चैत्र १७, २०८२ मंगलबार | २२:२२:२३
गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज

साफ च्याम्पियनसिपको फाइनलपछि नेपाली टोलीबाट अलग हुने अल्मुताइरीको घोषणा

काठमाडौं, (खेलाडी)-  नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि पद छोड्ने घाेषाणाा गरेका छन् ।

'मैले एक महिना अघि नै पदबाट राजिनामा बुझाएको हुँ,' अल्मुताइरीले भने, साफ च्याम्पियनसिप सम्मका लागि मात्र म नेपाली टोलीसँग बसेको हुँ । मैले प्रशिक्षण सम्हाले देखी नै नेपाललाई साफ च्याम्पियसिपको उपाधि जिताउछु भनेको थिए । म त्यो लक्ष्यबाट एक कदम मात्र पछि छु । आशा छ हामीले उपाधि भित्राउने छौ ।'

अल्मुताइरीले बंगलादेशका गोलकिपर रातो कार्ड दर्शन गर्दै बाहिरिनु नै खेलको टर्निङ प्वाइन्ट भएको समेत बताए ।

'हामीले जितकै लागि खेलेका थियौ,'अल्मुताइरीले भने, ;तर खेलको सुरुआतमा गोल खादा दबाबमा आयौ । जिकोको रातो कार्डले नै खेलको नतिजा परिवर्तन भयो  ।'

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आठौं मिनेटमै गोल खाएपछि नेपालको सनसनीपूर्ण यात्राको अन्त्य दुखःद हुने संकेत मिलेको थियो । 

तर समय सकिन ६ मिनेट बाँकी रहँदा अञ्जन बिष्टले अगाडि बढाएको बल पेनाल्टी बक्स बाहिरबाट आएर हातले रोकेवापत बंगलादेशी गोलकिपर अनिसुर रहमान जिको रातो कार्ड सामना गर्दै बाहिरिए ।

विपक्षी टोली एक खेलाडी कममा सीमित भएको फाइदा उठाउँदै दबाब बढाएको नेपालले ८८औं मिनेटमा पेनाल्टीको मौका पायो । अञ्जनले त्यसलाई गोलमा परिणत गर्दै नेपाललाई महत्वपूर्ण बराबरीको हकदार बनाए । विपक्षी खेलाडीले आफैमाथि गरेको फाउलमा प्राप्त पेनाल्टीलाई अञ्जनले गोलमा परिणत गरेका थिए । 

चार खेलमा सात अंकका साथ नेपाल फाइनल प्रवेश गरेको हो ।

आजै हुने माल्दिभ्स र भारतबीचको दोस्रो खेलले फाइनल पुग्ने अर्को टोलीको टुङगो लगाउने छ ।


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो