माघ ७, २०८२ बुधबार | ०३:३९:३९
एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी

‘फुटबलर्स मिसन टुगेदर’को अध्यक्षमा बज्राचार्य

काठमाडौं । ‘फुटबलर्स मिसन टुगेदर’को दोस्रो साधारणसभाले पूर्व खेलाडी एवं नेपाल पौडी संघका अध्यक्ष अशोकरत्न बज्राचार्यको अध्यक्षमा सर्वसम्मतिबाट नयाँ कार्यसमिति चयन गरेको छ ।

शुक्रबार बज्राचार्यको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा भिक्टोरसम्शेर जबरा, विज्ञानराज शर्मा, निरञ्जन राणा, उपेन्द्रमान सिंह र सरिला श्रेष्ठ चयन भएका छन् ।

यसैगरी एन्फाका पूर्व महासचिव धिरेन्द्र प्रधानले महासचिवको जिम्मेवारी पाउँदा तीन सचिवमा बालगोपाल महर्जन, हरि खड्का र कमला हिराचन तथा कोषाध्यक्षमा वशन्तकुमार लामा चुनिए । एन्फाका उपाध्यक्ष विराटजंग शाही र राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङलाई सह कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

त्यस्तै २४ सदस्यीय कार्यसमितिको सदस्यमा राजुकाजी शाक्य, राजेश मानन्धर, ज्ञानीराजा श्रेष्ठ, राकेश श्रेष्ठ, विराज महर्जन, अस्मिता मानन्धर, लुना प्रधान, लिला थापा, पवन राना मगर, हरिसुन्दर श्रेष्ठ र विकास मल्ल चुनिएका छन् ।

साधारणसभाले  विगतमा सम्पन्न भएका कामको प्रगति विवरण, आगामी वर्षमा गर्ने कामको योजना, महासचिवको कार्य प्रगति विवरण, कोषाध्यक्षको आर्थिक विवरणलाई सर्वसम्मतीबाट पारित गरेको थियो । साधारणसभाबाट खेलाडीका लागि एक लाख रुपैयाँ बराबरको बिमा गर्ने, अन्तर्राष्ट्रिय खेलाडीको परिचयपत्र बनाउने र सल्लाहकार टिम निर्माण गरिएको छ । सल्लाहकार टिममा अच्युतकृष्ण श्रेष्ठ, पदमकृष्ण श्रेष्ठ, मथुराप्रसाद श्रेष्ठ र विष्णुगोपाल श्रेष्ठलाई चयन गरिएको छ ।

यस्तै, साधारणसभाबाट सातै प्रदेशमा शाखा विस्तार गर्दै कार्यक्रमहरू सञ्चालन गर्ने निर्णयका साथै कार्यक्रम तथा योजना समितिको संयोजकमा भिक्टोरशम्सेर जबरा, सामाजिक उत्तरदायित्व समितिको संयोजकमा विज्ञानराज शर्मा, आर्थिक समितिको संयोजकमा बसन्तकुमार लामा, प्रेस तथा पब्लिकेसन्स समितिको संयोजकमा धिरेन्द्र प्रधान रहने गरी उपसमिति निर्माण गरेको छ ।

साधारणसभाले प्रमूख कार्यकारी अधिकृतमा एन्फाका पूर्व केन्द्रिय सदस्य मदुसुदन उपाध्यायलाई नियुक्त गरेको छ । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate