यति एफसी

नेपाली खेलाडीलाई माथिल्लो स्तरमा पुर्याउने यति एफसीको चाहना

मेलबर्न । सन् १९९० दशकको अन्त्यतिर कर्ण राना अस्ट्रेलिया आइपुगे । उद्देश्य उही, पढाइ । मेलबर्न बसे । त्यसबेला यो अस्ट्रेलियाली सहरमा नेपालीको संख्या धेरै थिएन । केही सय मात्र । हुन त पूरा देशभरमै नेपालीको संख्या कति थियो र ? केही हजार त हो ।

कर्ण फुटबल खेल्न मन गर्थे । मेलबर्नमा आफूजस्तै भेटे । ती थिए सोमालियाली । जो आफ्नो थातथलो अफ्रिका छाडेर शरणार्थी बनेर अस्ट्रेलिया आइपुगेका थिए । उनीहरूंको टिमबाट खेल्दै फुटबल प्यास मेट्दै थिए कर्ण ।

सोमलियाली टिम भिक सकर लिग खेल्थ्यो । यो यस्तो लिग थियो, जहाँ आप्रवासी टिमहरू पनि सहभागी हुन्थे । इन्डोनेसियाली, कोरियाली, थाई आदि । सन् २००० को सुरुआतमा यो लिग खेल्दै गर्दा कर्णमा नवीन विचार पलायो, नेपाली टिम नै किन नबनाउने ?

यति एफसी जन्मिनुमा फगत कर्णको मात्र हात थिएन । बरू त्यसबेला मेलबर्न नै पुगेका सोनाम घले, सन्तोष घले, बम गुरुङ, तेन्जिङ घले, नीरज तामाङ, हरि गुरुङ, कालु गुरुङ, भरत राना, नीराजन गुरुङ, सुदीप मास्केलगायतले कर्णलाई साथ दिएका थिए ।

यही विचारले २००१ मा यति एफसी जन्मायो । यति एफसी जन्मिनुमा फगत कर्णको मात्र हात थिएन । बरू त्यसबेला मेलबर्न नै पुगेका सोनाम घले, सन्तोष घले, बम गुरुङ, तेन्जिङ घले, नीरज तामाङ, हरि गुरुङ, कालु गुरुङ, भरत राना, नीराजन गुरुङ, सुदीप मास्केलगायतले कर्णलाई साथ दिएका थिए ।

सोनाम अहिले पनि फुटबलमा सक्रिय छन् । तर, नेपालमै । नेपालमा फर्केपछि मनाङ मर्स्याङदी क्लबमा केही समय सक्रिय सोनाम अहिले नेपाल सुपर लिग क्लब विराटनगर सिटी एफसीको निर्देशक हुन् । उनी एन्फाका पूर्वमानार्थ अध्यक्ष टासी घलेका छोरा हुन् । सन्तोषका पिता भने अर्बपति शेष घले हुन् । रोचक त के छ भने, यतिको लोगो उनै सन्तोषले बनाएका हुन् ।

पूर्वबेलायती लाहुरे बम गुरुङचाहिँ मेलबर्नमै काठमाडौं ब्याङ्क्वेट चलाएर बसेका छन् । यहाँ भनिहालौं, नेपाली सञ्चारमाध्यममा यतिले फलानो खेलाडीलाई अनुबन्ध गर्यो भनेर आएका खबरमा देखिने तस्बिर खिचिने यही काठमाडौं ब्याङ्क्वेटमा हो ।  

कर्णको समूहले यति एफसी स्थापना गर्दैगर्दा अस्ट्रेलियाकै अर्को सहर सिड्नीमा भने पहिलेबाटै आठ नेपाली क्लब स्थापित भइसकेका थिए । ती क्लबबीचको च्याम्पियनसँग मैत्रीपूर्ण खेल खेल्न यति सिड्नी पुग्यो । यो सुरुआती दिनको कुरा हो ।

यति एफसी हाल सामुदायिक फुटबलमा सीमित छ । जसलाई अन्तर्राष्ट्रिय फुटबलको भाषामा ‘सन्डे फुटबल’ भनिन्छ । तर कुनै समय यस्तो पनि थियो, जतिबेला यति अस्ट्रेलियाली व्यावसायिक लिग नै खेल्थ्यो ।

यति स्थापना गर्नुको सुरुआती उद्देश्य फुटबल खेल्नु नै थियो । सँगै अर्को महत्त्वपूर्ण उद्देश्य, त्यसबेला सानो संख्यामा रहेका नेपालीबीच नेटवर्क स्थापित गर्नु पनि थियो ।

‘मलाई लाग्छ मेलबर्नमा हामी नेपाली तीन सयभन्दा धेरै थिएनौं । मोबाइल, इन्टरनेटको जमाना थिएन । भेटघाटको माध्यम नै फुटबल बन्यो । सुरुमा त हामी फुटबल रमाइलोका लागि खेल्थ्यौं । पछि पछि हामी यसमा गम्भीर बन्यौं । गम्भीरताकै कारण यति बलियो मञ्च बन्दै गयो,’ यतिका व्यवस्थापक कर्ण पुराना दिन सम्झन्छन् ।

यति एफसी हाल सामुदायिक फुटबलमा सीमित छ । जसलाई अन्तर्राष्ट्रिय फुटबलको भाषामा ‘सन्डे फुटबल’ भनिन्छ । तर कुनै समय यस्तो पनि थियो, जतिबेला यति अस्ट्रेलियाली व्यावसायिक लिग नै खेल्थ्यो । यतिले सन् २०१५ मा खेलेको ‘स्टेट फाइभ लिग’ अस्ट्रेलियाली घरेलु फुटबल संरचनाको पहिलो खुड्किलो हो । जहाँ टिक्न सजिलो छैन । यति पनि टिकेन ।

‘अहिले नेपालबाट जुन स्तरका खेलाडी यहाँ आइपुगेका छन्, यस्ता खेलाडी त्यसबेला हाम्रो साथमा भएको भए हामी टिक्ने मात्र होइन, त्यहाँभन्दा माथिको लिगमा बढुवा पनि हुनसक्थ्यौं,’ यतिका महासचिव सज्जन शर्मा भन्छन् । अहिले क्लबका अध्यक्ष भने राज शर्मा हुन् ।

यतिको प्यास सामुदायिक फुटबलले मेटाउन सकेको छैन, फेरि एकपटक टोली अस्ट्रेलियाली लिग संरचनामा छिर्न चाहन्छ । तर यो लक्ष्य सजिलो छैन । किनभने क्लब सञ्चालन गर्न अस्ट्रेलियाली फुटबल संघको कडा नियम मान्नुपर्छ । उदाहरणका लागि, स्टेट फाइभ खेल्ने जुनसुकै क्लबसँग दुई सेट टिम हुनुपर्छ, पहिलो रोजाइ र रिजर्भ टिम । अनि महिला, उमेर समूह, निश्चित सदस्यता संख्या र आर्थिक स्रोतको ग्यारेन्टी पनि आवश्यक पर्छ ।

लिगमा टिक्न यतिलाई राम्रा खेलाडी आवश्यक पर्छ नै । त्यसो भएपछि नेपाली खेलाडीले मौका पाउने नै भए । नेपाली राष्ट्रिय टिम र लिगको अनुभव भएका ५०-६० खेलाडी अस्ट्रेलियामा छँदै छन् । भविष्यमा यो संख्या बढ्छ भन्ने अनुमान गर्न गाह्रो छैन ।

यी सबै मापदण्ड ५ वर्षभित्र पूरा गर्ने योजना छ यतिको । योजना पूरा गर्न साँच्चै गम्भीर यतिलाई अब निकै खेलाडी चाहिन्छ । भविष्यका लागि चाहिने खेलाडी उत्पादन गर्न यतिले मेलबर्नमा ग्रासरुट कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

‘सुरुमा त फरक फरक उमेर समूहका टिम निर्माण गर्नुपर्यो । यसका लागि यहाँका नेपाली बच्चाहरूलाई फुटबल सिकाउने उत्तम विकल्प हामीसँग छ,’ तनहुँ भिमादबाट मेलबर्न सरेका कर्ण भन्छन्, ‘त्यसपछि महिला टिम बनाउनु छ । यस्ता सर्त पूरा गरेपछि हामी यहाँको सिटी काउन्सिलसँग आफ्नै मैदानका लागि लबिङ गर्न सक्छौं ।’

लिगमा टिक्न यतिलाई राम्रा खेलाडी आवश्यक पर्छ नै । त्यसो भएपछि नेपाली खेलाडीले मौका पाउने नै भए । नेपाली राष्ट्रिय टिम र लिगको अनुभव भएका ५०-६० खेलाडी अस्ट्रेलियामा छँदै छन् । भविष्यमा यो संख्या बढ्छ भन्ने अनुमान गर्न गाह्रो छैन ।

यस्तोमा कर्णको विचार प्रस्ट छ, ‘अस्ट्रेलियाली फुटबलमा नेपाली खेलाडीलाई अवसर दिन यति टिम तयार छ ।’ उनका अनुसार नेपाली खेलाडीले यतिबाट खेल्न त सक्छन् नै, यतिकै सहयोगमा अस्ट्रेलियाका माथिल्ला लिग र क्लबबाट पनि खेल्न सक्छन् ।

‘हाम्रो चाहना नेपाली खेलाडीका लागि स्प्रिङबोर्ड बन्ने हो । हामीले प्रदान गरेको मञ्चमा आफ्नो कौशल देखाएर उनीहरू अझ माथि पुग्न सकुन् भन्ने चाहना हो । सामुदायिक प्रतियोगिता मात्र खेलेर बस्नुपर्छ भन्ने होइन,’ कर्णको भनाइ छ ।

अहिले पनि नेपाली खेलाडीहरू स्टेट लिगको दोस्रो तथा तेस्रो श्रेणी खेलिरहेका छन् । मेलबर्नमा स्टेट लिगका पाँच श्रेणी छन् । तीमाथि एनपीएल लिगका तीन श्रेणी छन् । 

‘यी खेलाडीहरू नेपाली फुटबल र राष्ट्रिय टिमसँग कसरी जोडिन चाहन्छन् वा चाहँदैनन्, त्यो उनीहरूको कुरा भयो । नेपाली फुटबल प्रशासनले कस्तो प्रयास गर्छ, योजना बनाउँछ, धेरै कुरा त्यसले पनि निर्धारण गर्ला । तर हामीचाहिँ खेलाडीहरूलाई यहाँको फुटबलमा स्थापित हुन हरेक सहयोग गर्न तयार छौं,’ कर्ण थप्छन् ।

अहिले पनि नेपाली खेलाडीहरू स्टेट लिगको दोस्रो तथा तेस्रो श्रेणी खेलिरहेका छन् । मेलबर्नमा स्टेट लिगका पाँच श्रेणी छन् । तीमाथि एनपीएल लिगका तीन श्रेणी छन् । यी तीन श्रेणीमाथि शीर्ष श्रेणीको ‘ए’ लिग छ । यसको मतलब मेलबर्नमा कोही एक खेलाडीले स्टेट फाइभबाट आफ्नो करियर सुरु गरे ‘ए’ लिगमा पुग्न कुल आठ श्रेणी पार गर्नुपर्छ ।

भिक्टोरिया फुटबल (मेलबर्न सहर रहेको अस्ट्रेलियाली राज्य) मा ‘ए’ लिग तल आठ श्रेणी रहे पनि अन्य राज्यमा कम श्रेणी छन् । जस्तै, क्विन्सल्यान्ड राज्यमा जम्मा तीन श्रेणीमात्र छ । ‘ए’ लिगमा बढुवा घटुवाको व्यवस्था नभएकाले राज्यस्तरका क्लब स्थानीय संरचनामै तलमाथि हुने हुन् ।

