माघ १८, २०८२ आइतबार | १२:४९:४५
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

‘मेसी पिएसजीमा खुसी छन्’

पेरिस, (खेलाडी)- लियोनेल मेसीका निकट मित्र एवं बार्सिलोनाबाट खेल्दाका टिम सहयात्री सेस फाब्रिगासले अर्जेन्टिनी सुपरस्टार पेरिस सेन्ट जर्मन (पिएसजी)मा एक्दमै खुसी रहेको बताएका छन् । 

आर्थिक जटिलताका कारण बार्सिलोनाले मेसीसँग नयाँ सम्झौता गर्न नसकेपछि ६ पटकका बालन डी अर विजेता खेलाडी क्याम्प नोउसँगको २१ वर्षे सम्ब्न्धमा पूर्णविराम लगाउँदै गत अगस्टमा पिएसजी सरुवा भएका थिए । 

मेसीले बार्सिलोनाको शीर्ष टोलीबाट १७ सिजन खेल्ने क्रममा सात सय ७८ खेलमा ६ सय ७२ गोल गर्नुका साथै दुई सय ६५ गोलको अवसर सिर्जना गरेका थिए । तर नयाँ क्लबका लागि भने पाँच खेल खेलिसक्दा पनि मेसीले एक गोलमात्र गर्न सकेका छन् । यसक्रममा उनले एउटा गोलका लागि पनि पास उपलब्ध गराउन सकेका छैनन् । 

पिएसजीका लागि तीन सय ७० मिनेट मैदानमा बिताउने क्रममा उनले १३ सट प्रहार गरे पनि त्यसमध्ये चार मात्र पोस्ट लक्षित थिए । 

हाल मोनाकोबाट खेलिरहेका फाब्रिगासले फ्रान्सेली राजधानीमा मेसी स्थापित हुन संघर्ष गरिरहेको चर्चाको खण्डन गर्दै भने, ‘उनी यहाँ निक्कै खुसी छन् । उनले पहिल्यैदेखि चिन्ने र स्पेनिस बोल्ने थुप्रै खेलाडी पिएसजीमा छन् ।’

शुक्रबार फ्रान्सेली लिग वानअन्तर्गत एन्जर्समाथि २-१ को जित हासिल गरेको खेलमा मेसीलाई पिएसजीको टिममा समावेश गरिएको थिएन । अघिल्लो दिन अर्जेन्टिनाका लागि विश्वकप छनोटको खेल खेलेका कारण उनलाई प्रशिक्षक माउरिसियो पोचेटिन्होले आराम दिएका थिए । 

किलियन एमबाप्पेले अन्तिम समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेपछि पिएसजीले लिग वानको नयाँ सिजनअन्तर्गत १० खेलमा नवौं जित हासिल गरेको थियो । 

टोलीले च्याम्पियन्स लिगअन्तर्गत मंगलबार घरेलु मैदानमा आरबी लिपजिगसँग प्रतिस्पर्धा गर्नेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।