इङ्लिस प्रिमियर लिग

फाती अनुबन्ध नजिक ब्राइटन

काठमाडाैं । इङ्लिस प्रिमियर लिगको क्लब ब्राइटन स्पेनिस फरवार्ड अन्सु फाती अनुबन्ध नजिक पुगेको छ। ब्राइटनले स्पेनिस क्लब बार्सिलोनाबाट फातीलाई लाेनमा भित्र्याउन लागेकाे हाे । 

विभिन्न सञ्चार माध्यममा आएका खबरअनुसार तीनै पक्षबीच सहमती बनिसकेकाे छ ।मोइसेस काइसेडोले क्लब छाडेपछि ब्राइटन नयाँ फरवार्ड भित्र्याउने प्रयासमा थियाे । काइसेडो चेल्सी पुगेका थिए ।

फाती सन् २०१२ मा सेभियाको युवा टोलीबाट बार्सिलोनाको एकेडेमीका भित्रिएका थिए । सन् २०१९ मा बार्सिलोनाको सिनियर टोलीका लागि डेब्यू गरेका फातीले ८० स्पेनिस ला लिगा खेल खेल्दा २२ गोल गरेका छन् ।

फाती अनुबन्धका लागि प्रिमियर लिगकै टोटनहम, चेल्सी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि इच्छा देखाएका थिए ।