चैत्र १२, २०८२ बिहीबार | १५:३६:०२
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

हिमालयन शेर्पासँग थ्री स्टार पराजित

काठमाडौं । अन्तिम समयमा गोल खान पुग्दा थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबसँग १–० ले पराजित भएको छ ।

जितसँगै २१ खेलमा २९ अंक जोडेको हिमालयन शेर्पा छैटौं स्थानमा छ । पराजय ब्यहोरेको थ्री स्टार समान खेलबाट २६ अंकका साथ नवौं स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलको इन्जुरी समयमा निशान लिम्बुले गरेको गोल हिमालयनलाई जित दिलाउन पर्याप्त बन्यो । विश्वास श्रेष्ठको प्रहारलाई थ्री स्टारका गोलकिपर पूर्ण चेम्जोङले राम्रोसँग बचाउन नसक्दा प्राप्त रिबाउन्डलाई निशाले पोस्टको दिशा दिएका थिए ।

खेलमा पाएका केही अवसरलाई भने दुवै टोलीले सदुपयोग गर्न भने सकेनन् ।

खेलको ५८औं मिनेटमा मार्टिन अजाइको प्रहारलाई हिमालयनका गोलकिपर किशोर गिरीले बचाए । ६४ औं मिनेटमा सिफामन्डलाको प्रहार बारभन्दा केहीमाथिबाट बाहिरिदा थ्रि स्टारले अग्रता लिने अवसर गुमायो ।

७५औं मिनेटमा हिमालयनका सुशिल राईको प्रहार बारमाथिबाट बाहिरियो । ९०औं मिनेटमा लाकेन लिम्बुको प्रहार पोस्टमा लागेर फर्किँदा थ्री स्टारले अग्रता लिन सकेन ।

थ्री स्टार पछिल्ला १० खेल यता जितविहिन छ।

थ्री स्टारले पछिल्लो पटक ११औं चरणमा संकटालाई ३-० ले पराजित गरेको थियो । त्यसयता थ्री स्टारले समान पाँच बराबरी र  हारको नतिजा निकालेको छ ।

जितसँगै हिमालयनले  थ्री स्टारसँग पहिलो भेटमा ब्यहोरेको हारको बदला लिएको छ ।  पहिलो भेटमा थ्री स्टार १-० ले विजयी भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो