चैत्र ६, २०८२ शुक्रबार | १४:३२:३६
स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै

पिएसजीको नजरमा लेवान्डोवस्की र हलान्ड

पेरिस, (खेलाडी)- पेरिस सेन्ट जर्मन (पिएसजी)ले अर्को समरमा किलियन एम्बाप्पेको विकल्पमा रोबर्ट लेवान्डोवस्की वा इर्लिङ हल्यान्डलाई भित्र्याउन प्रयास गर्ने फ्रान्सेली सञ्चार माध्यमहरुले जनाएका छन् ।

पिएसजीले जारी सिजनको अन्त्यमा सम्झौता सकिएसँगै एमबाप्पेलाई रियाल मड्रिड सरुवाको ढोका खोल्ने योजना बनाएको बताइएको छ । एमबाप्पे नरहेपछि उनको ठाउँमा जर्मन बुन्डेसलिगामा सनसनीपूर्ण प्रदर्शन गरिरहेका दुईमध्ये एकलाई भित्र्याउनका लागि क्लबले गृहकार्य पनि थालिसकेको समाचारहरुमा उल्लेख छ । 

ला १० स्पोर्टसले दाबी गरेअनुसार पिएसजीका खेलकुद निर्देशक लियोनार्दोको प्राथमिकतामा बोरुसिया डर्टमन्डका २१ वर्षे स्ट्राइकर हलान्ड अगाडि छन् । सिजनको अन्त्यमा हलान्ड ६ करोड ८० लाख युरोमा उपलब्ध हुने क्लबले विश्वास लिएको छ । 

तर हलान्डलाई भित्र्याउन नसके क्लबले बायर्न म्युनिखका ३३ वर्षे फरवार्ड लेवान्डोवस्कीलाई प्रयास गर्नेछ । लेवान्डोवस्कीले बायर्न छोड्न चाहेको चर्चा चले पनि उनी २०२३ सम्म जर्मन च्याम्पियनसँगको सम्झौतामा बाधिएका छन् ।

आ-आफ्नो क्लब र देशका लागि उनीहरुले गरेको गोलको तथ्यांक हेर्दा पनि लेवान्डोवस्की र हलान्ड वर्तमान विश्व फुटबलका सबभन्दा प्रभावकारी स्ट्राइकर हुन् । 

लेवान्डोवस्कीले बायर्नका लागि तीन सय ४० खेलमा तीन सय नौं गोल गरेका छन् । हलान्डले भने डर्टमन्डका लागि ६८ खेलमा ७० गोल गरिसकेका छन् । 

पिएसजीले यी दुवै खेलाडीका लागि अन्य क्लबहरुसँग तिब्र प्रतिस्पर्धा गर्नुपर्नेछ । 

लेवान्डोवस्की केही समयअघि म्यानचेस्टर सिटी सरुवाको चर्चामा तानिएका थिए । त्यसो भएमा इत्तिहादमा उनको बायर्नका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलासँग पुर्नमिलन हुनेछ । 

हलान्डका लागि सिटी र म्यानचेस्टर युनाइटेडसँगै बार्सिलोना र रियाल मड्रिडलगायत युरोपका सबैजसो शीर्ष क्लबले आँखा लगाइरहेका छन् । 

लेवान्डोवस्की र हलान्ड दुवैलाई भित्र्याउने प्रयास सही ट्रयाकमा अघि नबढे पिएसजीले फियोरेन्टिनाका स्ट्राइकर डुसान भ्लाहोभिचलाई पेरिस ल्याउन खोज्नेछ । भ्लाहोभिचले इटालियन सिरी ‘ए’को क्लबमा सम्झौता नवीकरणको प्रस्ताब अस्विकार गरेका थिए । 

तर भ्लाहोभिचका लागि पनि पिएसजीले अन्य क्लबसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । आइतबार सेन्ट जेम्स पार्कमा आमने-सामने भएका टोटनहम र न्युक्यासलले भ्लाहोभिच भित्र्याउने दौडमा पनि एक-अर्कासँग प्रतिस्पर्धा गर्ने भएका छन् । 

सर्बियाका २१ वर्षे अन्तर्राष्ट्रिय खेलाडी भ्लाहोभिचले गत सिजन इटालियन सिरी ‘ए’मा २१ गोल गरेर सबैको ध्यान तानेका थिए । गोल गर्ने क्रमलाई निरन्तरता दिने क्रममा भ्लाहोभिचले जारी सिजनमा पनि आठ खेलमा ६ गोल गरिसकेका छन् । 

टोटनहम ह्यारी केनको सम्भावित विकल्पको खोजीमा छ भने न्युक्यासल पनि नयाँ मालिकको आगमनबाट उत्साहित भएर सरुवा बजारमा ठूलो कदम चाल्न चाहन्छ । जारी सिजनको सुरुआतमा केन म्यानचेस्टर सिटी सरुवाको नजिक पुगेर पनि टोटनहममै बसेका थिए । 

दी सनको दाबी अनुसार भ्लाहोभिच ५ करोड युरोमै उपलब्ध हुन सक्छन् । केन लगातार रुपमा प्रिमियर लिग च्याम्पियन सिटी सरुवा हुने चर्चा चलिरहँदा पनि टोटनहमले भ्लाहोभिचमाथि आँखा गाडेको थियो । 

भ्लाहोभिचका लागि प्रिमियर लिगकै लिभरपुल र आर्सनलले पनि आँखा गाडिरहेको समाचार सार्वजनिक भएका छन् । 

यसैगरी जनवरीमा सरुवा बजार खुल्दा बर्नलीले चेल्सीका मिडफिल्डर रस बार्कली तथा एस्टन भिल्लाले बोलोग्नाका १९ वर्षे लेफ्ट ब्याक आरोन हिकीलाई भित्र्याउन प्रयास गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो