माघ १६, २०८२ शुक्रबार | १३:१५:३२
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

फिफा महिला विश्वकपः इङ्ल्यान्ड र डेनमार्क अन्तिम १६ मा

काठमाडौं । इङ्ल्यान्ड र डेनमार्क फिफा महिला विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् । समूह ‘डी’ बाट इङ्ल्यान्ड विजेता र डेनमार्क उपविजेताका रूपमा अन्तिम १६ मा पुगेका हुन् ।

अन्तिम १६ मा इङ्ल्यान्डले नाइजेरिया र डेनमार्कले आयोजक अस्ट्रेलियाको सामना गर्नेछन्। 

मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा इङ्ल्यान्डले चीनविरुद्ध ६-१ को सहज जित निकाल्यो ।

योसँगै शतप्रशित जितका साथ इङ्ल्यान्डले  तनि खेलमा नौ अंक जोड्यो । पारजय ब्यहोरेको चीन समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा रहँदै बाहिरियो ।

यसअघि इङ्ल्यान्डले डेनमार्क र हाइटीलाई पारजित गरेको थियो । डेनमार्कसँग हार ब्यहोरेको चीनले हाइटीलाई हराएको थियो ।

अस्ट्रेलियाको एडिलेडस्थित हिन्दमार्श रंशालामा इङ्ल्यान्डलाई जित दिलाउन लोरेन जेम्सले दुई र एलिसिया रुसो, लोरेन हेम्प, क्लो केली र राचेल डेलीले समान एक गोल गरे । चीनका लागि वाङ्ग सुआङ्गले एक गोल फर्काइन् ।

खेलको पाँचौं मिनेटमा रुसोको गोलमार्फत इङ्ल्यान्डले अग्रता लिएको थियो । २६औं मिनेटमा हेम्पले टोलीको अग्रता दोब्बर बनाइन् ।

४१औं मिनेटमा जेम्सले गोल गरेपछि इङ्ल्यान्डले पहिलो हाफमा ३-० को सहज अग्रता लियो । ५७औं मिनेटमा सुआङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३-१ को स्थितीमा ल्याइन् ।

६५औं मिनेटमा जेम्सले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् ।  ७७औं मिनेटमा केलीको गोलमार्फत इङ्ल्यान्ड ५-१ ले अगाडी बढ्यो । ८४औं मिनेटान डेलीले गोल गर्दै इङ्ल्यान्डलाई ६-१ को सहज जित दिलाइन् ।

यसैगरी पर्थ रेक्ट्याङ्गुलर रंगशालामा डेनमार्कले हाइटीविरुद्ध २-० को जित निकाल्यो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको डेनमार्क उपविजेता बन्यो । तीनै खेलमा हार ब्यहोरेको हाइटी अंकविहन बन्दै बाहिरियो ।

यसअघि चीनलाई हराएको डेनमार्क इङ्ल्यान्डसँग पराजित भएको थियो । हाइटीले इङ्ल्यान्ड र चीनविरुद्धको खेल गुमाएको थियो ।

डेनमार्कलाई जित दिलाउन पेर्निल हार्डर र साने निल्सनले समान एक गोल गरे । खेलको १०औं मिनेटमा हार्डको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । इन्जुरी समयमा निल्सनले गोल गर्दै टोलीलाई २-० को जित दिलाइन् ।

 

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।