वैशाख २८, २०८२ आइतबार | १६:१७:०५
डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन

लाओसमाथि पुनरागमन जित निकाल्दै नेपाल च्याम्पियन

काठमाडौं । लाओसमाथि २-१ को पुनरागमन जित निकाल्दै घरेलु टोली नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई जित दिलाउन आयुष घलान र मनिष डाँगीले समान एक गोल गरे । लाओसका लागि फौटाभोङ साङभिलेले एक गोल गरे ।

उपाधिसँगै नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गर्दा लाओसले तीन हजार डलर पाएकाे छ।

खेलको १७ औं मिनेटमा साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । बाउनफाचन बाउनकोङले डिबक्स बाहिरबाट मिलाइिदएको पासलाई सदुपयोग गर्दै साङभिलेले वान टचमा नेपालका गोलकिपर किरण चेम्जोङलाई बिट गरेका हुन्।

२४ औं मिनेटमा आयुषले नेपाललाई बराबरीमा ल्याए । एरिक विष्टले दिएको पासलाई आयुषले पेनाल्टी क्षेत्र भित्र अघि बढाउँदै गोल गरे ।

 ८७ औं मिनेटमा मनिषले गोल गर्दै नेपाललाई २-१ को जित दिलाए । मनिषले अञ्जन विष्टको पासमा  उत्कृष्ट गोल गरेका थिए ।

दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् ।

चौंथो मिनेटमा किरण डिबक्स बाहिर रहेको स्थितिमा बाउन्कोङले गरेको प्रहार बाहिरिएको थियो । त्यसको तीन मिनेटपछि आयुषको क्रसमा मनिष डाँगीले हेडरको प्रयास गरे पनि बल भेट्टाउन सकेनन् ।

२२ अ‍ौं मिनेटमा नविन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको प्रहार लाओसका गोलरक्षक सेसाभाथले बचाँउदा नेपालले बराबरी गर्ने अवसर गुमाएको थियो ।

बराबरी गोल गरेको दुई मिनेटपछि आयुषले खेलमा अग्रता लिने सुन्दर अवसर गुमाए । डिबक्स भित्र नवीन लामाले अनमार्क रहेका आयुषलाई बल उपलब्ध गराएका  थिए । तर घलानको फितलो प्रहारलाई गोलकिपर सेसाभाथले सजिलै बचाए ।

पहिलो हाफ सकिन केही सेकेन्ड बाँकी छँदा बाउनकोङको फ्रिकिक प्रहार किरणले बचाए ।

५६ औं मिनेटमा मनिषको क्रसमा नेपालका आयुष र दिपकराज सिंह ठकुरीबीच तालमेल नमिल्दा लाओसका गोलकिपर सेसाभाथले सहजै बल आफ्नो नियन्त्रणमा लिए ।

५८ औं मिनेटमा नेपालका नविन लामाको कर्नरमा अनन्त तामाङको हेडर लाओसका माइकल भाङलाई लाग्दै गोल हुनबाट जोगिएको थियो ।

६१ औं मिनेटमा नेपालका आयुष गोल गर्न चुके । नवीनको पासमा खाली पोस्टमा अनमार्क रहेका आयुषको हेडर पोस्टमाथिबाट बाहिरिएको थियो ।

६८ औं मिनेटमा पेनाल्टी बक्सको ठिक बाहिरबाट निशान खड्काको फ्रिकिक पोस्टमा लाग्दै फर्किएको थियो ।

७४ औं मिनेटमा  नवीनको पासमा अञ्जनकाे प्रहार लाओसका गोलकिपर सेसाभाथले रोकेपछि आएको रिबाउन्डमा मनिषले गोल गरेका थिए । तर उनी अफसाइड रहँदा गोलले मान्यता पाएन । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको प्रतियोगितामा यी दुईसँगै भुटानको पनि सहभागिता थियो । 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP