माघ १७, २०८२ शनिबार | १०:०९:५९
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

सिटीलाई रोक्न इन्टर सक्षम छ ?

काठमाडौं । म्यानचेस्टर युनाइटेडको एक अद्वितीय उपलब्धिको चर्चा गरेर अहिलेसम्म पनि फुटबल पण्डितहरू थाक्ने गर्दैनन् । यो हो, सन् १९९८-९९ मा प्राप्त ‘ट्रेबल’ सफलता । सर एलेक्स फर्गुसनको नेतृत्वमा युनाइटेडले यो दुर्लभ उपलब्धि हात पारेको थियो । घरेलु प्रिमियर लिग र एफए कपसँगै युरोपेली च्याम्पियन्स लिग जितेको थियो युनाइटेडले ।

त्यही बेला त हो, फर्गुसनले म्यानचेस्टर सिटीलाई खालि हल्ला गर्ने छिमेकी भनेको । अनि फर्गुसनले यतिसम्म भनेका थिए, सिटीले उनी बाँचुन्जेल कहिले पनि युनाइटेडको जस्तो प्रदर्शन गर्न सक्ने छैन । सायद अहिले उनलाई पछुताउ हुँदो हो आफ्नो छुच्चो भनाइका लागि । अचेल सिटी यो पुस्ताका महान प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा छ । यस सिजन युनाइटेडकै जस्तो तीन उपाधि जित्न सक्ने संघारमा टोली छ ।

पछिल्ला ६ सिजनमा पाँचौंपल्ट इङ्लिस प्रिमियर लिग उपाधि जित्न सिटीलाई आर्सनलले पक्कै पनि रोक्न सक्ने छैन । सिटीलाई फेरि एकपल्ट लिग जित्न पछिल्ला तीन खेलमा तीनै अंकमात्र आवश्यक छ । सिटी एफए कपको फाइनलमा पुगिसकेको छ । धन्न, फाइनल प्रतिद्वन्द्वी भने युनाइटेड नै हो ।

त्यस अर्थमा युनाइटेडसामु सिटीलाई ‘ट्रेबल’ उपलब्धिबाट रोक्ने एउटा राम्रो अवसर भने छ । प्रिमियर लिग र कपको तुलनामा सिटीको सबैभन्दा ठूलो उद्देश्य भने युरोपेली च्याम्पियन्स लिग जित्नु नै रहनेछ । त्यसको उपाधि भिडन्तमा प्रतिद्वन्द्वी हो इन्टर मिलान । त्यसैले सबैको मुखमा झुन्डिएको प्रश्न हो, के सिटीलाई रोक्न इन्टर सक्षम छ त ?

सायद छैन । किनभने जसरी सेमिफाइनलमा सिटीले रियाल मड्रिडलाई पन्छायो, त्यो वास्तवमै प्रशंसा गर्न योग्य छ । सेमिफाइनल दोस्रो लेगमा सिटीले रियाल मड्रिडलाई एकोहोरो ढंगले नै ४-० ले हराएको हो । यो नतिजा इत्तिहादको भयो । बेर्नाबेउमा पनि टोलीले रियाललाई १-१ को बराबरीमा रोकेको हो ।

तय छ इन्टरले पनि सिटीलाई ‘ट्रेबल’ जित्नबाट रोक्न भरपुर प्रयास गर्नेछ । इन्टरले भने फाइनल प्रवेशका लागि एसी मिलानलाई समग्रमा ३-० ले हराएको थियो । दुवै सेमिफाइनल सान सिएरोमै भएका थिए । त्यसमध्ये पहिलो खेल इन्टरको पक्षमा २-० रह्यो भने अर्को १-० । इन्टर १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुगेको हो, त्यसैले इटालीको यो क्लब पनि उत्तिकै उत्साहित छ ।

यहाँनिर एउटा अर्को काल्पनिक प्रश्न छ । कतै सिटीले तीनै उपाधि गुमाउने त होइन ? लिगमा सिटी नाटकीय पतनको सिकार भयो भने ? अनि एफए कप र च्याम्पियन्स लिगको फाइनल दुवैमा पराजित भयो भने ? सायद यस्तो हुने छैन । तर, फुटबलमा सबैले भन्ने यही त हो । यो खेलमा सबै सम्भव छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।