चैत्र १३, २०८२ शुक्रबार | १७:२४:०१
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

विश्वकप छनोटः प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्ने

काठमाडौं । फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको समाना गर्ने भएको छ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बिहीबार निकालेको ‘ड्र’ मा नेपालले लाओसलाई प्रतिद्धन्द्धको रूपमा पाएको हो । प्रारम्भिक चरणकाे पहिलो लेग अक्टोबर १२ र दोस्रो लेग अक्टोबर १७ मा हुनेछ ।

अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकप र साउदी अरेबियामा हुने एसियन कपको लागि एएफसीले पहिलो चरण र दोस्रो चरणका छनोट खेल खेलाउनेछ । जसमा ४८ टोलीको सहभागीता छ । दोस्रो चरणमा स्थान बनाउनेले सिधै एएफसी कप खेल्न पाउनेछन् ।

यसपटक फिफा विश्वकपमा ४८ राष्ट्रको सहभागीता हुनेछन् । एसियातर्फ नेपालसहित २० राष्ट्रले प्लेअफ खेल्नेछन् । यसबाट १० टोली दोस्रो चरणमा पुग्नेछन् । जहाँ २६ टोलीले स्थानपक्का गरिसकेका छन् ।

दोस्रो चरणबाट १० टोलीले अन्तिम चरणमा स्थान बनाउँनेछन् । जहाँ ३६ टोलीबीच ९ समूहमा रहेर प्रतिस्पर्धा हुनेछ । चार/ चार राष्ट्रसहित बनेको समूहबाट विजेता र उपविजेताले एसियन कपमा स्थान बनाउनेछन् । यसैगरी विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश पाउनेछन् ।

प्रारम्भिक छनोटको पट १ मा नेपालसहित फिफा वरियतामा २७ देखि ३६ स्थानका तथा पट २ मा ३६ देखि ४६वरियताका राष्ट्र परेका थिए।

पट १ मा नेपालसहित हङकङ, इन्डोनेसिया, चाइनिज ताईपेइ, माल्दिभ्स, यमन, अफगानिस्तान, सिंगापुर, म्यानमार र कम्बोडिया थिए। पटक २ मा मकाउ, मंगोलिया, भुटान, लाओस, बंगलादेश, ब्रुनाई, टिमोर लिस्टे, पाकिस्तान, गुआम र श्रीलंका थिए। पट १ ले पट २ का टोलीसँग प्रतिस्पर्धा गर्न लागेका हुन्  ।

प्रारम्भिक चरणका अन्य खेलमा अफगानिस्तानले मंगोलिया,माल्दिभ्सले बंगलादेश, सिंगापुरले गुआम, यमनले श्रीलंका, म्यानमारले मकाउ, कम्बोडियाले पाकिस्तान, चाइनिज ताइपेइले टिमोर लिस्टे, इन्डोनेसियाले ब्रुनाइ र हङकङले भुटानको समान गर्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो