चैत्र १८, २०८२ बुधबार | १३:१२:३४
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

यू-१६ टोलीको मुख्य प्रशिक्षकमा सिलाकार नियुक्त

काठमाडौं । रविन्द्र सिलाकार यू-१६ राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले सोमबार सिलाकारलाई दक्षिण एसियाली फुटबल महासंघ(साफ) यु-१६ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो ।

साफले सोमबार निकालेको तालिका अनुसार नेपालले सेप्टेम्बर ३ मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । उक्त खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

यसैगरी समूह चरणको अन्तिम खेलमा नेपालले सेप्टेम्बर ५ मा भारतको सामना गर्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा भारत र बंगलादेश भिड्ने छन् ।

६ राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल र भारतसँगै बंगलादेश  छन् । समूह ‘बी’ मा आयोजक भुटानसँगै माल्दिभ्स र पाकिस्तान छन्  ।

सेप्टेम्बर १ देखि १० सम्म हुने प्रतियोगिताका सबै खेलहरु भुटानको चाङ्लिमिथाङ मैदानमा हुनेछन् । यसअघि यो प्रतियोगिता यू -१५, यू-१६ र यू-१७ फर्म्याटमा आयोजना हुँदै आएको थियो ।

प्रतियोगितामा भारत चार पटक, बंगलादेश दुई पटक र पाकिस्तान एक पटक च्याम्पियन भएका छन् । पछिल्लो पटक यू-१७ फर्म्याटमा भएको प्रतियोगिताको फाइलनमा भारतले नेपाललाई ४-० ले पराजित गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो