चैत्र ९, २०८२ सोमबार | २०:५६:५८
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

फिफा महिला विश्वकपः इङ्ल्यान्ड र डेनमार्क अन्तिम १६ मा

काठमाडौं । इङ्ल्यान्ड र डेनमार्क फिफा महिला विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् । समूह ‘डी’ बाट इङ्ल्यान्ड विजेता र डेनमार्क उपविजेताका रूपमा अन्तिम १६ मा पुगेका हुन् ।

अन्तिम १६ मा इङ्ल्यान्डले नाइजेरिया र डेनमार्कले आयोजक अस्ट्रेलियाको सामना गर्नेछन्। 

मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा इङ्ल्यान्डले चीनविरुद्ध ६-१ को सहज जित निकाल्यो ।

योसँगै शतप्रशित जितका साथ इङ्ल्यान्डले  तनि खेलमा नौ अंक जोड्यो । पारजय ब्यहोरेको चीन समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा रहँदै बाहिरियो ।

यसअघि इङ्ल्यान्डले डेनमार्क र हाइटीलाई पारजित गरेको थियो । डेनमार्कसँग हार ब्यहोरेको चीनले हाइटीलाई हराएको थियो ।

अस्ट्रेलियाको एडिलेडस्थित हिन्दमार्श रंशालामा इङ्ल्यान्डलाई जित दिलाउन लोरेन जेम्सले दुई र एलिसिया रुसो, लोरेन हेम्प, क्लो केली र राचेल डेलीले समान एक गोल गरे । चीनका लागि वाङ्ग सुआङ्गले एक गोल फर्काइन् ।

खेलको पाँचौं मिनेटमा रुसोको गोलमार्फत इङ्ल्यान्डले अग्रता लिएको थियो । २६औं मिनेटमा हेम्पले टोलीको अग्रता दोब्बर बनाइन् ।

४१औं मिनेटमा जेम्सले गोल गरेपछि इङ्ल्यान्डले पहिलो हाफमा ३-० को सहज अग्रता लियो । ५७औं मिनेटमा सुआङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३-१ को स्थितीमा ल्याइन् ।

६५औं मिनेटमा जेम्सले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् ।  ७७औं मिनेटमा केलीको गोलमार्फत इङ्ल्यान्ड ५-१ ले अगाडी बढ्यो । ८४औं मिनेटान डेलीले गोल गर्दै इङ्ल्यान्डलाई ६-१ को सहज जित दिलाइन् ।

यसैगरी पर्थ रेक्ट्याङ्गुलर रंगशालामा डेनमार्कले हाइटीविरुद्ध २-० को जित निकाल्यो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको डेनमार्क उपविजेता बन्यो । तीनै खेलमा हार ब्यहोरेको हाइटी अंकविहन बन्दै बाहिरियो ।

यसअघि चीनलाई हराएको डेनमार्क इङ्ल्यान्डसँग पराजित भएको थियो । हाइटीले इङ्ल्यान्ड र चीनविरुद्धको खेल गुमाएको थियो ।

डेनमार्कलाई जित दिलाउन पेर्निल हार्डर र साने निल्सनले समान एक गोल गरे । खेलको १०औं मिनेटमा हार्डको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । इन्जुरी समयमा निल्सनले गोल गर्दै टोलीलाई २-० को जित दिलाइन् ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो