माघ १५, २०८२ बिहीबार | २१:३६:२७
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा 

काठमाडौं, (खेलाडी)- १० जनामा सीमित भएको बंगलादेशसँग १-१ को बराबरी नतिजा निकाल्दै नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको छ । 

सार्क गोल्डकपको नाममा १९९३ मा सुरु भएको दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिताले १३औं संस्करणको यात्रा गरिसक्दा नेपाल फाइनल पुगेको यो पहिलो पटक हो । 

पहिलो दुई खेलमा साविक विजेता माल्दिभ्स र श्रीलंकामाथि जित हासिल गरेको नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार बंगलादेशसँग बराबरी नतिजा निकालेपछि सात अंकका साथ फाइनलमा स्थान पक्का गरेको हो । 

पाँच अंकमा सीमित बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । समूहको अर्को खेलमा आजै राति आयोजक माल्दिभ्स र भारतबीच खेल हुनेछ । भारतले फाइनल पुग्नका लागि उक्त खेल जित्नै पर्नेछ भने माल्दिभ्सलाई बराबरी नतिजा पनि पर्याप्त हुनेछ । दुई जित हासिल गरेको माल्दिभ्सको खातामा ६ अंक छ भने एक जित र दुई बराबरी नतिजा निकालेको भारतले पाँच अंकमात्र जोड्न सकेको छ । 

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आठौं मिनेटमै गोल खाएपछि नेपालको सनसनीपूर्ण यात्राको अन्त्य दुखःद हुने संकेत मिलेको थियो । 

तर समय सकिन ६ मिनेट बाँकी रहँदा अञ्जन बिष्टले अगाडि बढाएको बल पेनाल्टी बक्स बाहिरबाट आएर हातले रोकेवापत बंगलादेशी गोलकिपर अनिसुर रहमान जिको रातो कार्ड सामना गर्दै बाहिरिए ।

विपक्षी टोली एक खेलाडी कममा सीमित भएको फाइदा उठाउँदै दबाब बढाएको नेपालले ८८औं मिनेटमा पेनाल्टीको मौका पायो । अञ्जनले त्यसलाई गोलमा परिणत गर्दै नेपाललाई महत्वपूर्ण बराबरीको हकदार बनाए । विपक्षी खेलाडीले आफैमाथि गरेको फाउलमा प्राप्त पेनाल्टीलाई अञ्जनले गोलमा परिणत गरेका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।