वैशाख ३०, २०८२ मंगलबार | १६:१४:३६
नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी

बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं । दक्षिण एसियाली फुटबल महसंघ (साफ) महिला यु-१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताको अन्तिम खेलमा  नेपालले मंगलबार (आज)घरेलु टोली बंगलादेशको सामना गर्दैछ ।

खेल बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

उपाधि दौडबाट बाहिरिसकेको साबिक विजेता नेपाल जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।  यसअघि भारतसँग ४-१ तथा रूससँग ३-० को पराजय ब्यहोरेको नेपालले भुटानलाई ५-० ले हराएको थियो ।

बंगलादेश पनि नेपाललाई हराउँदै उपाधिको झिनो सम्भावनालाई कायम राख्न चाहन्छ । यसअघि भुटानलाई ८-१ र भारतलाई १-० ले हराएको बंगलादेश रूससँग ३-० ले पराजित भएको थियो ।

सन् २०१७ मा साफ यु-१५ को नामबाट सुरु भएको प्रतियोगिता पहिलो पटक साफ यु-१७ को नामले हुन लागेको हो ।

यसअघिका चार संस्करण साफ यु-१५ का नामले संञ्चालन गरिएको थियो । हाल सम्म यो प्रतियोगितामा भारत दुई तथा नेपाल र बंगलादेश समान एक पटक च्याम्पियन बनेका छन् ।

यी दुईले हालसम्म पाँच खेलमा एक अर्काको सामना गरेका छन् । जसमा बंगलादेशले तीन र नेपालले एक जित निकाल्दा एक बराबरीको नतिजा निस्किएको छ ।

सन् २०१७ मा बंगलादेशमा साफ यु-१५ च्याम्पियनसिपको नामबाट सुरु भएको पहिलो संस्करणमा नेपालले ६-० को फराकिलो पराजय ब्यहोरेको थियो ।

यो संस्करणमा बंगलादेश च्याम्पियन बन्दा नेपाल अन्तिम स्थाना रह्यो । प्रतियोगितामा चार टोलीको सहभागिता थियो ।

सन् २०१८ मा भुटानमा भएको दोस्रो संस्करणको समूह चरणमा नेपाल ३-० ले पराजित भयो ।

६ टोलीको सहभागिता रहेको यो संस्करणमा बंगलादेश उपविजेता बन्दा नेपालले चौथो स्थान हासिल गरेको थियो ।

सन् २०१९ मा भुटानमै भएको तेस्रो संस्करणमा पनि नेपाल २-१ ले पराजित भएको थियो ।

चार टोलीको सहभागिता रहेको यस संस्करणमा बंगलादेश उपविजेता बन्दा नेपाल तेस्रो स्थानमा रह्यो ।

सन् २०२२ मा बंगलादेशमा भएको चौथो (पछिल्लो) संस्करणका दुई भेटमा एक खेल नेपालले जित्दा एक खेल बराबरीमा टुंगिएको थियो ।

यस संस्करणमा तीन टोलीको मात्र  सहभागिता रहेकाले प्रतियोगिता दबल राउन्ड रोबिन पद्वतीमा संञ्चालन गरिएको थियो ।

पहिलो खेलमा नेपाल १-० ले विजयी हुँदा दोस्रो खेल१-१ को बराबरीमा सकिएको थियो ।

यो संस्करणमा नेपाल च्याम्पियन बन्दा बंगलादेश दोस्रो स्थानमा रह्यो ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP