माघ १७, २०८२ शनिबार | ०९:५४:१५
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

शीर्ष डिभिजनको लिगमा पानी नभएपछि...

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) आर्थिक संकटबाट गुज्रिइरहेका बेला सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार खेल चलिरहँदा पानी सकिएपछि च्यासल रंगशालामा रमिता सिर्जना भएको छ ।

थ्री स्टार र चर्च ब्वाइज क्लबबीच गोलरहित बराबरीमा टुंगिएको खेल दौरान आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले पानी उपलब्ध नगराउँदा ३२ डिग्रीको चर्को गर्मीमा खेलाडी तथा प्रशिक्षकहरु प्याकप्याक परेका थिए ।

खेल दौरान थ्री स्टारको बेन्चबाट पानी माग गर्दा एन्फाका अधिकारीहरु ‘छैन, सकिइसक्यो’ भन्दै गैह्रजिम्मेवार पारामा पन्छिएका थिए । जसबाट आक्रोसित थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खेलपछिको पत्रकार सम्मेलनमा लामै गुनासो गरे ।

केसीले एन्फा चरम आर्थिक संकटबाट गुज्रिएको विषयमा आफू जानकार भएको बताउँदै बरु मागे आफूहरु एन्फालाई पैसा दिन तयार रहेको भन्दै व्यंग गरे ।

उनले भने, ‘मलाई थाहा छ, एन्फामा अहिले आर्थिक समस्या छ । तर खेलमा पानी पनि नपाउने भन्ने हुँदैन । विश्वको कुनै पनि लिगमा यस्तो हुँदैन । बरु पैसा नै छैन भने हामीलाई भन्नुस, हामी २ लाख ५० हजार रुपैयाँ दिउँला । तर पानी चाँही दिनुस ।’

खेलपछिका पत्रकार सम्मेलनहरुमा प्राय एन्फाप्रति आलोचनात्मक रहने गरेका केसीलाई एन्फाको अनुशासन समितिले स्पष्टिकरण सोध्ने बताइएको थियो । तर अझैसम्म एन्फाबाट कुनै पत्र नपाएको केसीले पत्रकार सम्मेलनमा बताए ।

‘मलाई पनि एन्फाले त्यस्तो कुनै पत्र देओस जस्तो लागेको छ । तर अहिलेसम्म दिएको छैन । एन्फाले त्यस्तो पत्र दियो भने फेरि तपाईं पत्रकारहरुलाई बोलाएर अरु धेरै आफ्नो मनका कुरा गर्न पाउथेँ,’ केसीले थपे ।

सोमबारको खेलपछि ९ खेलको समाप्तीमा थ्री स्टार र चर्च ब्वाइज दुवैको खातामा समान १५ अंक छ । आज स्पष्ट नतिजा निस्किएको भए जित्ने टोलीले समान १७ अंकका साथ शीर्ष स्थानमा रहेका जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबसँग अंक बराबरी गर्ने थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।