चैत्र १७, २०८२ मंगलबार | ११:४६:२९
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

आठ नयाँ खेलाडी समेट्दै मछिन्द्रको तयारी सुरु

पत्रकार सम्मेलनमार्फत एएफसी कपको तयारीको बारेमा जानकारी दिँदै मछिन्द्र फुटबल क्लब

काठमाडौं । एएफसी कपको प्रारम्भिक छनोटका लागि मच्छिन्द्र फुटबल क्लबले तयारी सुरु गरेको छ । क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै तयारी सुरु गरेको जनाएको हो ।

मछिन्द्रले अगस्ट ८ मा भुटानको लिग च्याम्पियन पारोसँग दशरथ रंगशालामा खेल्नेछ । मछिन्द्रले हाललाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र चर्च ब्वाइजको मैदानमा अभ्यास गरिरहेको छ । मुख्य प्रशिक्षक किशोर केसीले २३ खेलाडीलाई प्रशिक्षणमा राखेका छन् ।

क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका खेलाडीसहित आठ नयाँ खेलाडीलाई अनुबन्ध गरेको हो ।

आशिष चौधरी, आयुष घलान, एरिक विष्ट, लाकेन लिम्बू, मेसुके ओलोमोउ, सनिस श्रेष्ठ, रेजिन सुब्बा र रोहित सुब्बालाई क्लबले थप गरेको हो । आशिष, आयुष, एरिक, लोकन र सनिस राष्ट्रिय टोलीका सदस्य हुन् ।

यसैगरी कप्तान तथा गोलकिपर विशाल श्रेष्ठसहित, अभिषेक गुरङ, आफिज ओलावाले ओलादिपो, आन्द्रेस निया, विजय भुजेल, विमल घर्ती मगर, देभेन्द्र तामाङ, दिवाकार चौधरी, करिम नुरैन, सौरभ लिम्बू, छिरिङ गुरुङ, उत्सव राई, प्रदीप भण्डारी र सुरज विक टोलीमा छन् ।

लिग खेलेका पुजन उपरकोटी, प्रशान्त अवस्थी, रन्जित धिमाल, सुजल श्रेष्ठ, निसेन सुब्बा, आशिष श्रेष्ठ, सागर थापा र नविन सिलवाल तथा विदेशी खेलाडी युटा सुजुकी र चेन्चो ग्लेत्सेन टोलीबाट बाहिरिएका छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि चर्च ब्वाइजले जिते पनि ‘ए’ लाईसेन्स नहुँदा उपविजेता मछिन्द्रले यो अवसर पाएको हो । त्यसअघि पनि मछिन्द्रले नै एएफसी कप खेलेको थियो । तर मछिन्द्र दोस्रो चरणमा स्थान बनाउन सकेकाे थिएन । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो