माघ १८, २०८२ आइतबार | १२:५४:२४
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

फ्रेन्ड्समाथि पुलिसको रोमाञ्चक जित

फाइल तस्बिर

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रको फ्रेन्ड्स क्लबमाथि २-१ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै २२ खेलमा ३१ अंक जोडेको पुलिस चौथो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको फ्रेन्ड्स समान खेलबाट २४ अंकका साथ १३औं स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा पुलिसलाई जित दिलाउन दुवै गोल अन्जन राईले गरे । फ्रेन्ड्सका लागि विकाश थापाले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै अन्जनको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । अन्जनले सौजन राईको फ्रिकिकलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

२१औं मिनेटमा विकाशले फ्रेन्ड्सलाई बराबरीमा ल्याए । विकाशले अमित तामाङको क्रसलाई वान टचमै जाली चुमाएका हुन् ।

३६औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गर्दा पु्लिस २-१ ले अगाडी बढ्यो । अन्जनले सौजनको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

त्यसपछि कुनै पनि टोलीबाट थप गोल निस्कन नसक्दा पुलिसले २-१ को रोमाञ्चक जित निकाल्यो ।

जितसँगै पुलिसले लिगमा फ्रेन्ड्सविरुद्ध लिड डबल( दुवै भेटमा पराजित) गरेको छ । पहिलो भेटमा पुलिसले ३–१ को जित निकालेको थियो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।