चैत्र १४, २०८२ शनिबार | ०१:१२:२३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सातदोबाटोमाथि एनआरटीको रोमाञ्चक जित

फाइल फोटो

काठमाडौं । न्यु रोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबमाथि २-१ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै २२ खेलमा २९ अंक जोडेको एनआरटी आठौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको सातदोबाटोको समान खेलबाट २९ अंका साथ छैटाैं स्थानमा झरेको छ । 

च्यासल मैदानमा आइतबार सम्पन्न खेलमा एनआरटीलाई जित दिलाउन निकोलस सङ्ग र सनम लिम्बुले समान एक गोल गरे । सातदोबाटोका लागि शिव सुवेदीले एक गोल फर्काए । 

खेलको ६९औं मिनेटमा सङ्गको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो । सङ्गले कृतिश रत्न छुन्जुले डि बक्स भित्रबाट अगाडी बढाएको बललाई पोस्टको दिशा दिएका थिए ।

७३ औं मिनेटमा सनमले टोलीको अग्रता दोब्बर बनाए । सनमले कृतिशको क्रसमा हेडमार्फत गोल गरेका थिए ।

८४औं मिनेटमा शिवले गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

यस जितसँगै एनआरटीले लिगमा सातदोबाटोसँग पहिलो भेटमा ब्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा सातदोबाटो २-१ ले विजयी भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो