चैत्र ८, २०८२ आइतबार | ०७:३९:५८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

‘फुटबलर्स मिसन टुगेदर’को अध्यक्षमा बज्राचार्य

काठमाडौं । ‘फुटबलर्स मिसन टुगेदर’को दोस्रो साधारणसभाले पूर्व खेलाडी एवं नेपाल पौडी संघका अध्यक्ष अशोकरत्न बज्राचार्यको अध्यक्षमा सर्वसम्मतिबाट नयाँ कार्यसमिति चयन गरेको छ ।

शुक्रबार बज्राचार्यको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा भिक्टोरसम्शेर जबरा, विज्ञानराज शर्मा, निरञ्जन राणा, उपेन्द्रमान सिंह र सरिला श्रेष्ठ चयन भएका छन् ।

यसैगरी एन्फाका पूर्व महासचिव धिरेन्द्र प्रधानले महासचिवको जिम्मेवारी पाउँदा तीन सचिवमा बालगोपाल महर्जन, हरि खड्का र कमला हिराचन तथा कोषाध्यक्षमा वशन्तकुमार लामा चुनिए । एन्फाका उपाध्यक्ष विराटजंग शाही र राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङलाई सह कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

त्यस्तै २४ सदस्यीय कार्यसमितिको सदस्यमा राजुकाजी शाक्य, राजेश मानन्धर, ज्ञानीराजा श्रेष्ठ, राकेश श्रेष्ठ, विराज महर्जन, अस्मिता मानन्धर, लुना प्रधान, लिला थापा, पवन राना मगर, हरिसुन्दर श्रेष्ठ र विकास मल्ल चुनिएका छन् ।

साधारणसभाले  विगतमा सम्पन्न भएका कामको प्रगति विवरण, आगामी वर्षमा गर्ने कामको योजना, महासचिवको कार्य प्रगति विवरण, कोषाध्यक्षको आर्थिक विवरणलाई सर्वसम्मतीबाट पारित गरेको थियो । साधारणसभाबाट खेलाडीका लागि एक लाख रुपैयाँ बराबरको बिमा गर्ने, अन्तर्राष्ट्रिय खेलाडीको परिचयपत्र बनाउने र सल्लाहकार टिम निर्माण गरिएको छ । सल्लाहकार टिममा अच्युतकृष्ण श्रेष्ठ, पदमकृष्ण श्रेष्ठ, मथुराप्रसाद श्रेष्ठ र विष्णुगोपाल श्रेष्ठलाई चयन गरिएको छ ।

यस्तै, साधारणसभाबाट सातै प्रदेशमा शाखा विस्तार गर्दै कार्यक्रमहरू सञ्चालन गर्ने निर्णयका साथै कार्यक्रम तथा योजना समितिको संयोजकमा भिक्टोरशम्सेर जबरा, सामाजिक उत्तरदायित्व समितिको संयोजकमा विज्ञानराज शर्मा, आर्थिक समितिको संयोजकमा बसन्तकुमार लामा, प्रेस तथा पब्लिकेसन्स समितिको संयोजकमा धिरेन्द्र प्रधान रहने गरी उपसमिति निर्माण गरेको छ ।

साधारणसभाले प्रमूख कार्यकारी अधिकृतमा एन्फाका पूर्व केन्द्रिय सदस्य मदुसुदन उपाध्यायलाई नियुक्त गरेको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो