इङ्लिस प्रिमियर लिग

सिटीको प्रस्ताव अस्विकार

काठमाडौं । इङ्लिस प्रिमियर लिगको प्रतिद्धन्द्धी म्यानचेस्टर सिटले पोर्चुगिज मिडफिल्डर म्याथ्युज नुनेस अनुबन्धका लागि राखेको प्रस्तावलाई उल्भरह्यामटने अस्विकार गरेको छ ।

बिबीसीका अनुसार उल्भरह्यामटने ४७ मिलियन पाउन्डको प्रस्तावलाई अस्विकार गरेको हो । आफ्नो प्रमुख खेलाडी केभिन डि ब्रुयना चोटका कारण कम्तीमा पनि चार महिना मैदान बाहिर रहने भएपछि सिटी मिडफिल्डरको खोजीमा छ ।

सन् २०२२ मा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट उल्भरह्यामटन भित्रिएका नुनेसले ३५ प्रिमियर लिग खेलमा एक गोल गरेका छन् ।