चैत्र १८, २०८२ बुधबार | १३:३७:४१
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

बराबरीमा रोकिए मछिन्द्र र जावलाखेल

फाइल तस्बिर

काठमाठौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा साबिक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब गोलरहित बराबरीमा रोकिएका छन् ।

यस बराबरीसँगै मछिन्द्रले शीर्ष स्थानको चर्च ब्वाइजसँग अंक बराबरी गर्ने अवसर गुमाएको छ ।  मछिन्द्र २१ खेलमा ३५ अंक जोडेर दोस्रो स्थानमा कायम छ । जावलाखेल पनि  समान खेलमा ३४ अंकका साथ तेस्रो यथावत छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा बल पोजिसन आफ्नो पक्षमा राखे पनि प्राप्त  अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा मछिन्द्र अंक बाँड्न बाभ्य बन्यो ।

पहिलो हाफको इन्जुरी समयमा आन्द्रेस नियाको हेडर बारमा लागेर फर्किँदा मछिन्द्रले अग्रता लिने अवसर गुमाएको थियो ।

५०औं मिनेटमा युटा सुजुकीले पेनाल्टी बक्स भित्रबाट गरेको फिलतो प्रहारलाई जावलाखेलका गोलकिपर इश्वर गुरुङले सहजै नियन्त्रणमा लिए ।

६०औं मिनेटमा पुजन उपरकोटीको प्रहारलाई जावलाखेलका गोलकिरपर इश्वरले उत्कृष्ट बचाउ गरे ।

जावलाखेल लिगमा मछिन्द्रविरुद्ध अपराजित रह्यो । पहिलो भेटमा जावलाखेलले ३-१ को जित निकालेको थियो । 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो