चैत्र १६, २०८२ सोमबार | १५:४५:२१
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

सिटीलाई रोक्न इन्टर सक्षम छ ?

काठमाडौं । म्यानचेस्टर युनाइटेडको एक अद्वितीय उपलब्धिको चर्चा गरेर अहिलेसम्म पनि फुटबल पण्डितहरू थाक्ने गर्दैनन् । यो हो, सन् १९९८-९९ मा प्राप्त ‘ट्रेबल’ सफलता । सर एलेक्स फर्गुसनको नेतृत्वमा युनाइटेडले यो दुर्लभ उपलब्धि हात पारेको थियो । घरेलु प्रिमियर लिग र एफए कपसँगै युरोपेली च्याम्पियन्स लिग जितेको थियो युनाइटेडले ।

त्यही बेला त हो, फर्गुसनले म्यानचेस्टर सिटीलाई खालि हल्ला गर्ने छिमेकी भनेको । अनि फर्गुसनले यतिसम्म भनेका थिए, सिटीले उनी बाँचुन्जेल कहिले पनि युनाइटेडको जस्तो प्रदर्शन गर्न सक्ने छैन । सायद अहिले उनलाई पछुताउ हुँदो हो आफ्नो छुच्चो भनाइका लागि । अचेल सिटी यो पुस्ताका महान प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा छ । यस सिजन युनाइटेडकै जस्तो तीन उपाधि जित्न सक्ने संघारमा टोली छ ।

पछिल्ला ६ सिजनमा पाँचौंपल्ट इङ्लिस प्रिमियर लिग उपाधि जित्न सिटीलाई आर्सनलले पक्कै पनि रोक्न सक्ने छैन । सिटीलाई फेरि एकपल्ट लिग जित्न पछिल्ला तीन खेलमा तीनै अंकमात्र आवश्यक छ । सिटी एफए कपको फाइनलमा पुगिसकेको छ । धन्न, फाइनल प्रतिद्वन्द्वी भने युनाइटेड नै हो ।

त्यस अर्थमा युनाइटेडसामु सिटीलाई ‘ट्रेबल’ उपलब्धिबाट रोक्ने एउटा राम्रो अवसर भने छ । प्रिमियर लिग र कपको तुलनामा सिटीको सबैभन्दा ठूलो उद्देश्य भने युरोपेली च्याम्पियन्स लिग जित्नु नै रहनेछ । त्यसको उपाधि भिडन्तमा प्रतिद्वन्द्वी हो इन्टर मिलान । त्यसैले सबैको मुखमा झुन्डिएको प्रश्न हो, के सिटीलाई रोक्न इन्टर सक्षम छ त ?

सायद छैन । किनभने जसरी सेमिफाइनलमा सिटीले रियाल मड्रिडलाई पन्छायो, त्यो वास्तवमै प्रशंसा गर्न योग्य छ । सेमिफाइनल दोस्रो लेगमा सिटीले रियाल मड्रिडलाई एकोहोरो ढंगले नै ४-० ले हराएको हो । यो नतिजा इत्तिहादको भयो । बेर्नाबेउमा पनि टोलीले रियाललाई १-१ को बराबरीमा रोकेको हो ।

तय छ इन्टरले पनि सिटीलाई ‘ट्रेबल’ जित्नबाट रोक्न भरपुर प्रयास गर्नेछ । इन्टरले भने फाइनल प्रवेशका लागि एसी मिलानलाई समग्रमा ३-० ले हराएको थियो । दुवै सेमिफाइनल सान सिएरोमै भएका थिए । त्यसमध्ये पहिलो खेल इन्टरको पक्षमा २-० रह्यो भने अर्को १-० । इन्टर १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुगेको हो, त्यसैले इटालीको यो क्लब पनि उत्तिकै उत्साहित छ ।

यहाँनिर एउटा अर्को काल्पनिक प्रश्न छ । कतै सिटीले तीनै उपाधि गुमाउने त होइन ? लिगमा सिटी नाटकीय पतनको सिकार भयो भने ? अनि एफए कप र च्याम्पियन्स लिगको फाइनल दुवैमा पराजित भयो भने ? सायद यस्तो हुने छैन । तर, फुटबलमा सबैले भन्ने यही त हो । यो खेलमा सबै सम्भव छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो