चैत्र २, २०८२ सोमबार | ०३:५४:१६
फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित

बलियो भियतनामको पोष्टमा नेपालको एक गोल, समग्रमा फराकिलो हार

नेपालका लागि एकमात्र गोल गरेकी स्ट्राइकर सावित्रा भण्डारी । तस्बिरः केशव कटुवाल/खेलाडी

काठमाडौं । फ्रान्समा अर्को वर्ष हुने पेरिस ओलम्पिक २०२४ को छनोटको महिला फुटबल अन्तर्गत एसियाली प्रतियोगिताको पहिलो चरणमै विश्वकप खेलिसकेको भियतनामसँग प्रतिस्पर्धा गर्नुपर्दा नेपाली महिला टोलीले ५-१ को हार भोगेको छ ।

घरेलु दशरथ रंगशालामा पहिलो चरणको छनोटको पहिलो लेगमा मध्यान्तरअघि नै तीन गोल खाएको नेपालले दोस्रो हाफमा थप दुई गोल सामना गर्यो ।

फिफा विश्व वरियताको ३८औं स्थानमा रहेको भ्रमणकारी टोली भियतनामको लागि कप्तान  ह्युन न्हुले दुई तथा फाम हायी यन, न्युएन थी बीच थुइ र थी थान नहाले थप एक/एक गोल गरे ।  घरेलु समर्थकका लागि फिफा वरियताको एक सयौं स्थानमा रहेको नेपालका तर्फबाट एकमात्र सान्त्वना गोल गोलमसिन सावित्रा भण्डारीले गरिन् ।

नेपाल (रातो जर्सीं) र भियतनामबीचको ओलम्पिक छनोट खेल । तस्बिरः केशव कटुवाल/खेलाडी

त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा जारी पहिलो खेलको ११ औं मिनेटमा फाम हायी यनले भियतनामलाई अग्रता दिलाएकी थिइन् । हायीले नुयेन थी टुयेट डुङको क्रसमा गरेको हेडरले जाली चुमेको थियो ।

३६औं मिनेटमा कप्तान ह्युन न्हुले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । ह्युन को प्रहार अमृता जैंशीको हातमा लाग्दा प्राप्त पेनाल्टीलाई  उनैले सदुपयोग गरिन्  ।

त्यसको दुई मिनेटपछि बीच थुइको प्रहार अमृताको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत हुँदा भियतनाम ३-० ले अघि बढ्यो । 

दोस्रो हाफ सुरु भएको तीन मिनेट नबित्दै भियतनामले अग्रता थप फराकिलो पार्यो । टोलीका तर्फबाट कप्तान ह्युनले कर्नरबाट आएको बललाई हेडमार्फत गोलमा परिणत गरेकी थिइन । ह्युनको त्यो ६४औं अन्तर्राष्ट्रिय गोल थियो ।

नेपाल (रातो जर्सीं) र भियतनामबीचको ओलम्पिक छनोट खेल । तस्बिरः केशव कटुवाल/खेलाडी

समय सकिन एक मिनेट बाँकी रहँदा थान नहाले झण्डै ३० यार्डबाट कडा सटमा भियतनामका लागि पाँचौं गोल गरिन । त्यसअघि ७९औं मिनेटमा नेपालका तर्फबाट सावित्राले गोल गर्दै रंगशालामा उपस्थित दुई हजार सात सय १५ घरेलु दर्शकलाई सान्त्वना दिलाएकी थिइन । मैदानको मध्य भागबाट सरु लिम्बुले मिलाएको पासमा दुई विपक्षी रक्षक र गोलकिपर समेट बिट गर्दै सावित्राले नेपालका लागि सान्त्वना गोल गरेकी थिइन ।  

खेलमा भियतनामले अन्य थुप्रै अवसर सिर्जना गरे पनि गोल गर्न सकेन ।

खेलको सातौं मिनेटमा त्रान थी थु थाओको क्रशमा फाम हायीले गरेको फितलो प्रहार एन्जिलाले बचाइन् । त्यसको दुई मिनेटपछि दीपा शाहीको पासमा प्राप्त अवसरलाई पेनाल्टी बक्स भित्र कसैको निगरानीमा नरहेकी अमिषा कार्कीले उपयोग गर्न सकिनन् ।

ओलम्पिक छनोटअन्तर्गत भियतनामविरुद्धको खेलका लागि तयार नेपाली राष्ट्रिय महिला टिम । तस्बिरः केशव कटुवाल/खेलाडी

समय सकिन पाँच मिनेट बाँकी रहँदा पनि नेपालले गोलको अर्को मौका पाएको थियो । तर पेनाल्टी बक्स भित्रबाट सविता रानामगरले गरेको फितलो प्रहार सफल हुन सकेन ।

यसअघि नेपाल र भियतनामसम्मेलित समूह ‘सी’ मा अफगानिस्तान र प्यालेस्टाइन पनि थिए । तर अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि यस समूहमा मात्र दुई टोली बाँकी छन ।

जसका कारण नेपाल र भियतनामले दुई लेगको छनोट चरणमा प्रतिस्पर्धा गर्न लागेका हुन् । दोस्रो खेल शनिबार हुनेछ ।  

ओलम्पिक छनोटअन्तर्गत नेपालविरुद्धको खेलका लागि तयार भियतनामको महिला फुटबल टिम । तस्बिरः केशव कटुवाल/खेलाडी

भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||