चैत्र १०, २०८२ मंगलबार | २०:४७:४२
रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा 

काठमाडौं, (खेलाडी)- १० जनामा सीमित भएको बंगलादेशसँग १-१ को बराबरी नतिजा निकाल्दै नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको छ । 

सार्क गोल्डकपको नाममा १९९३ मा सुरु भएको दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिताले १३औं संस्करणको यात्रा गरिसक्दा नेपाल फाइनल पुगेको यो पहिलो पटक हो । 

पहिलो दुई खेलमा साविक विजेता माल्दिभ्स र श्रीलंकामाथि जित हासिल गरेको नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार बंगलादेशसँग बराबरी नतिजा निकालेपछि सात अंकका साथ फाइनलमा स्थान पक्का गरेको हो । 

पाँच अंकमा सीमित बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । समूहको अर्को खेलमा आजै राति आयोजक माल्दिभ्स र भारतबीच खेल हुनेछ । भारतले फाइनल पुग्नका लागि उक्त खेल जित्नै पर्नेछ भने माल्दिभ्सलाई बराबरी नतिजा पनि पर्याप्त हुनेछ । दुई जित हासिल गरेको माल्दिभ्सको खातामा ६ अंक छ भने एक जित र दुई बराबरी नतिजा निकालेको भारतले पाँच अंकमात्र जोड्न सकेको छ । 

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आठौं मिनेटमै गोल खाएपछि नेपालको सनसनीपूर्ण यात्राको अन्त्य दुखःद हुने संकेत मिलेको थियो । 

तर समय सकिन ६ मिनेट बाँकी रहँदा अञ्जन बिष्टले अगाडि बढाएको बल पेनाल्टी बक्स बाहिरबाट आएर हातले रोकेवापत बंगलादेशी गोलकिपर अनिसुर रहमान जिको रातो कार्ड सामना गर्दै बाहिरिए ।

विपक्षी टोली एक खेलाडी कममा सीमित भएको फाइदा उठाउँदै दबाब बढाएको नेपालले ८८औं मिनेटमा पेनाल्टीको मौका पायो । अञ्जनले त्यसलाई गोलमा परिणत गर्दै नेपाललाई महत्वपूर्ण बराबरीको हकदार बनाए । विपक्षी खेलाडीले आफैमाथि गरेको फाउलमा प्राप्त पेनाल्टीलाई अञ्जनले गोलमा परिणत गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो