इङ्लिस प्रिमियर लिग

एस्टन भिल्लाको फराकिलो जित

काठमाडौं । एस्टन भिल्लाले इङ्लिस प्रिमियर लिगमा एभर्टनमाथि ४-० को फराकिलोजित निकालेको छ ।

जितसँगै भिल्लाले दुई खेलमा तीन अंक जोडेको छ । दुवै खेलमा पराजय ब्यहोरेको एभर्टन अंकविहिन छ।

घरेलु मैदान भिल्ला पार्कमा आइतबार सम्पन्न खेलमा भिल्लालाई जित दिलाउन जोन म्याकगिन डोउग्लास लुइज, लियोन बेली र जोन डुरानले समान एकब गोल गरे ।

खेलको१८औं मिनेटमा म्याकगिनको गोलमार्फत भिल्लाले अग्रता लिएको थियो । २४औं मिनेटमा लुइजले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् ।

५१औं बेलीले टोलीका लागि तेस्रो गोल गरे । ७५औं मिनेटमा डुरानले गोल गरेपछि भिल्लाले ४-० को जित निकालेको हो ।