चैत्र ८, २०८२ आइतबार | १२:५०:४७
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

खुमलटारले हिमालयन शेर्पालाई हरायो

फाइल फोटो

काठमाडौं। रेलिगेसन क्षेत्रको एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबमाथि २-१ को रोमाञ्चक जित निनकालेको छ ।

जितसँगै खुमलटार २२ खेलमा सात जित, तीन बराबरी र १२ हारको नतिजासहित २४ अंकका साथ पुछारमै छ । पराजय ब्यहोरेको हिमालयन शेर्पा समान खेलबाट सात जित, आठ बराबरी र सात हारको नतिजासहित २९ अंक जोडेर आठौं स्थानमा झरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा खुमलटारलाई जित दिलाउन मोसुके ओलोमोउ र स्टेफन समिर बिनाेङले समान एक गोल गरे । हिमालयनका लागि अबायोमी फकुन्लेले एक गोल गरे ।

खेलको छैटौं मिनेटमा फकुन्लेको गोलमार्फत हिमालयनले अग्रता लिएको थियो । खमिर गिल्सनको कर्नरमा म्यानुयल नानाको हेडर फकुन्लेलाई लाग्दै गोलमा परिणत भएको थियो । 

१७औं मिनेटमा ओलोमोउले खुमलटारलाई बराबरीमा ल्याए । ओलोमोउले जय गुरुङको फ्रिकिकमा अभिषेक लिम्बुले हेडमार्फत उपलब्ध गराएको बललाई जाली चुमाएका थिए ।

६९औं मिनेटमन ओलोमोउ पेनाल्टीमा चुक्दा खुमलटारले अग्रता लिने सुनौलो अवसर गुमायो। ओलोमोउको पेनाल्टी प्रहारलाई हिमालयनका गोलकिपर किशोर गिरीले बचाए ।

अनिल राईको प्रहारमा अमृत श्रेष्ठले पेनाल्टी बक्स भित्र ह्यान्ड गरेपछि खुमलटारले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

७२औं मिनेटमा रेजिन सुब्बाको प्रहारलाई गोलकिपर किशोरले उत्कृष्ट बचाउ गर्दै हिमालयनको संकट टारे ।

७६औं मिनेटमन बिनोङले गोल गर्दै खुमलटारलाई २-१ को रोमाञ्चक जित दिलाए । बिनोङले ओलोमोउको क्रस सुरेश कुमालले हेडमार्फत बचाउन खोज्दा प्राप्त रिबाउन्डलाई पोस्टको दिशा दिएका थिए ।

यस जितसँगै खुमलटारले हिमालयनसँग पहिलो भेटमा ब्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा हिमालयन २-१ ले विजयी भएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो