इङ्लिस प्रिमियर लिग

प्राउस वेस्टहममा अनुबन्ध

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब वेस्टहम युनाइटेडले मिडफिल्डर जेम्स वार्ड-प्राउसलाई अनुबन्ध गरेको छ ।

वेस्टहमले इङ्लिस क्लब साउथह्याम्प्टनबाट प्राउसलाई ३० मिलियन पाउन्डमा भित्र्याएको हो । वेस्टहम र प्राउसबीच ४ वर्षको सम्झौता भएको छ ।  

सन् २००३ मा साउथह्याम्प्टनकाे एकेडेमीमा आबद्ध भएका इङ्लिस मिडफिल्डर प्राउसले २० वर्षपछि क्लब छाडेका हुन् । सन् २०११ मा सिनियर टोलीका लागि डेब्यु गरेका प्राउसले साउथह्याम्प्टनका लगि ४ सय १० खेल खेल्दै ५५ गोल गरे।

साउथह्याम्प्टन गत सिजन प्रिमियर लिगबाट च्याम्पियनसीपमा घटुवा भएको थियो ।