यति चाहिँ हाल सन्डे लिगमै व्यस्त छ । यतिले खेल्ने मुख्य प्रतियोगिता भनेको एमसिएसए लिग (मेलबर्न चाइनिज सकर एसोसिएसन) हो । तर यही लिग खेल्न पनि सजिलो छैन । अस्ट्रेलियाली फुटबल संघले बनाएको फुटबल क्यालेन्डरअनुसार चल्ने यो सामुदायिक लिग अप्रिलबाट सेप्टेम्बरसम्म चल्छ । यहाँ पनि घटुवा र बढुवाको संरचना छ । प्रत्येक खेलाडीको दर्ता शुल्क दुई सय अस्ट्रेलियाली डलर बुझाउनुपर्छ ।

अस्ट्रेलियाली फुटबलको एउटा गजबको पक्ष छ, खेलाडी दर्ता नम्बर । जुनसुकै श्रेणीको लिगमा दर्ता भए पनि उनीहरूको नम्बर सधैंका लागि उही हुन्छ । अर्को राम्रो पक्ष, हरेक तहको फुटबलमा स्काउट उपस्थित हुन्छन् । यसो भएपछि स्तरीय खेल देखाउने खेलाडीका लागि माथिल्ला लिगहरूको ढोका सधैं खुला रहन्छ ।

यसको मतलब प्रत्येक आइतबार यतिबाट सन्डे लिग र सप्तहान्तमा स्टेट थ्री लिग खेल्ने सन्तोष तामाङ, सुनिल बललगायतका खेलाडी एनपिएलसम्म पुग्ने सम्भावना जीवित छ । गत वर्षमात्र एलन न्यौपाने, आशिष लामा र सुमन लामाले त स्टेट टु नै खेलेका थिए । नेपाली खेलाडीहरूमध्ये सर्वाधिक तलब लिएर खेल्ने उनीहरू नै हुन् । उनीहरूले महिनाको तीन हजार डलर पाएको बताइन्छ ।

आएर एएफसीअन्तगर्तको रेफ्री लेभल टु कोर्ससमेत गरिसकेका सज्जन यति टिमको सम्पूर्ण गतिविधि सम्हाल्छन् । यतिको प्रशिक्षक भने साजन श्रेष्ठ हुन् । मनाङ मस्र्याङ्दी क्लब, आरसिटी, सरस्वती क्लबबाट ‘ए’ डिभिजन खेलेका साजनको जिम्मामा यतिका ३५ खेलाडी छन् ।

‘भिक्टोरियामा सबैभन्दा माथिको लिग एनपीएल वान नै हो । त्यसपछि एनपीएल टु र थ्री छन् अनि स्टेट लिग । नेपाली खेलाडीको स्तर एनपीएलका लागि पुग्दो छ । तर मिहिनेतचाहिँ गर्नुपर्छ,’ नेपालमा कुनै समय सहायक रेफ्री रहेका सज्जन भन्छन् ।

सन् २०१५ मा मेलबर्न झरेका सज्जन अस्ट्रेलियामा रहेको नेपाली फुटबल समुदायमा लोकप्रिय छन् । यहाँ आएर एएफसीअन्तगर्तको रेफ्री लेभल टु कोर्ससमेत गरिसकेका सज्जन यति टिमको सम्पूर्ण गतिविधि सम्हाल्छन् । यतिको प्रशिक्षक भने साजन श्रेष्ठ हुन् । मनाङ मस्र्याङ्दी क्लब, आरसिटी, सरस्वती क्लबबाट ‘ए’ डिभिजन खेलेका साजनको जिम्मामा यतिका ३५ खेलाडी छन् ।

यो सूचीमा एलन, सुमन, आशिष, सुनिल, सन्तोषमात्र होइनन् तेज तामाङ, दिनेश राजवंशी, दर्शन गुरुङ पनि छन् । लामो समय थ्रीस्टार क्लबबाट ‘ए’ डिभिजन लिगमा जमेका अनिल ओझा पनि यही क्लबबाट निरन्तर खेलिरहेका छन् ।

*सन्तोष तामाङ, सुनिल बल र दर्शन गुरुङ युनाइटेड एफसीसँग आबद्ध छन् । यस सामग्रीमा अन्यथा भएकाले सच्याइएको छ । यसले पाठकवर्गमा भएको असुविधाप्रति खेलाडी डटकम क्षमाप्रार्थी छ। सम्पादक