर्सन नहुने तथ्य के छ भने अस्ट्रेलियामा रहेका कुनै पनि नेपाली क्लब एनपिएल-प्रिमियर लिग वा स्टेट लिगमा छैनन् । उनीहरूले खेल्ने भनेको सामुदायिक लिग नै हो । नेपाली क्लबहरुमध्ये मेलबर्नको यति फुटबल क्लब मात्र यस्तो क्लब हो जोसँग स्टेट लिग खेलेको अनुभव छ ।

नेपाली राष्ट्रिय टिम र ‘ए’ डिभिजन लिगका क्लबहरूबाट खेलेर अस्ट्रेलिया भासिएका खेलाडीहरू हाल खेल्ने भनेको बढीमा स्टेट लिगमै हो । अस्ट्रेलियाको आधिकारिक घरेलु संरचनामा सबैभन्दा तल । राष्ट्रिय टिमबाट बारम्बार खेलेका सुमन लामा, आशिष लामा, तेज तामाङ, दिनेश राजवंशी, सुनिल बल, सन्तोष तामाङ, दर्शन गुरुङ जस्ता खेलाडी हाल स्टेट लिग थ्रीका क्लबहरूसँग आबद्ध छन् । यी उल्लेखित खेलाडीहरूलाई भिक्टोरिया राज्यको मेलबर्न र न्यु साउथ वेल्स राज्यको सिड्नीका क्लबहरूले अनुबन्ध गरेका हुन् ।

यहाँ बिर्सन नहुने तथ्य के छ भने अस्ट्रेलियामा रहेका कुनै पनि नेपाली क्लब एनपिएल-प्रिमियर लिग वा स्टेट लिगमा छैनन् । उनीहरूले खेल्ने भनेको सामुदायिक लिग नै हो । नेपाली क्लबहरुमध्ये मेलबर्नको यति फुटबल क्लब मात्र यस्तो क्लब हो जोसँग स्टेट लिग खेलेको अनुभव छ । सन् २०१५ मा भिक्टोरियाको स्टेट लिग फाइभ खेलेको यति त्यहाँ टिकिरहन भने सकेन ।

कयौं नेपाली खेलाडीहरू स्टेट लिग खेलिरहे पनि सामुदायिक लिगमा मात्र सीमित हुने खेलाडीहरूको संख्या धेरै छ । स्टेट लिग खेल्ने नेपाली खेलाडीहरू पनि समय मिलाएर सामुदायिक लिग खेल्ने गर्छन् । प्रत्येक साताको आइतबार हुने सामुदायिक लिगमा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरू भिडिरहेका हुन्छन् ।

स्तर जे जस्तो भए पनि अस्ट्रेलियाका हरेक लिग निश्चित समयमा सुरु हुने र अन्त्य हुने गर्छन्। अस्ट्रेलियाली फुटबल संघले बनाइदिएको क्यालेन्डरअनुसार चल्न सामुदायिक लिगसमेत बाध्य हुन्छन् । 

याे पनि

नेपाली खेलाडीलाई माथिल्लो स्तरमा पुर्याउने यति एफसीको चाहना

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो