चैत्र ९, २०८२ सोमबार | ०२:११:०६
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

मनाङ र जावलाखेललाई शीर्ष स्थानमा उक्लिने अवसर

फाइल फोटो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार हुने खेलमा एक अर्काको सामाना गर्दा मनाङ मर्स्याङदी क्लब तथा जावलाखेल युथ क्लबलाई शीर्ष स्थामा उक्लिने अवसर हुनेछ ।

मनाङ र जावलाखेलबीचको खेल च्यासल मैदानमा दिउँसो तीन बजे सुरु हुनेछ । दुवै टोली पाँचौं जितको खोजीमा छन् ।

मनाङ आठ खेलमा चार जित, तीन बराबरी र एक हारको नतिजासहित १५ अंक जोडेर दोस्रो स्थानमा छ। यो शीर्ष स्थानको सातादोबाटोको भन्दा एक अंक कम हो ।

लिगको आठौं चरणमा आएर पहिलो हार चाखेको मनाङ त्यसलाई भुलाउँदै जितको लय समात्न चाहन्छ । दीप कार्की कप्तान रहेको मनाङलाई सुमित श्रेष्ठ, कमल थापा, कोफी टिमोथी कुडो जस्ता खेलाडीको साथ रहनेछ ।

आठ खेलमा चार जित, दुई बराबरी र दुई हारको नतिजासहित १४ अंकका साथ जावलाखेल चौथो स्थानमा छ। पहिल्ला दुई खेलमा जित निकाल्न नसकेको जावलाखेल पनि मनाङलाई हराउँदै जितको लय समात्न सोचमा छ ।

सिमान्त थापाको कप्तानीमा मैदान उत्रिने जावलाखेलका लागि हिसुब थपलिया, एनकोटो मेसोबी र फोडे फोफना प्रमुख खेलाडीका रुपमा रहनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) आमने सामने हुँदैछन् ।

मछिन्द्र आज चौंथो जितको लक्ष्यमा हुनेछ । मछिन्द्र आठ खेलमा तीन जित, तीन बराबरी र दुई हारको नितिजासहित १२ अंक जोडेर आठौं स्थानमा छ । पछिल्ला दुई खेलमा जित हात पारेको मछिन्द्र एनआरटीविरुद्ध पनि सोही लयलाई कायम गर्ने लक्ष्यमा छ ।

विशाल श्रेष्ठ कप्तान रहेको मछिन्द्र विमल घर्ती मगर, पुजन उपरकोटी, अफिज ओलावाले जस्ता खेलाडीको साथमा मैदान उत्रिनेछ ।

एनआरटी दोस्रो जितको खोजीमा हुनेछ । एनआरटी आठ खेलमा एक जित, दुई बराबरी र पाँच हारको नतिजासहित ६ अंकका साथ १२ औं स्थानमा छ ।

पुजन होनोको कप्तानीमा मैदान उत्रिने एनआरटीलाई निकोलस, स्टेफन जुनियर, दीपेश आले मगर लगायतका खेलाडीको साथ रहनेछ ।

दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने दिनको अन्तिम खेलमा विभागीय टोली  त्रिभुवन आर्मी फुटबल क्लबले  क्लब र एफसी खुमलटारको सामना गर्नेछ ।

चौंथो जित निकाल्ने योजनामा रहेको आर्मी आठ खेलमा तीन जित, तीन बराबरी र दुई हारको नतिजासहित १२ अंक जोडेर छैटौं स्थानमा छ ।

जिलेस्पीजङ्ग कार्कीको कप्तानीमा मैदान उत्रिने आर्मीलाई सुदिल राई, जगजित श्रेष्ठ, दीपक गुरुङ जस्ता खेलाडीको साथ रहनेछ ।

खुमलटार तेस्रो जितको लक्ष्यमा छ । खुमलटार आठ खेलमा दुई जित एक बारबरी र पाँच हारको नतिजासहित ७ अंकका साथ ११ औं स्थानमा छ ।

जय गुरुङको कप्तानमीमा मैदान उत्रिने खुमलटारलाई पदम भट्टराई, मेसौके ओलोमोउ, स्टेफन विनोङ जस्ता खेलाडीको साथ रहनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो