चैत्र १३, २०८२ शुक्रबार | ०९:४६:२४
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

‘मेसी पिएसजीमा खुसी छन्’

पेरिस, (खेलाडी)- लियोनेल मेसीका निकट मित्र एवं बार्सिलोनाबाट खेल्दाका टिम सहयात्री सेस फाब्रिगासले अर्जेन्टिनी सुपरस्टार पेरिस सेन्ट जर्मन (पिएसजी)मा एक्दमै खुसी रहेको बताएका छन् । 

आर्थिक जटिलताका कारण बार्सिलोनाले मेसीसँग नयाँ सम्झौता गर्न नसकेपछि ६ पटकका बालन डी अर विजेता खेलाडी क्याम्प नोउसँगको २१ वर्षे सम्ब्न्धमा पूर्णविराम लगाउँदै गत अगस्टमा पिएसजी सरुवा भएका थिए । 

मेसीले बार्सिलोनाको शीर्ष टोलीबाट १७ सिजन खेल्ने क्रममा सात सय ७८ खेलमा ६ सय ७२ गोल गर्नुका साथै दुई सय ६५ गोलको अवसर सिर्जना गरेका थिए । तर नयाँ क्लबका लागि भने पाँच खेल खेलिसक्दा पनि मेसीले एक गोलमात्र गर्न सकेका छन् । यसक्रममा उनले एउटा गोलका लागि पनि पास उपलब्ध गराउन सकेका छैनन् । 

पिएसजीका लागि तीन सय ७० मिनेट मैदानमा बिताउने क्रममा उनले १३ सट प्रहार गरे पनि त्यसमध्ये चार मात्र पोस्ट लक्षित थिए । 

हाल मोनाकोबाट खेलिरहेका फाब्रिगासले फ्रान्सेली राजधानीमा मेसी स्थापित हुन संघर्ष गरिरहेको चर्चाको खण्डन गर्दै भने, ‘उनी यहाँ निक्कै खुसी छन् । उनले पहिल्यैदेखि चिन्ने र स्पेनिस बोल्ने थुप्रै खेलाडी पिएसजीमा छन् ।’

शुक्रबार फ्रान्सेली लिग वानअन्तर्गत एन्जर्समाथि २-१ को जित हासिल गरेको खेलमा मेसीलाई पिएसजीको टिममा समावेश गरिएको थिएन । अघिल्लो दिन अर्जेन्टिनाका लागि विश्वकप छनोटको खेल खेलेका कारण उनलाई प्रशिक्षक माउरिसियो पोचेटिन्होले आराम दिएका थिए । 

किलियन एमबाप्पेले अन्तिम समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेपछि पिएसजीले लिग वानको नयाँ सिजनअन्तर्गत १० खेलमा नवौं जित हासिल गरेको थियो । 

टोलीले च्याम्पियन्स लिगअन्तर्गत मंगलबार घरेलु मैदानमा आरबी लिपजिगसँग प्रतिस्पर्धा गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो