माघ १८, २०८२ आइतबार | ११:१३:१५
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

खुमलटारले हिमालयन शेर्पालाई हरायो

फाइल फोटो

काठमाडौं। रेलिगेसन क्षेत्रको एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबमाथि २-१ को रोमाञ्चक जित निनकालेको छ ।

जितसँगै खुमलटार २२ खेलमा सात जित, तीन बराबरी र १२ हारको नतिजासहित २४ अंकका साथ पुछारमै छ । पराजय ब्यहोरेको हिमालयन शेर्पा समान खेलबाट सात जित, आठ बराबरी र सात हारको नतिजासहित २९ अंक जोडेर आठौं स्थानमा झरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा खुमलटारलाई जित दिलाउन मोसुके ओलोमोउ र स्टेफन समिर बिनाेङले समान एक गोल गरे । हिमालयनका लागि अबायोमी फकुन्लेले एक गोल गरे ।

खेलको छैटौं मिनेटमा फकुन्लेको गोलमार्फत हिमालयनले अग्रता लिएको थियो । खमिर गिल्सनको कर्नरमा म्यानुयल नानाको हेडर फकुन्लेलाई लाग्दै गोलमा परिणत भएको थियो । 

१७औं मिनेटमा ओलोमोउले खुमलटारलाई बराबरीमा ल्याए । ओलोमोउले जय गुरुङको फ्रिकिकमा अभिषेक लिम्बुले हेडमार्फत उपलब्ध गराएको बललाई जाली चुमाएका थिए ।

६९औं मिनेटमन ओलोमोउ पेनाल्टीमा चुक्दा खुमलटारले अग्रता लिने सुनौलो अवसर गुमायो। ओलोमोउको पेनाल्टी प्रहारलाई हिमालयनका गोलकिपर किशोर गिरीले बचाए ।

अनिल राईको प्रहारमा अमृत श्रेष्ठले पेनाल्टी बक्स भित्र ह्यान्ड गरेपछि खुमलटारले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

७२औं मिनेटमा रेजिन सुब्बाको प्रहारलाई गोलकिपर किशोरले उत्कृष्ट बचाउ गर्दै हिमालयनको संकट टारे ।

७६औं मिनेटमन बिनोङले गोल गर्दै खुमलटारलाई २-१ को रोमाञ्चक जित दिलाए । बिनोङले ओलोमोउको क्रस सुरेश कुमालले हेडमार्फत बचाउन खोज्दा प्राप्त रिबाउन्डलाई पोस्टको दिशा दिएका थिए ।

यस जितसँगै खुमलटारले हिमालयनसँग पहिलो भेटमा ब्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा हिमालयन २-१ ले विजयी भएको थियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।