चैत्र ८, २०८२ आइतबार | ०६:००:३०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

फ्रेन्ड्समाथि पुलिसको रोमाञ्चक जित

फाइल तस्बिर

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रको फ्रेन्ड्स क्लबमाथि २-१ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै २२ खेलमा ३१ अंक जोडेको पुलिस चौथो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको फ्रेन्ड्स समान खेलबाट २४ अंकका साथ १३औं स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा पुलिसलाई जित दिलाउन दुवै गोल अन्जन राईले गरे । फ्रेन्ड्सका लागि विकाश थापाले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै अन्जनको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । अन्जनले सौजन राईको फ्रिकिकलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

२१औं मिनेटमा विकाशले फ्रेन्ड्सलाई बराबरीमा ल्याए । विकाशले अमित तामाङको क्रसलाई वान टचमै जाली चुमाएका हुन् ।

३६औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गर्दा पु्लिस २-१ ले अगाडी बढ्यो । अन्जनले सौजनको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

त्यसपछि कुनै पनि टोलीबाट थप गोल निस्कन नसक्दा पुलिसले २-१ को रोमाञ्चक जित निकाल्यो ।

जितसँगै पुलिसले लिगमा फ्रेन्ड्सविरुद्ध लिड डबल( दुवै भेटमा पराजित) गरेको छ । पहिलो भेटमा पुलिसले ३–१ को जित निकालेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो