चैत्र १८, २०८२ बुधबार | १२:१९:३३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

शीर्ष डिभिजनको लिगमा पानी नभएपछि...

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) आर्थिक संकटबाट गुज्रिइरहेका बेला सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार खेल चलिरहँदा पानी सकिएपछि च्यासल रंगशालामा रमिता सिर्जना भएको छ ।

थ्री स्टार र चर्च ब्वाइज क्लबबीच गोलरहित बराबरीमा टुंगिएको खेल दौरान आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले पानी उपलब्ध नगराउँदा ३२ डिग्रीको चर्को गर्मीमा खेलाडी तथा प्रशिक्षकहरु प्याकप्याक परेका थिए ।

खेल दौरान थ्री स्टारको बेन्चबाट पानी माग गर्दा एन्फाका अधिकारीहरु ‘छैन, सकिइसक्यो’ भन्दै गैह्रजिम्मेवार पारामा पन्छिएका थिए । जसबाट आक्रोसित थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खेलपछिको पत्रकार सम्मेलनमा लामै गुनासो गरे ।

केसीले एन्फा चरम आर्थिक संकटबाट गुज्रिएको विषयमा आफू जानकार भएको बताउँदै बरु मागे आफूहरु एन्फालाई पैसा दिन तयार रहेको भन्दै व्यंग गरे ।

उनले भने, ‘मलाई थाहा छ, एन्फामा अहिले आर्थिक समस्या छ । तर खेलमा पानी पनि नपाउने भन्ने हुँदैन । विश्वको कुनै पनि लिगमा यस्तो हुँदैन । बरु पैसा नै छैन भने हामीलाई भन्नुस, हामी २ लाख ५० हजार रुपैयाँ दिउँला । तर पानी चाँही दिनुस ।’

खेलपछिका पत्रकार सम्मेलनहरुमा प्राय एन्फाप्रति आलोचनात्मक रहने गरेका केसीलाई एन्फाको अनुशासन समितिले स्पष्टिकरण सोध्ने बताइएको थियो । तर अझैसम्म एन्फाबाट कुनै पत्र नपाएको केसीले पत्रकार सम्मेलनमा बताए ।

‘मलाई पनि एन्फाले त्यस्तो कुनै पत्र देओस जस्तो लागेको छ । तर अहिलेसम्म दिएको छैन । एन्फाले त्यस्तो पत्र दियो भने फेरि तपाईं पत्रकारहरुलाई बोलाएर अरु धेरै आफ्नो मनका कुरा गर्न पाउथेँ,’ केसीले थपे ।

सोमबारको खेलपछि ९ खेलको समाप्तीमा थ्री स्टार र चर्च ब्वाइज दुवैको खातामा समान १५ अंक छ । आज स्पष्ट नतिजा निस्किएको भए जित्ने टोलीले समान १७ अंकका साथ शीर्ष स्थानमा रहेका जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबसँग अंक बराबरी गर्ने थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो