माघ १४, २०८२ बुधबार | २२:५६:३०
एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी

मनाङ र जावलाखेललाई शीर्ष स्थानमा उक्लिने अवसर

फाइल फोटो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार हुने खेलमा एक अर्काको सामाना गर्दा मनाङ मर्स्याङदी क्लब तथा जावलाखेल युथ क्लबलाई शीर्ष स्थामा उक्लिने अवसर हुनेछ ।

मनाङ र जावलाखेलबीचको खेल च्यासल मैदानमा दिउँसो तीन बजे सुरु हुनेछ । दुवै टोली पाँचौं जितको खोजीमा छन् ।

मनाङ आठ खेलमा चार जित, तीन बराबरी र एक हारको नतिजासहित १५ अंक जोडेर दोस्रो स्थानमा छ। यो शीर्ष स्थानको सातादोबाटोको भन्दा एक अंक कम हो ।

लिगको आठौं चरणमा आएर पहिलो हार चाखेको मनाङ त्यसलाई भुलाउँदै जितको लय समात्न चाहन्छ । दीप कार्की कप्तान रहेको मनाङलाई सुमित श्रेष्ठ, कमल थापा, कोफी टिमोथी कुडो जस्ता खेलाडीको साथ रहनेछ ।

आठ खेलमा चार जित, दुई बराबरी र दुई हारको नतिजासहित १४ अंकका साथ जावलाखेल चौथो स्थानमा छ। पहिल्ला दुई खेलमा जित निकाल्न नसकेको जावलाखेल पनि मनाङलाई हराउँदै जितको लय समात्न सोचमा छ ।

सिमान्त थापाको कप्तानीमा मैदान उत्रिने जावलाखेलका लागि हिसुब थपलिया, एनकोटो मेसोबी र फोडे फोफना प्रमुख खेलाडीका रुपमा रहनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) आमने सामने हुँदैछन् ।

मछिन्द्र आज चौंथो जितको लक्ष्यमा हुनेछ । मछिन्द्र आठ खेलमा तीन जित, तीन बराबरी र दुई हारको नितिजासहित १२ अंक जोडेर आठौं स्थानमा छ । पछिल्ला दुई खेलमा जित हात पारेको मछिन्द्र एनआरटीविरुद्ध पनि सोही लयलाई कायम गर्ने लक्ष्यमा छ ।

विशाल श्रेष्ठ कप्तान रहेको मछिन्द्र विमल घर्ती मगर, पुजन उपरकोटी, अफिज ओलावाले जस्ता खेलाडीको साथमा मैदान उत्रिनेछ ।

एनआरटी दोस्रो जितको खोजीमा हुनेछ । एनआरटी आठ खेलमा एक जित, दुई बराबरी र पाँच हारको नतिजासहित ६ अंकका साथ १२ औं स्थानमा छ ।

पुजन होनोको कप्तानीमा मैदान उत्रिने एनआरटीलाई निकोलस, स्टेफन जुनियर, दीपेश आले मगर लगायतका खेलाडीको साथ रहनेछ ।

दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने दिनको अन्तिम खेलमा विभागीय टोली  त्रिभुवन आर्मी फुटबल क्लबले  क्लब र एफसी खुमलटारको सामना गर्नेछ ।

चौंथो जित निकाल्ने योजनामा रहेको आर्मी आठ खेलमा तीन जित, तीन बराबरी र दुई हारको नतिजासहित १२ अंक जोडेर छैटौं स्थानमा छ ।

जिलेस्पीजङ्ग कार्कीको कप्तानीमा मैदान उत्रिने आर्मीलाई सुदिल राई, जगजित श्रेष्ठ, दीपक गुरुङ जस्ता खेलाडीको साथ रहनेछ ।

खुमलटार तेस्रो जितको लक्ष्यमा छ । खुमलटार आठ खेलमा दुई जित एक बारबरी र पाँच हारको नतिजासहित ७ अंकका साथ ११ औं स्थानमा छ ।

जय गुरुङको कप्तानमीमा मैदान उत्रिने खुमलटारलाई पदम भट्टराई, मेसौके ओलोमोउ, स्टेफन विनोङ जस्ता खेलाडीको साथ रहनेछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।